Monday, July 27, 2009
आजको मेरो दिन
आज दिन नै त्यती उत्साहजनक रहेन । खाना खाएर रामायणको केही भाग हेरे । साँझ ५:३० तिर सन्तोषको जबर्जस्तीले मात्र भलिवल खेल्न गए । भलिवल खेलेर रनिङ पनि गइन । एक्कासी टाउको दुख्न थाल्यो । कोठामा आएर नुहाउन बाथरुम पसे तर जाडोले काम्न पो थाले । मन तातो पानीले निकै बेर नुहाए । यसपाली धेरै पछी दुखेको हो, नत्र त प्राय दुख्ने गर्दथ्यो । सोचेथे, नेपाल सरकारले भारतबाट लिउने भनेको हतियार प्रकरण, सर्बोच्च अदालतले उपराष्त्रपति परमानन्द झालाई हिन्दी भाषामा खाएको शपथ अबैधानिक ठहर गरेको, क. अनन्तसँग पहिलो चोटि भएको च्याट, नेपालमा बादिपहिरोले गर्दा घर परिवार गुमाएका पिडा, रामायणमा मलाई प्रभाबित पार्ने घटना र पात्रको बारे सामान्य चर्चा गरुला तर आँफै अली अस्वस्थ भएकोले केही लेखिन । टाउको दुख्न अली कम हवस र सुतुला भन्दा भन्दै २ बजिसक्यो तर कम हुनु त कता हो कता झन झन पो बद्ढै गैरहेको छ । यती नराम्ररी त पहिले कहिल्यै दुख्ने गरेको थिएन । फेरी घरि घरि छाती पनि अली दुखिरहेको छ । अब त जसो तसो आराम गर्नु पर्ला ।
Sunday, July 26, 2009
धर्मात्मा राजा दशरथ
बिहान उठेर रामायण हेर्ने गरेको छु । अघिल्लो केही भाग सकियो, आजको भाग सन्योगान्तबाट एक्कासी बियोगान्तमा परिणत भैदिएको थियो । मन नै नरमाइलो लागेर आयो तर सोचे यो कुनै दिन भएको घटना हो अर्थात यो एउटा नाटक ठानेर चित्त बुझाए ।
अर्को बिहान सुर्यदयसँगै राम राजसिंहासनमा बस्ने तयारी हुन्छ । भरत माता कैकियी निकै प्रफुल्लित हुँदै हिरा र मोती बाडिरहेका हुन्छन् । तर उनको सुशारे मान्थराले अनेक कुरा लगाइ कुनै पनि हालतमा रामलाई राजा हुन नदिने प्रपञ्च रच्छन । धेरै प्रयास पछी कैकियी पनि सहमत हुन्छन् र दानवहरु सँग युद्ध हुँदा माग्न लगाएको दुई बरदान माग्न सुझाउछिन । एक, रामको सत्ता भरत राजा हुनु पर्ने , अर्को रामलाई १४ बर्ष वनवास पठाउनु पर्ने । राजा दशरथले आफ्नी रानीको खुशीको लागि बर पुरा गर्ने वचन दिइसकेकाले निकै सन्कटमा पर्छन् । राजा दशरथको बिन्तिका वावजुद केही शिप चल्दैन । अनेक जुक्ती गर्दा पनि कैकियिले आफ्नो बर फिर्ता गर्न मान्दैनन् । बरु राम आफ्नो बुवा र आमाको आज्ञा मान्दै कठोर वनवास जान खुशी साथ तयार हुन्छन् । अहिले राम, पत्नी सिता र भाइ लक्षमनका साथ चित्रकुतमा सानो कुती बनाइ बसिरहेका छन् । राजा दशरथ आफुले युवराज हुँदा श्रवन कुमारलाई बाण हानेर मारेकाले उनका बुवाले दिएको श्राप स्वरुप अन्धो हुनुका साथै सन्तानको मायाले तड्पि तड्पि स्वर्गे भैसकेका छन् । चार सन्तान हुँदा हुँदै राजाको काजकृया छोराहरु बिना गर्नु ठीक नभएकोले मामाको राज्यमा भएका भरत र शत्रुघनलाई खबर पठाइ अयोध्या बोलाइसकिएको छ । भरतले बुवाको अचानक दु:खद मृत्यु हुनुको कारण कुनै बाहिरी षड्यन्त्र भएको अनुमान लगाएर यसको जरो पत्ता लगाइ दोषिलाई मृत्युदन्ड दिने सम्मको प्रण गर्छन् । राम १४ बर्षको वनवास गएको पनि थाहा पाएर निकै बिचलित हुन्छन् । अन्त्यमा आफ्नै आमा कैकिय नै दोषी रहेको भेउ पाएर अब उप्रान्त उनलाई आमा नमान्ने वाचा गर्छन् ।
निकै दु:खान्त भाग अघी बदिरहेको छ । भरत आफ्नो बुवाको अन्तिम क्षण भेट्न नपाएकोमा बेचैन भएका छन् । राम, सिता र लक्षमणलाई वनवास पठाएको घटनाले झनै मर्माहत बनाएकोछ । अहिले मेरो मनमा राम, भरत र श्रवन कुमारले बास गरिरहेका छन् । रामका माता कौशल्या प्रती मेरो सहानुभुति कहिल्यै नमर्ने गरी जागिरहेको छ । म्रित दशरथले योग्य राजा, बुवा, भक्त, श्रीमान, भएर होस् कि दान,ज्ञान,धर्म,कर्म, गरेर होस् ! कही कतै पनि आफुलाई कुशल रुपमा प्रस्तुत नगरेको पाइन । सहि मान्छेले गलत नियतका कारण मृत्युवरन गर्नु पर्यो । यसले एकातिर गल्तीको प्रतिफल भोग्नै पर्ने देखाउछ भने अर्कोतिर अती विश्वाश गरेका ब्यग्ति नै छिनभरमै कसरी स्वार्थको लागि आफुलाई बदल्न सक्छन भन्ने पनि देखाउछ । राजा दशरथले आफ्नो जीवन कालमा राजा राखे, प्रजा राखे, ॠषि-मुनीको सेवा गरे, राज्य भर सुख शान्ती बाँडे । सुर्य बँश, धर्म र सभ्यताको लागि कहिल्यै अलिकती पनि चुकेनन् । आफुले गर्दा थोरै दाग सम्म पनि लाग्न दिएनन् बरु कर्तब्य पालनाको लागि सधैं कतिबद्ध भएर लागिरहे । यसले समय निकै बलवान छ भन्ने पनि पुस्ति गर्दछ । आफ्नो जीवनभरी कहिल्यै कसैसँग हार्नु नपरेका यत्रो सामार्थ्यवान राजा दशरथ समेट अन्त्यमा एउटै वचनसँग हारेर निरिही हुनु परेको छ । युद्ध र वचनमा जित नै जितको छबी भएर पनि तिनै माहात्मा, धर्मात्मा, उदार राजाको मृत्यु एउटै वचनको हारसँग सदा सदाको लागि अन्त्य भएर गयो । मलाई त अहिले पनि शब्द श्रदान्जली चदाउन मन लागिरहेको छ । श्रदान्जली दशरथ ! फेरी यही धर्तिमा तिम्रो पुनर्जन्म भैइदियोस् ।

Saturday, July 25, 2009
नारी पक्षमा
आजकाल गर्मी बिदा छ, त्यसैले रामायण पनि हेरेर खाली समयको सदुपयोग पनि गरिरहेको छु । कारीब दुई बर्ष अगाडि महाभारतको पनि पुरै भाग हेरेको थिए । रामायण हेर्दै गर्दा मेरो मनमा एउटा कुरा खेल्न थाल्यो । आज त्यसैलाइ यहाँ प्रसँग बनाएर उठाउन मन लाग्यो ।
अयोध्याको पहिलो रात सिताले रामलाई कुरेर एक्लै कोठामा बासिरहेकी हुन्छिन् । रामले प्रबेश गर्ने बित्तिकै खुट्टामा ढोग्न पुग्छिन् । अनी रामले "यो के गरेकी ?" भनेर सोद्धा उनको उत्तर हुन्छ ।
आमाले भन्नु भएको, "अब हजुर नै मेरो ईश्वर हो । एउटा नारीको लागि आफ्नो लोग्ने भन्दा ठुलो भगवान कोही हुँदैन । लोग्नेलाई छाडेर कुनै ॠषि र देवताहरुको पूजा गर्नु आबस्यक छैन । आफ्नो ब्यग्तिगत स्वार्थ त्याग गर्दै आफ्नो पतिको भलो हुने काम मात्र गर्नु पर्छ । यही नै पत्निको धर्म हो । "
राम भन्छन, " आमाको उपदेश सुन्यौ, अब मेरो कुरा पनि सुन्ने कि !?"
