Sunday, July 26, 2009

धर्मात्मा राजा दशरथ

बिहान उठेर रामायण हेर्ने गरेको छु । अघिल्लो केही भाग सकियो, आजको भाग सन्योगान्तबाट एक्कासी बियोगान्तमा परिणत भैदिएको थियो । मन नै नरमाइलो लागेर आयो तर सोचे यो कुनै दिन भएको घटना हो अर्थात यो एउटा नाटक ठानेर चित्त बुझाए ।

अर्को बिहान सुर्यदयसँगै राम राजसिंहासनमा बस्ने तयारी हुन्छ । भरत माता कैकियी निकै प्रफुल्लित हुँदै हिरा र मोती बाडिरहेका हुन्छन् । तर उनको सुशारे मान्थराले अनेक कुरा लगाइ कुनै पनि हालतमा रामलाई राजा हुन नदिने प्रपञ्च रच्छन । धेरै प्रयास पछी कैकियी पनि सहमत हुन्छन् र दानवहरु सँग युद्ध हुँदा माग्न लगाएको दुई बरदान माग्न सुझाउछिन । एक, रामको सत्ता भरत राजा हुनु पर्ने , अर्को रामलाई १४ बर्ष वनवास पठाउनु पर्ने । राजा दशरथले आफ्नी रानीको खुशीको लागि बर पुरा गर्ने वचन दिइसकेकाले निकै सन्कटमा पर्छन् । राजा दशरथको बिन्तिका वावजुद केही शिप चल्दैन । अनेक जुक्ती गर्दा पनि कैकियिले आफ्नो बर फिर्ता गर्न मान्दैनन् । बरु राम आफ्नो बुवा र आमाको आज्ञा मान्दै कठोर वनवास जान खुशी साथ तयार हुन्छन् । अहिले राम, पत्नी सिता र भाइ लक्षमनका साथ चित्रकुतमा सानो कुती बनाइ बसिरहेका छन् । राजा दशरथ आफुले युवराज हुँदा श्रवन कुमारलाई बाण हानेर मारेकाले उनका बुवाले दिएको श्राप स्वरुप अन्धो हुनुका साथै सन्तानको मायाले तड्पि तड्पि स्वर्गे भैसकेका छन् । चार सन्तान हुँदा हुँदै राजाको काजकृया छोराहरु बिना गर्नु ठीक नभएकोले मामाको राज्यमा भएका भरत र शत्रुघनलाई खबर पठाइ अयोध्या बोलाइसकिएको छ । भरतले बुवाको अचानक दु:खद मृत्‍यु हुनुको कारण कुनै बाहिरी षड्यन्त्र भएको अनुमान लगाएर यसको जरो पत्ता लगाइ दोषिलाई मृत्‍युदन्ड दिने सम्मको प्रण गर्छन् । राम १४ बर्षको वनवास गएको पनि थाहा पाएर निकै बिचलित हुन्छन् । अन्त्यमा आफ्नै आमा कैकिय नै दोषी रहेको भेउ पाएर अब उप्रान्त उनलाई आमा नमान्ने वाचा गर्छन् ।

निकै दु:खान्त भाग अघी बदिरहेको छ । भरत आफ्नो बुवाको अन्तिम क्षण भेट्न नपाएकोमा बेचैन भएका छन् । राम, सिता र लक्षमणलाई वनवास पठाएको घटनाले झनै मर्माहत बनाएकोछ । अहिले मेरो मनमा राम, भरत र श्रवन कुमारले बास गरिरहेका छन् । रामका माता कौशल्या प्रती मेरो सहानुभुति कहिल्यै नमर्ने गरी जागिरहेको छ । म्रित दशरथले योग्य राजा, बुवा, भक्त, श्रीमान, भएर होस् कि दान,ज्ञान,धर्म,कर्म, गरेर होस् ! कही कतै पनि आफुलाई कुशल रुपमा प्रस्तुत नगरेको पाइन । सहि मान्छेले गलत नियतका कारण मृत्‍युवरन गर्नु पर्‍यो । यसले एकातिर गल्तीको प्रतिफल भोग्नै पर्ने देखाउछ भने अर्कोतिर अती विश्वाश गरेका ब्यग्ति नै छिनभरमै कसरी स्वार्थको लागि आफुलाई बदल्न सक्छन भन्ने पनि देखाउछ । राजा दशरथले आफ्नो जीवन कालमा राजा राखे, प्रजा राखे, ॠषि-मुनीको सेवा गरे, राज्य भर सुख शान्ती बाँडे । सुर्य बँश, धर्म र सभ्यताको लागि कहिल्यै अलिकती पनि चुकेनन् । आफुले गर्दा थोरै दाग सम्म पनि लाग्न दिएनन् बरु कर्तब्य पालनाको लागि सधैं कतिबद्ध भएर लागिरहे । यसले समय निकै बलवान छ भन्ने पनि पुस्ति गर्दछ । आफ्नो जीवनभरी कहिल्यै कसैसँग हार्नु नपरेका यत्रो सामार्थ्यवान राजा दशरथ समेट अन्त्यमा एउटै वचनसँग हारेर निरिही हुनु परेको छ । युद्ध र वचनमा जित नै जितको छबी भएर पनि तिनै माहात्मा, धर्मात्मा, उदार राजाको मृत्‍यु एउटै वचनको हारसँग सदा सदाको लागि अन्त्य भएर गयो । मलाई त अहिले पनि शब्द श्रदान्जली चदाउन मन लागिरहेको छ । श्रदान्जली दशरथ ! फेरी यही धर्तिमा तिम्रो पुनर्जन्म भैइदियोस् ।

2 comments: