Thursday, July 23, 2009

माडिहुङ्री नै किन रोजे ?

बिहानीपख ह्वामा धुरिमा जब बालक उषा झुल्किन्छ तब जंकोटले दिल खोलेर मन्द हाँसो हाँस्दै घामको किरणलाई स्वागत गर्दछ । साँझ दल्किदै गएपछी छिप्पिएको सूर्यलाई थुर्पा धुरीसम्म सकुशल पुर्याएर फेरी नौलो बिहानीमा भेट्ने वाचा बाद्धै आशाको मीठो बिदाइ गरिदिन्छ । बिदाइ पछी धापाल डाँडाको शिरानी लगाइ माडिचौरको समतल मैदानसम्म खुट्टा पसारेर आनन्दको निन्द्रा सुत्छ मेरो जँकोट । दाँया कोखबाट माडिखोला र बायाँबाट हुङ्रिखोलाले उसैगरी शितलता दिइरहेका हुन्छन । पूर्वमा ह्वामा, पश्चिममा कोर्चवाङ र उत्तरमा भावाङ, दक्षिणबाट कोतगाउँको बिचमा अबस्थित मेरो जंकोटले निकै राम्रो र ब्यावहारिक मित्रता कायम गरेकोछ । पुर्बी-दक्षिण पल्लो पट्टि देखिने सदरमुकाम लिवाङको झिलिमिलीले आधुनिक शहर देख्ने रहर पुर्याइदिइरहेकेको हुन्छ ।

जंकोटलाई कोखमा राखेर माया गर्दै बग्ने ति माडी र हुङ्री जंकोटकै पाउँमा आएर आफ्नो एक्लो यात्रा सुखद मिलनमा टुङ्याउछन अनि एक भएर आफ्नो यात्रा जारी राख्छन । करीब दुई किलो मिटर तल गएर लिवाङ हुँदै आएको धाङ्सी खोलासँग अर्को सम्बन्ध गाँस्छन् । अझै बलियो र थप साहशिलो बन्दै खुङ्रिमा पुगेर पूर्वबाट आएको अर्को नदीसँग एउटा फरक नाताको स्थापना गर्छन् । त्यसपछी भने उनिहरुले आफ्नो आपसी सम्झौतामा आफुलाई राप्ती बनेर चिनाउदै लगातार बग्न थाल्छन् कहिल्यै र कतै पनि नरोकिने प्रण गर्दै ।

एउटा किम्बदन्ती छ, " परापुर्ब कालमा माडी र हुङ्रिको मुहान एउटै थियो । यिनिहरु दुई बहिनी थिए । माडी दिदी थिइन भने हुङ्री चाँही उनकी प्यारी बहिनी । एक अर्कासँग अत्यन्तै मिल्ने गर्दथे । उनिहरुको मित्रता देखेर माउसुलीलाइ निकै दाहा जागेर आएछ । एकदिन उसले दुई बहिनीको बिच फातो पार्ने जुक्ती सोचेछ । दुबैलाइ बोलाएर को अगाडि माडिचौर पुग्ने बाजी मार्न भनेछ । उनिहरुले माउसुलीको छत्तु चाल बुझेर बिस्तारै आ-आफ्नो बाटो सम्याउदै एकैचोटि माडिचौर पुग्ने र भेट हुने सल्लाह गरेछन् । त्यही अनुरुप उनिहरुले आ-आफ्नो यात्रा थालेछन् । तर बिच बाटोमा जादा जादै माउसुलीले बहिनी हुङ्रिलाई दिदी माडि त उनी भन्दा धेरै अघी नै पुगि सकिन भनेर कुरा लगाइदिएछ । हुङ्रिलाई पनि दिदिले साँच्चीकै धोका दिएको लागेर बाटो बनाउन छाडेर हाम्फाल्दै तिब्र बेगमा माडिचौर पुगेछिन् तर दिदी माडि त अझै आइपुगेकी छैनन् । धेरै बेर कुरे पछी बल्ल माडि आइपुगिन । माडिले सल्लाह बिपरित बहिनी अगाडि नै आइपुगेको देखेर निकै क्रोधित भइन् तर बहिनी हुङ्रिले सबै बेलिबिस्तार लगाइदिए पछी शान्त भइन् । अब कहिल्यै पनि अरुको कुरा सुनेर बिश्वासघात नगर्ने र दुई बहिनी कहिल्यै पनि नछुत्तिने वाचा कस्दै आफ्नो नतुङिने यात्रा थालेछन ।" त्यसैले, अहिलेसम्म पनि दिदी माडी शान्त, धैर्य र फराकिलो बगरसहित बहने गर्दछिन् भने बहिनी हुङ्री साँगुरो र छिन-छिनमै भेल आउने र केही बेरमै सङ्लो र चन्चल हुने गरेको विश्वाश गरिन्छ ।

माडि र हुङ्रि स्वच्छ प्रक्रिती हुन् । प्रक्रिती आँफैमा पवित्र गुरु हो । किम्बदन्ती आँफैमा एउटा ईतिहास र संस्क्रिती हो । माडि र हुङ्रिमा आत्माको बिसुद्ध मेल पनि छ । निस्वार्थी भावना हुनु आँफैमा उच्च कोटिको ब्यवहार हो । छल-कपत, झाल-झेल र अरुको मिलापमा इर्स्यालु भावना राख्ने प्रबिती अझै पनि मानव मानसिकतामा बिद्यमान रोग हो, जुन हट्दै जानुको ठीक उल्तो झाङिदै गैरहेको पाउछौ । आज आपसी सहमति र सहकार्य आत्याबस्यक समयको माग नै हो । सम्झौता गर्दै अघी बद्नुको बिकल्प कही पनि छैन । समय र परिस्थिती अनुकुल आफुलाई दाल्न नसके त्यसै बिलिन भएर जाने निस्चित हो । यसर्थ, उत्तम उपायको खोजी गर्दै यात्रा जारी राख्नु आँफैमा चुनौती र जोखिम मोल्नु हो । गन्तब्य एउटै र एकै ठाउँमा मात्र निश्चित हुन्छ भन्ने पनि हुँदैन बरु सिमीत धायरा भन्दा बाहिरसम्म पुग्न अनगिन्ती बगरका घुम्तिहरु छिचोल्न सक्नु पर्छ । गन्तब्य यात्रामा भेटिने अनेक बिचारक लाग्ने बतुवाका थुप्रै भ्रम चिर्न सक्नु अर्को अप्ठ्यारो हो । मलाई लाग्छ, माडि र हुङ्रिको प्रचलित किम्बदन्तिबाट हामी धेरै कुरा सिक्न सक्छौ । तुलना गरेर हेर्यौ भने हामी आफ्नो जीवन पनि त्यही बगरमा कल्कलाउदै र सुसाउदै बगिरहेको अनुभव गर्छौ । नदी जस्तै उसै गरी अनन्त यात्रामा बहिरहेको पाउछौ । हामी बसेको समाज बुझ्न र सिक्न पनि माडि र हुङ्रिले धेरै मार्गदर्शन गर्नेछ । कहिले माडि बन्नु त कहिले हुङ्री बन्नु मानवस्वभाव हो । माउसुलीको गुण हुनु अर्को तिरिस्क्रित रुप हो । मैले पनि यहाँ माउसुलीलाइ तिरस्कार गरेर याथार्थ जीवनमा पनि माउसुली रुपी मान्छेहरुलाई घ्रिना गर्ने जमर्को गर्न खोजेको हुँ । माडि र हुङ्री पक्कै पनि मेरो आदर्श बनेकै हुन् । माडि र हुङ्रीको बिगत मात्र मेरो प्यारो भएको होइन बरु वास्तबिक मेरो जीवनमा पनि गाडा साईनो जोडिएको भएर नै मैले 'मादिहुङ्री' नाम रोज्नु उचित ठानेको हुँ ।

3 comments:

  1. When ever i have time,most often i do love to visit this site.It is because you write with skill and style and thoroughly believable too. And countless times i did too, since a half and year. Honestly i didn't know why this name was choosen/given but was wondering to know the fact all the times. Sometimes even i made a silly guess...Mad+I+Hungry, and some more. Now i knew it and realized the meaning too why and how deep it is.
    A great choice with great heart and conscious mind.

    ReplyDelete