सिताले टाउको निहुराउदै भन्छिन्, "हजुर भन्नुस् न, म त हजुरको नोकर न हुँ ।"
राम एकोहोरो बोल्न थाल्छन्, "मेरो पहिलो कुरा यो हो कि, तिमी मेरो दासी नबनी देउ । बरु मेरो आधा शरीर आधा आत्मा बनिदेउ मेरी प्यारी । मेरो साँचो संगिनी बनेर सधैं मसँग साथै रहिरह । मेरा हरेक राम्रा कदमहरुमा सहयोग गरिदेउ । यदी तिमीलाई मैले गल्ती गर्दैछु जस्तो लाग्यो भने, मलाई त्यो गर्न बाट रोकिदेउ । यो नै असल संगिनीको कर्तब्य हो ।" अनी अझै थप्छन," माता कैकियले भन्नु भएको, हाम्रो पहिलो भेट अबिस्मरनीय बनाउन केही उपहार दिनु पर्छ रे । मैले त्यो लिएर आएकोछु । बहुमुल्य हिरा-मोती होइन बरु त्यो त हो एउटा कसम । राजाहरुका धेरै जना रानीहरु हुने गर्दछन् तर तिमीलाई आजै बचन दिन्छु कि तिमी बाहेक मेरो जीवनमा दोस्रो श्रीमती बनेर कोही आउने छैन । यो मेरो प्रतिज्ञा हो । "
प्रत्येक धर्म शास्त्र अनुसार नारीलाई कुनै न कुनै अधिकारबाट कि बन्चित गरिएको पाईन्छ या त पुरुष सरह स्थान दिइएको हुँदैन । तर राजकुमार राम कति सह्रिदयी बनेर सितालाई आफु समानको स्थान दिन चाहन्छन । धेरै जना रानी राख्ने कुसंस्कार बिरुद्ध सुरुमै उनले बाचा गरेर चुनौती दिन्छन् । सबैले रामको पदचिन्ह पछ्याएको भए आज नारी र पुरुष बराबरी हुनेथियौ । घरायसी वा बाहिरी व्यबहारमा कुनै किसिमको बिभेद हुने नै थिएन । भनिन्छ संसारमा दुई जात मात्र छन्, नारी र पुरुष । तर बिडम्बना ! त्यही दुई जात पनि शक्ति संघर्षमा लागेर आँफैलाई सत्यानस गर्छन् । अहिले पित्रिसत्तात्मक समाज छ । तर, आदिम साम्यवादी दिनमा सुन्दै असम्भव लाग्ने मात्रिसत्तात्मक दुनियाँ थियो रे ! त्यसैले के भन्न सकिन्छ भने पक्कै पनि शक्ति संघर्ष चल्दै आइरहेको रहेछ । अहिलेकै परिपेक्ष्यमा हेर्दा पनि त्यो अनुमान लगाउन सकिन्छ ।
म सानो छदा हाम्रो गाउँमा पनि नराम्रो प्रचलन थियो । खेत खन्दा होस् वा अरु नै ज्याला मजदुरी गर्दा भए पनि काम नै नगर्ने पुरुष भए पनि बदी ज्याला दिने तर आईमाई भए जती सुकै मरिमरी काम गरे पनि कम ज्याला दिने गरिन्थ्यो । महिलाले नै निकै परिश्रम गर्ने गर्दथे, अती मिहेनेतका साथ राम्रो काम गर्दथे तर लोग्ने मान्छेहरु भने गफ गर्दै जाँड खाँदै थोरै काम गर्ने गर्दथे । यदी कसैले झन्डै-झन्डै पुरुषहरु जत्तिको पैसा पाए ठुलै चर्चा हुन्थ्यो । तर अहिले त्यो सन्कीर्नता हत्दै गएको रहेछ, निकै खुशी लाग्यो । अब गाउँमा लिंग अनुसार ज्याला पाक्दैन, परिश्रम हेरिन थालिएको रहेछ । गाउँमा भएको यो निकै सकारात्मक परिवर्तन हो ।
जसरी रामायणमा मिथिलाका राजा जनक र रानी सुनन्याले सितालाई पतिको नोकर बन्नु नै सबै भन्दा ठुलो धर्म भनेर सिकाउछन । हो, ठ्याकै त्यही थियो मैले देखेको मेरो समाज पनि । तर अहिले आएर धेरै रामहरु जन्मिसकेका छन । सिताहरु पनि सिता मात्र बन्न पनि सक्दैनन । बिहे गर्दा पनि अली अली पढेको केटाले पद्धै नपढेको र अली पढेको केटाले अली अली पढेको केटी बिहे गर्ने परम्परा जस्तै भएको थियो । अब भने नपढेको केटाले पढेकी केटी र पढेको केटाले नपढेको केटी बिहे गरे पनि कुनै अर्थ रहदैन । दिन भरी गाउँ चाहरेर मात्तिदै साँझ घर आएर परिवार कुत्ने बानी सबैले त्याग गरिसकेका छन् । स्वास्नी-चेलीहरु चुलो चौकोमा मात्र सिमीत रहने समय गर्किसकेको छ । परिवारको जिम्मेवारी कुशलतापुर्बक बहन गर्न सक्ने भैसकेका छन् । कथित उपल्लो जातले दलितलाई बिहे गर्यो भने जीवन भर दलित नै भएर हेपाइ र अभिशापको दिन कात्नु पर्ने बाध्यता करीब करीब हतिसकेको छ । छोरालाई स्कुल छोरीलाई मेलापात पठाउने संस्कारको अन्त्यै भएको छ । दाईजो प्रथा त पुरै निमित्यान्न नै भैसकेको छ । कोही पनि चेली अब दाईजो नलिएको कारणले पीडित हुनु पर्ने छैन । लोग्ने र स्वास्नी अब मालिक र नोकर होइन, एक अर्काका सहयोगी भएर बाँच्न थालेका छन् । नारीको हरेक प्रयासलाई पुरुषले पनि सके जती प्रोत्साहन गरिरहेका छन् । नारी साँच्चीकै समन्वय र सन्योजनकारी भूमिकामा छाएकै छन् । उनिहरु अब आफुलाई तल्लो स्तरको जात पनि मान्दैनन र पुरुष भन्दा कम पनि ठान्न छाडेका छन् । मेरो गाउँलाई हेर्दा पित्रिसत्तात्मकबाट मात्रिसत्तात्मक पारिवारिक प्रणालिमा जान थालेको जस्तो देखिए पनि उनिहरु सह-अस्तित्व र आदर भावको राम्रै अभ्यास गरेको बुझिन्छ । परिवार सुखी र प्रगतिशिल बन्दै गैरहेको आभास सजिलै पाउन सक्छौ ।
