बुद्धको देशमा अब, युद्ध हुनुहुन्न
चार जात छत्तिस बर्ण, कोही रुनुहुन्न ।
बुवा आमा मारिदा, तुहुरा भए छोराछोरी
चिसो चुल्हो दुकिरा'छन, सहाराहिन बुदाबुदी
बिधुवाको आसुँ अब, झर्न दिनु हुन्न
बलिरहेको दियो अब, निभ्न दिनु हुन्न ।
बन्दुकको आवाज रोकौ, बारुदको गन्ध
त्यागौ हामी हत्याहिन्सा, छाडौ नेपाल बन्द
युवाहरुको रगत अब, बग्न दिनु हुन्न
गरीबका पेट अब, भोको हुनुहुन्न ।।
हिमाल पहाड तराई हाम्रो, साझा अस्तित्व हो
संसारको शिर हाम्रो, पौरख र स्वाभिमानको
प्रगतीको बाटो अब, आँफै रोक्नु हुन्न
सृजनाको मातो अब, खेर जानु/फाल्नु हुन्न ।।।
बुद्धको देशमा अब, युद्ध हुनुहुन्न
चार जात छत्तिस बर्ण, कोही रुनुहुन्न ।
21 Oct, 09
Friday, November 6, 2009
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment