Wednesday, October 21, 2009

ह्याप्पी एन्निभर्सरी साथी

०६३ कार्तिक १ गत्ते अर्थात् अक्टोबर १७, ०६ को दिन दिउसो हामीलाई चाइना पठाउने ईन्स्टिच्युट ESC ले परिचयात्मक कार्यक्रम राखेको थियो । सबैजना त्यहा उपस्थित भएर फेरी साँझ एयरपोर्तमा भेट हुने सल्लाह गरेर सबै साथीहरु आ-आफ्नो अन्तिम तयारीको लागि फर्कियौ । त्यस दिन नेपाल बसाइको अन्तिम दिन थियो । उडान समय अनुसार एयरपोर्त पुगिसके पछी त्याक्स पनि तिर्यौ तर कारण बस् दुई दिनको लागि फ्लाईट डिलेय हुनेभयो । सम्पूर्ण यात्रु फर्किएर होटेल अन्नपूर्णमा पुग्यौ । त्यहा दुई दिन सबै साथीहरु सँग रमाइलो गर्दै बितायौ । हामीसँग एकजना अभिभावक र सिनियर दाइ बिनोद राना पनि हुनुहुन्थ्यो । उहाँले युनिभर्सिटीको बारे धेरै कुराको जानकारी दिनुभयो । थुप्रै उत्सुकता र जिज्ञासा पनि मेटाइ दिनुभयो । दुई दिन बितेको पत्तै भएन । त्यहाको दुई दिने बसाइले नयाँ नयाँ साथीहरु सँग घुलमिल हुन निकै सजिलो पनि भयो ।

३ गत्ते कार्तिक अर्थात् अक्टोबर १९ तारिख, काग तिहार थियो त्यो दिन । हाम्रो तोलिमा अभिभावक मित्र खनाल, सिनियर बिनोद दाइ, एकजना केटी सहित हामी १२ जना थियौ । मनिपुरबाट पनि एकजना एजेन्ट, १ केटा र ३ केटी गरेर ४ जना विद्यार्थी थिए । सबैजना आफ्नो लगेज ब्यागहरु बसमा राखेर बिहान १० बजेतिर अन्नपूर्णबाट एयरपोर्तका लागि प्रस्थान गर्न बसमा बसिरहेका थियौ । एकजना होटेलको मान्छे आएर सोध्यो, "ज्वलन्त पौडेल हुनुहुन्छ ?" सबैले "छ छ" भन्यौ । हामीले सोच्यौ, सबैजना आए कि आएनन् भनेर जाँच गरेको होला तर एक्कासी तपाईंको नाममा दुई हजारको बिल छ पो भन्छ । त्यसपछी भने उठिरहेको ज्वलन्त पनि सिटमा थचक्क बसिहाले । बाहिरबाट "को हो ज्वलन्त भन्ने ?" भन्दा पनि कसैले केही चु सम्म बोल्ने आँट गरेनौ । उनको कोठामा रहेको खानेकुराहरु खाएकोमा बिल आएको रहेछ । सबैले सँगै बसेर खाएकाले पैसा पनि मिलिजुली नै तिर्यौ । त्यहाको कोकले त मुख कुल्ला समेट गरेका थियौ, बिल आउँदा पो सबै झस्कियौ । बसमा सोध्ने बेलामा कोही नबोलेको कुरा सम्झिदा अहिले पनि मरिमरी हाँस्ने गर्छौ । हाम्रो फ्लाईट दिउसो ३ बजे थियो । सबै सामानहरु चेक गराइ सकेपछी हामीले बोर्डिङ पास लियौ । भित्र वइतिङ रुमको टि.भी मा रमाइरहेका कागहरुलाई हेर्दै बस्यौ ।

वइतिङ रुममा रहेको घडीले २:४५ बजायो । आर एन ए सी को प्लेनले इन्जीन तताउन थाल्यो । चाइना र जापान जाने सम्पूर्ण यात्रुहरु पालै पालो प्लेन तिर लाग्यौ । ३:०५ मा प्लेनले नेपालको भुइ छाड्दै आफ्नो गन्तब्यतिर हुइकियो । उडिरहेको जहाजभित्र मेरो जस्तै थुप्रै मनहरु शायद भबिश्यको लक्ष्य भेट्न आतुर थिएँ । केही समय पछी खानपिन गरियो । बाहिर चियाएर हेर्दा चकमन्न अध्यारो पर्न थालेको थियो । मनमा नानाभाती कुराहरु खेलाउदै, नयाँ ठाउँको कल्पना गर्दा गर्दै पुग्ने दुरी कम हुँदै गैरहेको थियो । घरि घरि बुवाआमा र घर परिवारको सम्झनाले पिरोल्थ्यो । गाउँबेसी र साथीहरुको याद झलझली आउथ्यो । त्यतिखेर आँखा चिम्म गरेर आफ्नो लक्ष्य र कर्तब्य मात्र सोच्दथें । भेनाले भन्नु भएको कुरा सम्झिन्थें," भावनामा बगेर आफ्नो उद्देश्यलाई कहिल्यै भुल्नु हुँदैन ।" त्यसपछी भने म थप जिम्मेवारी बोध गर्दथें अनी आँफैलाई सम्हाल्थें । प्लेनमा शाङ्घाई नजिकै आइ पुगिएको र केही छिनमा ल्यान्ड गरिने भएकाले सिट बेल्ट राम्ररी लगाउन भनियो । प्लेन ल्यान्ड भयो । प्लेनबाट झर्ना साथ दिपक दासले बोले," हाम्रो सामान खै त ? लग्ने हैन ?" हामी सबै गलल हास्यौ । लगेज क्लैम गर्ने ठाउँमा पुगेर सबैजनाले आ-आफ्नो लगेज लिएर बाहिर निस्कियौ, यतिखेर शायद स्थानीय ७ जती बज्दैथियो होला । हामीले भेट्नु पर्ने मान्छेलाई कुर्दा कुर्दै ९ बज्यो । आउनुपर्ने मान्छे आइसके पछी बल्ल बल्ल गाडीमा सामन राखेर होटेल पुग्यौ । होटेलमा कोही पनि ईंग्लिश बोल्ने थिएनन् । त्यसपछी बल्ल हामी त अर्कै ठाउँमा आइपुगेछौ भन्ने लाग्यो । कता कता पुगेको जस्तो, अली अनौठो पनि लागेर आयो । होटेलको रुममा पुग्दा १२ बजिसकेको थियो । भोक र प्यासले लखतरान परेका थियौ, एयरपोर्तमै भेतिनु भएका सिनियर दाइ दिपक चौधरी, बिनोद दाइ र केही साथीहरु होटेल बाहिर खान गयौ । चपस्टिक चलाऊन निकै गाह्रो भएको थियो । चाइनाको पहिलो खाना भए पनि मज्जाले खाली पेट भर्यौ । चाइनामा पहिलो रात र पहिलो खाना थियो त्यो । बिहान ३ बजेतिर होटेलमा गएर सुत्यौ ।

बिहान सबैले बस भाडा उठाउनु पर्ने भयो । झोलामा खामभित्र राखेको डलर हेर्छु त भेत्दिन । सबै कपडा निकालेर खोजे तर भेटिन । हामीसँग नै आइराख्नु भएको अर्को सिनियर शेखर दाइलाई लगेर नेपाल फोन गरे । कोठामा यताउता खोज्न साथी गोपाललाई अह्राएँ । १० बजेतिर सबैले आ-आफ्नो सुट्केस लिएर ट्रेन स्तेसनतिर लाग्यौ । ट्रेन १२ बजेको मात्र रहेछ, त्यो पनि छुतेछ । अब बसमा जाने सल्लाह गरेर बसपार्क पुग्यौ । साँझ ६ बजेको स्लीपिङ बसको टिकेट पायौ । बस चद्नु अघी खनाल अंकलले सबैलाई बसमा चढिसके पछी बस कही पनि नरोक्ने भएकाले दिशापिशाब गर्ने भए पहिल्यै गर्न र पानी पनि किनिराख्न भनेर सम्झाउनु भयो । हामीले पनि त्यसै गर्यौ तर भित्र पुगिसकेर पो थाहा भयो, टोइलेट र पानीको ब्यबस्था त बस भित्र नै गरिएको हुदोरहेछ । आजकाल त्यो कुरा पनि हाम्रो बिचमा हसिमजाक गर्ने राम्रो मेसो भएकोछ । साँझको त्यो बस चदेर बिहान ७ बजेतिर वेइफ्याङ बसपार्क आइपुग्यौ । बाहिर निस्किदा मौसम चिसो र हल्का कुहिरो लागिरहे जस्तो थियो । त्यहाबाट ट्याक्सी चदेर युनिभर्सिटीमा आइपुग्यौ । त्यसदिन लक्ष्मी पूजा रहेछ । अरु दु:खम् सुखम् का कुरा कुनै बेला गर्दै गरौला । बाटोमा धेरै रमाइलो पनि भएको थियो, दु:ख पनि पाएका थियौ, कुनै बेला अबश्य लेख्नेछु । अहिले यात्रालाई सहज बाटोमा सहज तरिकाले हिडाउन मात्र खोजेकोछु ।

मेरो हराएको पैसा पछी कोठामा त्यही भेतिएछ । मसँग भएको थप डलर छुताएर राख्ने बेलामा लिउनु पर्ने डलर नै पो छुताएछु । नेपालबाट खबर न आउँदा सम्म निकै चिन्ता लागेको थियो तर पछी भेतिएको खबर पाएपछी बल्ल दुक्क लाग्यो । नेपालमै रहनु भएको सिनियर प्रेम दाइलाई भनेर उहाँले पछी आउने बेला ल्याइदिनु भएको थियो ।

अध्ययनको सिलसिलामा चाइना आएको पनि आज ठीक तीन बर्ष पुगेछ । यि तीन बर्ष कताउन निकै कथिन भएको थियो तर अहिले सम्झदा भने भर्खर आएको जस्तो लागिरहेकोछ । कती धेरै सपना बोकेर चाइना पढ्न आउने निधो गरेको थिएँ । यि तीन बर्षमा निश्चित रुपमा केही चिज गुमाएँ, केही चिज पाएँ, नयाँ नयाँ अनुभव पनि सँगाले । पढाई त मुख्य उद्देश्य नै भईहाल्यो, त्यसको अलावा नभेतिएका र नचिनेका मान्छेहरुसँग चिनजान भयो । नौलो साथीहरुसँग संगत गर्ने मौका मिल्यो । नयाँ ठाउँ र नयाँ परीबेशमा घुलमिल हुने र आफुलाई त्यही अनुकुल समाहित गर्ने थोरै भए पनि ज्ञान भयो । म नेपालमा पनि जती पढेर सिकेको थिएँ, त्यती नै परेर पनि सिकिरहेको थिएँ । यता आएर पनि त्यसलाई निरन्तरता दिएकोछु । मलाई त मान्छे पढेर भन्दा बदी परेर सिक्नुपर्दछ भन्ने लाग्छ । यद्धपी पढ्नु र पर्नु दुई भिन्ना भिन्नै कुरा हुन् । परन्तु पढ्नु तर व्यबहारमा नगर्नु र पर्नु तर पाठ नसिक्नुमा भने एउटा गजबको समानता छ । प्रमुख कुरा त पढ्नु र गर्नु तथा पर्नु र सिक्नु रहेछ ।

मेरो १२ को रिजल्त आइसके पछी एमबिबिएस पढ्ने पक्का त भयो तर नेपाल, बंगलादेश, चाइना वा अरु यूरोपियन देशतिर पढ्ने निर्णय भएको थिएन । मैले नेपाल नै पहिलो रोजाइ बनाएँ तर महाराजगन्जमा असफल भएपछी मोटामोती रुपमा चाइना नै आउने सोच बनाएको थिएँ । अझै राम्ररी सोचबिचार गरेर निर्णय लिने मनसायले ६ महिनाको समय छुत्याए । फेरी दुबै दाजुहरु बाहिर हुनुहुन्थ्यो । जेठा दाजुको त परिवार नै मेरो १२ को अन्तिम जाँच चल्दै गर्दा युके जानु भएको थियो । घरमा बुवाआमा मात्र हुनुहुन्थ्यो । सबैजनाले छाडेर गएपछी उहाँहरुको मन सानो होला भन्ने पनि ठानेर केही समय पछी नै जानु उपयुक्त होला सोचें । सेप्टेम्बर-अक्टोबर सेसनमा नगएर बरु मार्च-अप्रिल सेसनमा जाने योजना बनाएँ र त्यसै अनुरुप आफुलाई मानसिक रुपमा तयार राखें । त्यतिन्जेलका लागि एप्तेकमा कम्प्युटर क्लास जोइन गरें । चाइनामा मेडिकल स्तुडी बारे थप कुराहरु पनि बुझ्दै गरें । राजधानीमा हुने राजनैतीक, सान्स्कृतिक, सामाजिक, मौका मिलेका सबै कार्यक्रममा पनि सहभागि भएर समय बिताएँ । अब बिस्तारै दिनहरु छोतिन थालेका थिए । फर्म भरेर म अन्तिम भेट गर्न रोल्पातिर गएँ । मार्चको मध्यतिर म दाङ हुँदै काठमाडौं फर्किए ।

मार्च-अप्रिलमा देशैभरी जन-आन्दोलनको तयारी र रौनक थियो । आन्दोलनरत सात सन्सदिय दल र बिद्रोही माओवादीले दिल्लीमै पुगेर भए पनि लोकतान्त्रिक गणतन्त्र ल्याउने सहमति गरिसकेका थिएँ । फलत: देश नै थप्प पारीयो, २३९ बर्ष देखिको राजातन्त्र पनि दालियो । अन्तत: बैशाख ११ गत्ते जन-आन्दोलन सफल भएको घोषणा गरियो तर फर्म भरेर पनि हामी भने चाइना आउन असफल भईसकेका थियौ । अब दिला भईसकेकाले थप ६ महिना पछी सेप्टेम्बर सेसनका लागि मात्र पठाउन भनेर युनिभर्सिटीले खबर गरेछ । त्य्स कारण म थप ६ महिना नेपालमै बस्नु पर्ने भयो । ६ महिना भनेर रोकिदा अचानक एक बर्ष नै रोकिएको थिएँ । मन मनै अली आत्तिएँ पनि । कोही साथीहरु अमेरिका, युके, अष्ट्रेलिया पुगिसकेका थिए । कसैले समय खर्च नगरि रेगुलर आफ्नो पढाईलाई अगाडि बदाईरहेका थिए । मैले पनि समयको सदुपयोग फरक तरिकाले गर्ने सोच बनाएँ । अहिले आएर सोच्दा पनि समय बर्बाद गरे भन्ने चाँही लगिरहेको छैन । काठमाडौंमा रहदा बिभिन्न कार्यक्रमहरुमा सहभागि भएँ । रोल्पामा जिल्ला स्तरिय फुतबल प्रतियोगितामा आफ्नै कप्तानिमा दुई पटक खेलेर दोस्रो र पहिलो सहित बेस्ट प्लेयरको पुरुस्कार पाएँ । लिबाङको बलियो क्लब सुनछहारी, तुल्सी बोर्डिङ, न्यु होराइजन, नेपाल प्रहरी र नेपाल आर्मीका ससक्त तोलीलाइ जित्दा जिल्लामा मेरो राम्रो चर्चा भएको थियो । अक्टोबर क्रान्तिको उपलक्ष्यमा राखिएको प्रतियोगितामा भलिबलमा दोस्रो सहित बेस्ट प्लेयर र हाजिरीजवाफमा दोस्रो पुरुस्कार जितें । यही समयमा सल्यानको केही ठाउँ घुम्न भ्याएँ, रोल्पाको कहिल्यै नपुगेको गाउँसम्म पनि पुगें । भिन्न भिन्नै ष्रिष्ठभुमीका मान्छेहरु सँगको भेट र चिनजानले अहिले कुनै असर नभए पनि कुनै दिन केही फरक हुनेछ भन्ने सोचेको छु ।

चाइना आउनुमा आफ्नो पढाई त छदैथियो, साथै जन गणतान्त्रिक मुलुक चिनको शासन प्रत्यक्ष भोग्न पनि मन थियो । नेपालमा गणतन्त्रको लहर जताततै चलेको बेलामा मेरो मनमा पनि त्यो रहर चदेको थियो । पढाईमा एक बर्ष दिलो भयो तर मैले भनेको जस्तै भयो । अहिले म पढिरहेको छु र कम्युनिजमको शासन भोगिरहेको पनि छु । चाइना आएकोमा अहिलेसम्म एउटा मात्र सपना पुरा भएको छ, धेरथोरै भए पनि कम्युनिजमलाई नजिक बाट नियाल्ने । अब बिस्तारै अरु सपनाहरु पनि पुरा हुँदै जानेछन् भन्ने कुरामा एकदम आशावादी छु । ति सपनाहरु पुरा हुने बाटोमा हिडिरहेका छन्, धेरै दूर छैनन् जस्तो लाग्छ । कहिले काही भने बिभिन्न किसिमका शंका र उपशंकाहरुले मनमा घर जमाउन खोज्छन् । जस्तो आएका थियौ त्यस्तै रहेको, न कुनै प्रगती न त केही उतारचदावको महशुस नै । केही नभए जस्तो र केही नआए जस्तो देखिएता पनि, ति सपनाहरु अल्मिलिए झै लागे पनि तिनी सबै जिउदै छन् । हामीले अब गुणात्मक फड्को मार्नका लागि तयार रहनुपर्छ । निराश हुनु र हरेश खानुको सत्ता बरु उही जोशजाँगर र उत्साहका साथ अलिकती पनि बिचलित नभएर आफ्नो बाटोमा निरन्तर लागिरहन सबै साथीहरुलाई आग्रह गर्न चाहन्छु । हाम्रा सपनाहरु साकार हुने नै छन्, दे आर अन द वे टु डिइर डेस्तिनेशन ! अलिकती मात्र भए पनि हाम्रो देशलाई हाम्रो क्षेत्रबाट माथि उठाउन सक्दो प्रयास गर्नु पर्दछ । सम्पूर्ण साथीहरुलाई पनि यही भन्न चाहन्छु र साथ साथै ह्याप्पी एन्निभर्सरी पनि ।
21 oct. 09

No comments:

Post a Comment