मेरो गाउँको परिवर्तन देखेर म हर्षित छु । फेरिएको मेरो समाजको मुहारले मेरो मुखमा पनि मुस्कुराहत नछर्ने कुरै भएन । तर जसरी मेरो ठाउँ बदलिदै थियो, त्यसै गरी अरु ठाउँ बदलिदै गएको सोचेको थिए तर गलत रहेछ । सुदुर पश्चिममा 'छाउपेदी' प्रथा र पूर्वमा 'देउकी' प्रथा मौलाई नै रहेछ । सिंगो तराइमा 'तिलक'को नाममा अबोध छोरी-चेलीको मोल मोलाई चली नै रहेछ । मानौ, सृस्टि चल्न र जीवन बाँच्नलाई सँगिनी नभइ धन चाहिएको हो । एक चेली त धनसँग टाँसिएर आएको अमुल्य दाईजो मात्र हो । सबै क्षेत्रमा महिलाहरुको एक तिहाइ प्रतिनिधित्व भन्दै झुठो आश्वासन दिने गरेको जगजाहेर नै छ । उनिहरुको धैर्यतालाई खिलाँची ठानिएको छ । अझै दु:खको कुरा त, जब सरकार नै समाजमा रहेका सामाजिक कुरिती बिरुद्ध सचेतना फैलाउन बिशेष अभियान चलाउनुको सत्ता क्षनिक र स्वार्थी दाउमा बजेटले सिचाई गर्न खोजिरहेको छ । अन्धविश्वाश र बिसंगति, हाम्रै अगाडि चेतना र शिक्षा अभावले झर्झर बन्दै गैरहेको छ तर त्यसको ठीक उल्तो सरकार उनिहरुलाई कोत्याउने र बल्झाउने खेल खेलिरहेको छ । एकल महिलालाई बिहे गरेको खन्दमा रु. ५०,००० र दलितसँग बिहे गरेको खन्दमा रु. १,००,००० दिने घोषणाले बौदिक बर्गलाई हेरेको हेर्यै पारेको छ । एकल महिलालाई शिप र रोजगारी, सामाजिक सुरुक्षाको ग्यारेन्टि, बाल-बच्चाको पढाई जस्ता कुरामा सरकारले बजेट खर्च गर्न सक्थ्यो । दलितहरुलाई उचित शिक्षाको ब्यबस्था, समाजमा सम्माननीय बातावरण, सबै क्षेत्रमा समान सहभागिता लगायतका कुरामा ध्यान दिनुको बिपरित पैसाको बितो निधारमा तास्ने प्रयत्न गरेर सबै दलित र महिला जाती प्रती नै खेलवाड र घोर अपमान गर्न खोजिएको छ । कसैको आमा, दिदी-बहिनी, छोरीले पति गुमाउना साथ अब पिडाले थिलथिलो भएको जिउलाई पैसाको कलंकले छोपिदिने छ । यहाँ प्रोत्साहन स्वरुप पुरुस्कार दिन नसकिने होइन, सकिन्थ्यो तर प्रमुख होइन कि सहायक कार्यक्रमको रुपमा अगाडि सार्न सकिन्थ्यो । सरकारको यस्तो अबिभावकीय रबैया निकै आपत्तिजनक र खेदजनक छ । यसले पिडितहरुलाइ थप मर्माहत गराउनेछ । यो मेरो ब्यग्तिगत धारणा हो र यसमा म अडिग रहनेछु । एकातिर महिला सशक्तिकरण र दाईजो बिरुद्ध कुरा गर्ने तर अर्को तर्फ महिलालाई अर्को सरकारी दाईजोको दाग लगाउनु थप असहाय र निरिही बनाउनु बाहेक केही फाईदा गर्दैन । यसले घत्दै र हत्दै गैरहेका कुप्रथा र कुसन्सार लाई अरु मलजल गर्ने पक्का छ । यस्तो गैरजिम्मेवारीपूर्ण सरकारी निर्णय र कदमले पछी पछी सम्म पनि दुरगामी असर पार्नेछ र पारिरहनेछ । यसलाई यथाशिघ्र सच्च्याउनै पर्दछ । यसले नारी र पुरुष दुबैको बौदिकताको अबमुल्यन गरिरहेकोछ । रामले सितालाई दिएको झै सम्मान महिलाहरुलाई दिनु पर्दछ र उनिहरुले त्यो पाउनै पर्दछ । उनिहरु देवीका प्रतिमुर्ती हुन । आजका महिलाहरु जेनी मार्क्स र सिता जस्तै आफ्नो पतिहरुसंगै निस्काशित र वनवासको कठोर जीवन भोग्दै गुमनाम बन्न चाहदैनन । बरु, प्रत्येक नारी कथिन परिस्थितीसँग जुद्धै मदर टेरेसा, फ्लोरेन्स नाइटिंगेल र पारीजातको पद चिन्ह पछ्याउन चाहन्छन् । उनिहरुले देखाइरहेको गुण, सक्षमता र कला कौशलले त्यही भबिश्यको संकेत गर्दछ । आजका आदर्श पुरुष रामहरु पनि पैसाको पछी लाग्नु भन्दा आफ्नै स्वबिबेक लगाइ भोग्दै आइएको परम्परागत र अहिले थपिएको सरकारी अन्धबिश्वासको जालोलाई च्यात्न सक्नु पर्दछ । अन्यथा, दशकौ सम्म पनि हामी यही अघोषित दाईजोको भुमरीमा फसिरहनेछौ । नारीहरु थप अरु परिस्क्रित अबहेलना खेप्दै बहिस्क्रित जीवन गुजारिरहनु पर्नेछ ।

Friday, July 24, 2009
त्यो बेला र यो बेला
सम्झन मन छैन र पनि सम्झनै परेको छ त्यो दर्दनाक घटना । लेख्न मन नभए पनि लेख्नु पर्ने भएको छ दु:खको कुरा । ०४८/४९ सालतिर कहिल्यै बिर्सन नसकिने गरी आएको त्यो दिन, त्यो क्षण । जेष्ठ/आषादको महिना, २/३ बजेतिर । पश्चिमतिरको झ्यालबाट चर्को घाम भित्र सम्म नै पसिरहेको थियो । आमा मन्डलमा पल्तिरहनु भएको थियो । छिमेकीहरु कसैले पानी खुवाइरहेको, कसैले उठाउन प्रयास गरिरहेको । याद भएन कसले हो, जेठी दिदीलाई बोलाउन भनिरहेको मधुरो आवाज सुनेको थिए । कसैले तल माडिचौरमा 'मोती मासिका' छ कि छैन हेर्न जान र बिरामी सिकिस्त भएकोले जसरी पनि जाने रे भनेर भन्न माइला दाजुलाई अह्राइरहनु भएको थियो । कसैले मासिकाको बाटो नकुरेर लिवाङ नै बोकेर लग्ने कुरा गर्नु हुन्थ्यो, कसैले मासिका आँफै आउने भए पनि वा उतै बोलाए पनि बोलाउने मान्छे नआउन्जेल पर्खिने कुरा गर्नुहुन्थ्यो । कसैको भनाई भने आजकाल डाक्टर-मासिकाहरु 'नाक तानेर' निकै भाउ खोज्छन । त्यसैले, कुनै पनि हालतमा मासिका नआउने बरु उतै बोलाउला भन्ने अड्कल गर्नु हुन्थ्यो । त्यतिन्जेल जेठी दिदी पनि आइसक्नु भएको थियो । सबै जना रोएको देख्दा म पनि रुन्थे । मेरो आँखाबाट पनि लगातार आसुँका धारा झर्थे । एकछिन पछी मलाई बाहिर खेल्न जान पठाउनु भयो । अरुबेला ठुलाले भनेको खुरु खुरु मान्ने म यतिबेला भने अलि अन्कनाए । म बाहिर नगए आमालाई झनै ज्वरो आउने भनेकाले मन नलागी नलागी पनि ढोकासम्म पुगे तर बाहिर गइन । केही बेर पछी मासिका आउनुभयो । मैले उहाँलाई त्यो भन्दा अघी गाउँमा बच्चाहरुलाई सुइ लगाउन आउँदा दुई पटक जती देखेको थिए । उहाँ अलि मोतो हुनुहुन्थ्यो, त्यसैले सबैले 'मोती मासिका' भनेर चिन्थे । मासिका सँगै म पनि फेरी भित्र आमाको छेउमै गएर बसे । एकैछिनमा आमा फेरी बेहोस् हुनु भएछ । दाई दिदिहरु चिच्च्याउदै रुन थाल्नु भयो । म पनि जोद्ले रुन थाले । मासिकाले दाइदिदीहरुलाई ठुलो मान्छे नै रोए पछी झनै आमालाई ब्यथाले च्याप्ने र हामी साना भाइ-बहिनीहरु झनै रुने भएकाले नरुन सम्झाउनु भयो । सबैजनाको प्रयासमा आमा बिउझिनु भएछ । मासिकाले मलाई देखाउदै सोध्नु भयो," आमा, उसलाई चिन्नु हुन्छ ?" आमाले भित्रबाट सास तानेर 'अँ' भन्नु भयो ।" को हो ?" भन्दा बोल्नु भएन । त्यसपछी उहाँले आमा होसमा आइसकेको हुनाले अब कसैलाई पनि नरुन र जोडले नबोल्न भन्नुभयो । उहाँले आमालाई सुई लगाइदिनु भयो र सलाइन पानी चदाइदिनु भयो । सुई देखेर निकै डराउथे तर पनि हेरिराखे अनि सोचे आमालाई कति दुख्यो होला !? म त्यही छेउमै बसेर तुलुतुलु हेरिरहेको थिए । घरि-घरि सबै जनाले निकै आत्तिदै आमालाई बोलाउनु हुन्थ्यो ।
गाउँमा हैजा आयो भन्ने हल्ला मैले पनि अलि अलि सुनेको अहिले पनि सम्झिन्छु । सबैको कुरा त्यही हुन्थ्यो, फलानो गाउँमा एकै परिवारका यतिजना मरे रे ! फलानो ठाउँमा उति जना बिरामी परे रे । एउटै चिन्ता हुन्थ्यो,"अब यहाँ पनि कुन दिन आइपुग्ने होला !?" अनि मैले त कल्पना गर्थे, त्यो कुनै मान्छे खाने खतरानाक भुत होला तर पछी दाइहरुले पो भन्नु भयो त्यो त रोग पो हो रे ! केही दिन पछी माडिचौरमा धेरै बिरामी परेछन । लोग्ने बिरामी परेर अस्पताल लग्दा स्वास्नी पनि १ बर्ष नपुगेका छोरासहित १०/१२ उमेरका छोराछोरीहरुलाई टुहुरो पार्दै बूदा-बूदीलाई नै हैजाले लगेछ । धन्न! हाम्री आमालाई त मासिकाले बचाउनु भयो र त्यस्तो अप्रिय केही सामना गर्नु परेन । उहाँ सच्चा स्वास्थ्य स्वयमसेवक हुनुहुन्थ्यो र हाम्रो भगवान भएर हामीलाई ठुलो गुण लगाउनु भयो । उहाँको जस्तो कृपालु हृदय र पेशा प्रति कर्तब्यनिष्ठ स्वास्थ्यकर्मी पाएर न हामी भाग्यमानी भयौ । आज त्यस्तै मान्छे पाउन निकै गाह्रो छ । तर दु:खको कुरा, उहाँ आँफैलाई बचाउन सक्नु भएनछ । ०६२/६३ सालतिर उहाँको लागि स्वर्गको दोका खुल्ला भएछ । म गुण तिर्न त सकिन सकिन, जिउदो हुँदा एकपटक भेट्न सम्म पनि पाएन । उहाँको मृत्यु काठमाडौंमा नै भएको रहेछ । तर, म न मलामी बन्न सके न त श्रदान्जलीको एउटा पुष्प चदाउन नै पाएँ ।
केही अपवाद बर्ष बाहेक आमा बर्षाको समयमा जहिले बिरामी पर्नु हुन्छ । पोहोर साल पहिले नै सलाइन चदाउनु भएछ र केही हुनु भएनछ । यसपाली पनि अस्ती झन्डै बिरामी पर्नु भएछ तर चाडै गाउँको शाखा हे.पो.मा लगेर सलाइन चदाएर ठीक हुनु भएछ । फोनमा सफा र तातो पानी खुब पिउन, भान्सा एकदम सफा राख्न, बासी खाना खाँदै नखान, आँगन फोहोर हुनै नदिनु भन्दै सके जतिको सल्लाह दिन्छु । तर पनि खोइ किन हो किन मेरो मनलाई नजानिदो गरी एउटा डरले तर्साइरहेको हुन्छ । बालक मानसपतलमा बिर्सनै नसक्ने नराम्रो छाप बसेकोले होला, कहिले काही अलि धेरै याद र चिन्ता लागेर आउछ । आजकाल समाचारमा जहिले त्यही आफ्नो बाल-मस्तिस्क पढिरहेको हुन्छु ।
मैले माथि आफ्नो बाल्यकालको तितो किन पोखे भन्ने बुझ्न त्यति गाह्रो छैन । राती सुत्नु अगाडि समाचार पढ्छु, जाजरकोट र रुकुममा झाडापखालाले मर्नेको संख्या २०० बदी रे ! बिहान उठ्छु, शुरुमै अन्लाईन खबर खोल्छु, नियन्त्रण हुनु त कहाँ हो कहाँ (!?) थप मृत्युको खबर हुन्छ । अर्घाखाँचीमा पनि ४० जना जती बिरामी परे रे, दाङमा पनि सन्क्रमन देखियो.. रोल्पामा ३ जनाको मृत्यु, पुर्बी क्षेत्र प्रभावित रे । सदरमुकाम लिवाङबाट रोल्पाका पुर्बी गा.बि.स. पुग्न पैदल २ दिन लाग्छ । यातायातको सुबिधा हुने कुरै भएन । त्यहा न त योग्य स्वास्थ्यकर्मी नै खताइएका हुन्छन, यदी भइ नै हालेमा पनि न त उनिहरुसँग उपचारका लागि आबस्यक औषधी चाहिने मात्रामा नै हुने गर्दछ । पठाइसके पछी र हिडिसके पछी दुई दिन लाग्ने बाटो हो तर पहल गर्न र पठाउन नै कति दिन लाग्ने हो (?) त्यो कसैले भन्न सक्दैन । त्यहा सम्म पुग्दा महामारीले धेरै जनाको प्राण खोसिसक्छ । हाम्रो देशमा सरकार छ कि छैन ? जनताको लागि सोच्ने पार्टीहरु छन कि छैनन ? एन.जी.ओ. र आइ.एन.जी.ओ. हरु कति छन ? स्वास्थ्यकर्मीहरु कहाँ के गर्दैछन ? दुर्गम ठाउँका नेपालीले यसको उत्तर खोज्ने र जान्ने उनिहरुको अधिकार भित्र परेन । उनिहरु सिर्फ भोट खसाल्न मात्र उपयोगी छन, अरुबेला भोकले मरुन कि रोगले कुनै महत्व हुँदैन । झादापखालाको लक्षण देखिएको तीन महिना भैसक्यो तर हाम्रो स्वास्थ्य मन्त्री र मन्त्रालय कुम्भकर्णे निन्द्रामा मस्तले निदाइरहेका छन । उनै गरीबहरुले नखाइ नलाई कर तिरेर भरेका दुकुती रित्याउदै उनिहरुकै खुन-पसिनामा रजाई गरिरहनु कति सम्मको नैतिकता हो ? प्रधानमन्त्री, सेनापती, नेतागण, छुट्टा छुट्टै हेलिकप्टर चड्दै मिडिया र अरु मान्छेका आँखामा छारो हाल्ने काम गर्दैछन । औषधी पुर्याउने खर्च भन्दा बदी खर्चमा त आँफै घुम्दैछन । यदी झाडापखाला नियन्त्रण गर्न गम्भिर भएर लागेको भए अहिले सम्म खोइ त कुन रोगले गर्दा यती जना गरीब नागरिकको दु:खद निधन भएको जानकारी दिन सकेको ? झाडापखाला आँफैमा रोग होइन, यो त सामान्य लक्षण मात्र हो । रोग नै पत्ता नलगाइ उपचार कसरी गरिदैछ ? झाडापखाला हुँदा सामान्य रुपमा नून,चिनी र सफा पानीको मिश्रन अत्यधिक मात्रामा पिउनु नै यसबाट बच्ने उत्तम बिधी हो । तर, यसैका कारण अकाल मृत्युले गर्दा कोही बाबु-आमाबिहिन भैरहेका छन, कोही सन्तानबिहिन । कति परिवारका बालबच्चाले घरकै मुली गुमाएर रुवावासी र कोलाहलपूर्ण जीवन भोग्न वाध्य छन । कतिलाई आफ्नो सर्बस्व ठानेका जीवन साथी र प्यारो सन्तान अचानक गुमाउनु पर्दाको पिडाले मर्माहत बनाइरहेको छ ।
देशमा भएका स्वास्थ्यकर्मीहरु पनि बिकट र कम पैसा भएकाले नतमस्तक भएर राजधानी, सदरमुकाम र ब्यापारिक शहरहरुमा कानमा तेल हाल्दै नतमस्तक भएर बसिरहेका छन । बिदेशमा पढेका आफ्नै देशका हुनेवाला डाक्टरहरुलाई प्राक्टिकल गर्न कहिले रोक्ने-छेक्ने त कहिले ढोग्ने-भोग्ने नियम बनाउने स्वास्थ्यकर्मीहरुको संगठन यतिबेला सम्म पनि कता अल्मलिरहेको छ ? सबै पक्षलाई घच्घच्याउनु पर्ने र आँफै केही कार्यक्रम लिएर अग्रसर हुनु पर्ने त अहिले सम्म पनि एउटा लाजमर्दो मौनता साधिरहेछ । चाइना र अरु देशहरुमा सैदान्तिक ज्ञान हासिल गरिसकेर आफ्नै देशमा आएर बिना तलब सेवा गर्छु भन्नु कहाँ निर भुल भएछ ? यतिखेर उनिहरुलाई महामारी फैलिएको क्षेत्रहरुमा पुर्याउन सकेको खण्डमा फाईदा कस्लाई पुग्ने थियो ? विद्यार्थीहरु आँफैले थप सिक्ने मौका त पाउने नै थिए, त्यो भन्दा ठुलो त उनिहरुले संकटको बेलामा आफ्नो देश र समाजका बिरामीको उपचार गरिदिएर देशलाई नै महामारीबाट बचाउने थिए र उचित सदुपयोग र लाभ हुने थियो । उनिहरुले आफ्नो देशको दयनीय स्वास्थ्य अवस्था त अबश्य देख्न पाउने थिए नै, साथै सिकेका कुरा सुरुमै प्रयोग गर्न पाउदा केही गर्न थप प्रोत्साहित र उत्साहित हुने थिए ।
