Monday, October 26, 2009

जय ! हाम्रा नेताहरु

प्रजातन्त्र भलिबल भो
लोकतन्त्र फुटबल 
गणतन्त्र त क्रिकेट भो । 

उपाधीको दावेदारी बराबरी झै हुने 
छल गरेर श्रिपेच लगाउने खेल हो यो
स्वार्थी चाल चालेर धनाध्य बन्ने दाउ हो यो
जालझेल गरेर कुर्चि कब्जा गर्ने सजिलो खेल हो यो ।

प्रजातन्त्रमा नेट छुदा पनि
लगातार नम्बर आएर जित हुन्छ
लोकतन्त्रमा हातले खेलेर नै
ह्याट्रिकको नि हाट्रिक गोल नै गोल हुन्छ
गणतन्त्रमा मिडल स्टम्प दलेर पनि
छक्का हिर्काएर बिजयी हुन्छ ।

नेपालको चौरमा केवल
प्रतिष्पर्धा जित्नुछ सवैलाई 
बिडम्बना!
कुनै आचारसंहिता मान्नै नपर्ने
राजनैतिक यो कुर्सी खेल
कुनै नियम लागु नहुने
हाम्रा राजनेता खेलाडीहरु
अनुशासन पालना गर्नै नपर्ने
बिचित्रको यो कस्तो खेल!? 
जित्नछ, सिर्फ जित्नुछ ।

बधाई छ! यि महान हस्तिहरुलाई
राष्ट्रका स्वघोषित नयाँ बिभुतिहरुलाई
देशका यि ऐतिहासिक खेलाडीहरुलाई
अब चाडै सम्मानको घोषणा गरौ
बरु गिनिज बुकमा नाम लेख्नलाई
दुकुती रित्याएर बिशेष पहल थालौ
जय! हाम्रा खेलाडी
जय! हाम्रा नेता
जय! नेपाली जनता ।


13 Oct, 09

No comments:

Post a Comment