स्वास्थ्यकर्मी जतिसुकै अब्बल भएर सरकारी खर्चमै पढेको भए पनि आफ्नो पेशा प्रति इमान्दार भएन र हुन सकेन भने कुनै अर्थ रहदैन । मुख्यत: उसले आफ्नो पेशा प्रति दायित्वबोध गर्नु हो । समाजका अस्वस्थ मान्छेहरुलाई सन्चो पारेर स्वस्थ देश बनाउन योगदान दिन कत्तिको आफ्नो कर्तव्य ठानेको हुन्छ !? त्यसैमा भर पर्छ । सच्चा जनसेवी भएर चिकित्सा क्षेत्र रोजेको हो वा शहरकेन्द्रित रहेर पैसामा होली खेल्न !? त्यसमा पनि निर्भर हुन्छ । मलाई लाग्छ, मानव सेवा खुल्ला हृदयले गर्नु पर्छ र यो आँफैमा एक धर्म हो । त्यसैले पढेको संस्थाले भन्दा पनि ब्यग्तिगत भावना र इच्छाशक्तिले निर्क्योल गर्ने बिषय हो । बरु सबैको उदेश्य एउटै बनाइ सके जती चाडो निरोगी देश नेपाल बनाउने प्रण गरौ । भावी कर्णदारहरुलाई कुनै बाधा-अबरोध बिना मार्गप्रशस्त गरौ । देश बाहिर र देशभित्र पढेको भन्दैमा बिभेद गर्नु निकै पूर्बाग्रहि सोच हो । हाम्रो देशको कानून र नितीनियम अझै जनमुखी र गाउँमुखी हुन सकेको छैन । दुर्गम गाउँहरुमा एक प्याकेत जीवनजल र पिउने सफा पानीको अभावमा गरीबहरु मरिरहदा राजधानीका महँगा सभाहल र गोस्ठीहरूमा यो गर्छु र त्यो गर्छु भनेर भाषन गर्नुको कुनै तुक छैन । स्वास्थ्यसचिव मन्त्रिको पछी-पछी लाग्न छाडेर पखाला प्रभावित क्षेत्रको बस्तुस्थिती बुझ्न जानु पर्दछ । राज्यको दुकुतिबाट पढेका स्वास्थ्यकर्मीहरु पनि अनिवार्य रुपमा उतैको क्षेत्रमा परिचालन गरिनु पर्दछ । सरकारी कर्मचारीहरु पनि तलब बृदिको माग राख्दै सिंहदरवारमा उफ्रिनु अघी स्वयमसेवक भएर सामाजिक चेतना फैलाउन जुट्नु पर्दछ । साम्यवादको सपना देख्ने कम्युनिस्ट प्रधानमन्त्रिले आफ्नो तलब कताएर औषधी किन्ने आँट राख्नु पर्दछ । सर्बहारा बर्गको मुक्तिदाता ठान्ने नेताले एक छाक भोकै बसेर खाद्यान्न पुर्याइदिनु पर्दछ । नत्र उतिखेर ४० को दशकको नेपाल र यतिखेरको ६० को दशकको नेपालमा के फरक भयो त ? मेरी आदरानीय आमालाई बिउझाउन त दयालु मासिका आइपुग्नु भयो तर अरु बेहोस आमाहरुलाई कस्ले बिउझाउने ? जहाँ लक्षण देखिएको तीन महिना भैसक्दा पनि कुन रोग हो सहि पहिचान गरिदैन र कसरी महामारीको रुप लियो भन्ने कारण खोजिदैन भने मृत्युको मुखमा पुगेका हजार आमाहरुलाई कसरी बचाउने ? जब तीन दशकको अन्तरालमा पनि केही परिवर्तन भएन भने एक्काइसौ शताब्दीका मान्छे भन्दै घमण्ड गरेर मात्र के गर्नु ? त्यही समस्यासँग जुध्न र फेरी त्यही नियती भोग्नु परिरहेको छ । हाम्रो सरकारले स्वास्थ्य र शिक्षालाई आम नागरिकको अत्याबश्यक न्युनतम नंसर्गिक अधिकारको नारा लगाएको पुष्टि गर्नु पर्ने भएको छ । अचेल पनि दिनहुँ म त त्यही डरलाग्दो आफ्नो बाल्यकाल देखिरहेछु, बिर्सनै नसक्ने क्षण झल्झली सम्झिरहेछु । त्यसबेला मेरो परिवार माथि आइपरेको दशा भेटिरहेछु । यि मैले पढिरहेका प्रत्येक शब्दहरुमा कता कता त्यतिबेलाको आफ्नो दुर्दशा भोगिरहेछु । यतै छेउमा कतै उसै गरी आफ्नो आमाको क्रन्दन र आफ्नै परिवारको चित्कार सुनिरहेको हुन्छु । कता कता अनगिन्ती भाइबहिनीहरु अद्रिश्य भगवान र देउतासँग मैले जसरी नै आफ्नी आमाको भिक्षा मागिरहेको देख्छु । म अहिले पनि प्राथना गर्छु, त्यस्तो दिन कसैले पनि कहिल्यै भोग्नु नपरोस । त्यस्तो क्षणलाई हामीले टाढा टाढाबाट पनि नियाल्नु नपरोस । तर, त्यो धेरै पहिले थियो, हामी आज बर्तमानको कुरा गर्नु छ । त्यसैले, त्यो बेला र यो बेलामा केही फरक त हुनै पर्छ । त्यतिखेरको दुर्गम गाउँ र यतिखेरको दुर्गम गाउँमा केही सुगमता त पाउनै पर्छ । त्यो बेला र यो बेला, त्यतिखेर र यतिखेरको तुलना गरौ र आकाश पातलको फरक नभए पनि केही न केही त परिवर्तन हुनै पर्छ । राजधानी-सदरमुकामका नेपाली नागरिक र बिकट कुना-काप्चाका नेपाली नागरिकको आयु बराबरी पार्नै पर्छ । किन कि, त्यो समय हाम्रो थिएन, हाम्रो बेला थिएन । अहिले र आज हाम्रो समय हो, हाम्रो बेला आएको छ ।

Thursday, July 23, 2009
माडिहुङ्री नै किन रोजे ?
बिहानीपख ह्वामा धुरिमा जब बालक उषा झुल्किन्छ तब जंकोटले दिल खोलेर मन्द हाँसो हाँस्दै घामको किरणलाई स्वागत गर्दछ । साँझ दल्किदै गएपछी छिप्पिएको सूर्यलाई थुर्पा धुरीसम्म सकुशल पुर्याएर फेरी नौलो बिहानीमा भेट्ने वाचा बाद्धै आशाको मीठो बिदाइ गरिदिन्छ । बिदाइ पछी धापाल डाँडाको शिरानी लगाइ माडिचौरको समतल मैदानसम्म खुट्टा पसारेर आनन्दको निन्द्रा सुत्छ मेरो जँकोट । दाँया कोखबाट माडिखोला र बायाँबाट हुङ्रिखोलाले उसैगरी शितलता दिइरहेका हुन्छन । पूर्वमा ह्वामा, पश्चिममा कोर्चवाङ र उत्तरमा भावाङ, दक्षिणबाट कोतगाउँको बिचमा अबस्थित मेरो जंकोटले निकै राम्रो र ब्यावहारिक मित्रता कायम गरेकोछ । पुर्बी-दक्षिण पल्लो पट्टि देखिने सदरमुकाम लिवाङको झिलिमिलीले आधुनिक शहर देख्ने रहर पुर्याइदिइरहेकेको हुन्छ ।
जंकोटलाई कोखमा राखेर माया गर्दै बग्ने ति माडी र हुङ्री जंकोटकै पाउँमा आएर आफ्नो एक्लो यात्रा सुखद मिलनमा टुङ्याउछन अनि एक भएर आफ्नो यात्रा जारी राख्छन । करीब दुई किलो मिटर तल गएर लिवाङ हुँदै आएको धाङ्सी खोलासँग अर्को सम्बन्ध गाँस्छन् । अझै बलियो र थप साहशिलो बन्दै खुङ्रिमा पुगेर पूर्वबाट आएको अर्को नदीसँग एउटा फरक नाताको स्थापना गर्छन् । त्यसपछी भने उनिहरुले आफ्नो आपसी सम्झौतामा आफुलाई राप्ती बनेर चिनाउदै लगातार बग्न थाल्छन् कहिल्यै र कतै पनि नरोकिने प्रण गर्दै ।
एउटा किम्बदन्ती छ, " परापुर्ब कालमा माडी र हुङ्रिको मुहान एउटै थियो । यिनिहरु दुई बहिनी थिए । माडी दिदी थिइन भने हुङ्री चाँही उनकी प्यारी बहिनी । एक अर्कासँग अत्यन्तै मिल्ने गर्दथे । उनिहरुको मित्रता देखेर माउसुलीलाइ निकै दाहा जागेर आएछ । एकदिन उसले दुई बहिनीको बिच फातो पार्ने जुक्ती सोचेछ । दुबैलाइ बोलाएर को अगाडि माडिचौर पुग्ने बाजी मार्न भनेछ । उनिहरुले माउसुलीको छत्तु चाल बुझेर बिस्तारै आ-आफ्नो बाटो सम्याउदै एकैचोटि माडिचौर पुग्ने र भेट हुने सल्लाह गरेछन् । त्यही अनुरुप उनिहरुले आ-आफ्नो यात्रा थालेछन् । तर बिच बाटोमा जादा जादै माउसुलीले बहिनी हुङ्रिलाई दिदी माडि त उनी भन्दा धेरै अघी नै पुगि सकिन भनेर कुरा लगाइदिएछ । हुङ्रिलाई पनि दिदिले साँच्चीकै धोका दिएको लागेर बाटो बनाउन छाडेर हाम्फाल्दै तिब्र बेगमा माडिचौर पुगेछिन् तर दिदी माडि त अझै आइपुगेकी छैनन् । धेरै बेर कुरे पछी बल्ल माडि आइपुगिन । माडिले सल्लाह बिपरित बहिनी अगाडि नै आइपुगेको देखेर निकै क्रोधित भइन् तर बहिनी हुङ्रिले सबै बेलिबिस्तार लगाइदिए पछी शान्त भइन् । अब कहिल्यै पनि अरुको कुरा सुनेर बिश्वासघात नगर्ने र दुई बहिनी कहिल्यै पनि नछुत्तिने वाचा कस्दै आफ्नो नतुङिने यात्रा थालेछन ।" त्यसैले, अहिलेसम्म पनि दिदी माडी शान्त, धैर्य र फराकिलो बगरसहित बहने गर्दछिन् भने बहिनी हुङ्री साँगुरो र छिन-छिनमै भेल आउने र केही बेरमै सङ्लो र चन्चल हुने गरेको विश्वाश गरिन्छ ।
माडि र हुङ्रि स्वच्छ प्रक्रिती हुन् । प्रक्रिती आँफैमा पवित्र गुरु हो । किम्बदन्ती आँफैमा एउटा ईतिहास र संस्क्रिती हो । माडि र हुङ्रिमा आत्माको बिसुद्ध मेल पनि छ । निस्वार्थी भावना हुनु आँफैमा उच्च कोटिको ब्यवहार हो । छल-कपत, झाल-झेल र अरुको मिलापमा इर्स्यालु भावना राख्ने प्रबिती अझै पनि मानव मानसिकतामा बिद्यमान रोग हो, जुन हट्दै जानुको ठीक उल्तो झाङिदै गैरहेको पाउछौ । आज आपसी सहमति र सहकार्य आत्याबस्यक समयको माग नै हो । सम्झौता गर्दै अघी बद्नुको बिकल्प कही पनि छैन । समय र परिस्थिती अनुकुल आफुलाई दाल्न नसके त्यसै बिलिन भएर जाने निस्चित हो । यसर्थ, उत्तम उपायको खोजी गर्दै यात्रा जारी राख्नु आँफैमा चुनौती र जोखिम मोल्नु हो । गन्तब्य एउटै र एकै ठाउँमा मात्र निश्चित हुन्छ भन्ने पनि हुँदैन बरु सिमीत धायरा भन्दा बाहिरसम्म पुग्न अनगिन्ती बगरका घुम्तिहरु छिचोल्न सक्नु पर्छ । गन्तब्य यात्रामा भेटिने अनेक बिचारक लाग्ने बतुवाका थुप्रै भ्रम चिर्न सक्नु अर्को अप्ठ्यारो हो । मलाई लाग्छ, माडि र हुङ्रिको प्रचलित किम्बदन्तिबाट हामी धेरै कुरा सिक्न सक्छौ । तुलना गरेर हेर्यौ भने हामी आफ्नो जीवन पनि त्यही बगरमा कल्कलाउदै र सुसाउदै बगिरहेको अनुभव गर्छौ । नदी जस्तै उसै गरी अनन्त यात्रामा बहिरहेको पाउछौ । हामी बसेको समाज बुझ्न र सिक्न पनि माडि र हुङ्रिले धेरै मार्गदर्शन गर्नेछ । कहिले माडि बन्नु त कहिले हुङ्री बन्नु मानवस्वभाव हो । माउसुलीको गुण हुनु अर्को तिरिस्क्रित रुप हो । मैले पनि यहाँ माउसुलीलाइ तिरस्कार गरेर याथार्थ जीवनमा पनि माउसुली रुपी मान्छेहरुलाई घ्रिना गर्ने जमर्को गर्न खोजेको हुँ । माडि र हुङ्री पक्कै पनि मेरो आदर्श बनेकै हुन् । माडि र हुङ्रीको बिगत मात्र मेरो प्यारो भएको होइन बरु वास्तबिक मेरो जीवनमा पनि गाडा साईनो जोडिएको भएर नै मैले 'मादिहुङ्री' नाम रोज्नु उचित ठानेको हुँ ।

Wednesday, July 22, 2009
किन लेख्न थालेँ ब्लग ?
आजको यो ईन्टरनेटको दुनियाँमा ब्लग नयाँ र नौलो कुरा होइन तर मेरो लागि भने निस्चित रुपमा नयाँ हो । म कुनै ठुलो उदेश्य लिएर ब्लग बनाउन सोचेको पनि होइन । कहिले काही नेपालमै नाम चलेका र समाजमा आफ्नै बिशिस्त पहिचान बनाएका पारीचित नामहरुको ब्लग पनि चियाउने गर्दथे त कहिले काही अपरिचित मित्रहरुको ब्लगमा पनि सुटुक्क पसेर केही आफ्न मनमा लागेका प्रतिकृयाहरु पनि छाड्ने गर्दथे । बिभिन्न लेखक र सर्जकहरुका लेख रचनाहरु पढेर आफुलाई केही भन्न मन लाग्थ्यो तर भित्रैबाट जती नै भन्न सोचे पनि बाहिर भने शब्दमा त्यती राम्ररी खुलेर तर्क दिन नसक्दा अली आत्मग्लानी हुन्थ्यो ।
स्कुले जीवनमा मैले खुब लेख्ने प्रयास गर्थे । जती माथि उक्लिदै गरे त्यती त्यो म भित्रको कला मौलाउदै जानु पर्ने तर त्यसो भएन । लेखनमा म झन झन छिप्पिदै जानुको सत्ता बदी गुम्सिदै र सन्कुचित हुँदै गएँ । बाल्यकालमा गीत लेख्न खुब प्रयास गर्थे तर ज्ञानको कमी र समाजलाई बुझ्ने सानो कोणले गर्दा एक दुई लाइन लेखेर अलपत्र फ्याक्थे । युद्ध चर्किदै गैरहेको थियो जसले गर्दा गाउँमा पढ्ने बातावरण बिथोलिदै थियो । म पढ्न भनेर सानी भातिजीसंगै दाङ झरे र भर्खरै खुलेको जीप्समा भर्ना भएँ । साहित्यकार श्रिधर पौडेल नेपाली शिक्षक हुनुहुन्थ्यो त्यहाँ । उहाँले सधै साहित्य र साहित्यकारका कुरा सुनाएर प्रोत्साहित गर्नु हुन्थ्यो । पछी गजलकार एवम समालोचक टिकाराम उदासी पनि 'पार्ट टाईम' शिक्षक भएर आउनुभयो । उहाँहरु दुबैले जिल्ला, देश र अन्तरराष्ट्रिय स्तरमा भैरहेको उतारचदावहरुको बारेमा अप्डेट गर्नुहुन्थ्यो । मैले पनि जिल्लामै प्रकाशित प्रतिकाहरु नयाँ युगबोध दैनिक, गाउँघर साप्ताहिक, काठमाडौंबाट जाने कान्तिपुर र अन्य बिभिन्न पत्रिकाहरु पढ्ने गर्थे । जतिबेला र जहिले भेट्दा पनि केही लेख्न र देखाउन भन्नु हुन्थ्यो । मैले भने पूर्ण सन्तोष नहुँदा सम्म केही देखाउन चाहिन । जती सोचेर लेखे पनि, लेखिसकेर हेर्दा केही न केही अपुग भए झै लाग्थ्यो । त्यसैले म देखाउन र छपाउन अघि सर्दै सरिन । उहाँहरुले लगातार प्रोत्साहन दिइरहनु भयो तर मैले स्कुलभित्र भएको प्रतियोगिता जित्नु र केही जिल्ला स्तरीय विभिन्न प्रतिस्पर्धाहरुमा भाग लिनु बाहेक त्यस्तो उल्लेखनीय केही गर्न सकिन । त्यसको वाबजुद म भित्रको साहित्यिक स्रस्ता निकै तेज गतिमा नै अघी बदी रहेको थियो । एस.एल.सी को तयारीमा लाग्नु पर्ने भएकोले यि सब गर्न पूर्ण रुपमा बन्द गरिदिए । ११ मा पद्ढै गर्दा कलेजमै भएको निबन्ध प्रतियोगितामा मेरो निबन्धले पहिलो पुरुस्कार जित्यो । कस्तो सन्जोग परेछ भने, कलेजको प्रिन्सिपल के. पी. गुरुङ हुनुहुन्थ्यो र नेपाली शिक्षक चाँही गायिका लाक्षिमित राई । उहाँहरु दुबै साहित्य पारखी हुनुहुन्थ्यो र बारम्बार केही न केही लेख्न आग्रह गरिरहनु भयो । स्कुल देखी कलेज सम्म नै पुग्दा सबैले मैले लेखेको मन पराइदिनु भयो । साथीहरुबाट पनि उसैगरी हौसला पाउथे । तर वास्तविकता भने अलि भिन्नै थियो । म आँफै पनि त्यती जानकार थिएन कि शब्द संयोजन कसरी गर्ने हो, कथा, कबिता, निबन्ध, प्रबन्ध, गजल, उपन्यासका के कति नियम हुन्छन, हुन्नन् । मैले लेखेको साँच्ची राम्रो भएर मन पराइदिनु भयो या ओठे प्रसंसा मात्र गर्दिनु भएको होला । तर म खुशी नहुने कारण चाँही केही थिएन । म निकै खुशी हुन्थे ।
०५७ सालमा दाजुले (दधि बन्धु) एउटा कबिता संग्रह निकाल्नु भयो, 'जंकोट डाँडाका सुसेलीहरु' । दाजुले सधैं साहित्यिक कुरा गर्नु हुन्थ्यो र नयाँ नयाँ स्रिजना गर्न उक्साउनु हुन्थ्यो । उहाँको कबिता पढेर म उत्साहित त भएकै थिए, अझै प्रोत्साहित भए । कबितामा आफ्नो वास्तविकता र समाजको यथार्तता भएकोले बुझ्न केही गाह्रो भएन । "साहित्य नै हाम्रो जीवन उतार्ने ऐना हो" जस्तो भावना पलायो जसले गर्दा पनि साहित्य बन्न नसकेको मेरो लेखनमा थप बल प्रदान गर्यो र सुन्दर साहित्य प्रति झनै झुकाव बदेर जानु अस्वभाविक पनि थिएन । त्यसै बेला जिल्लामा चर्चित साहित्यकारहरु नबिन बिभास, उदय जी. एम., टिकाराम उदासी लगायत सँग राम्रो चिनजान भयो । बामपन्थी साहित्यकार नारायण प्रसाद् शर्मा जस्तो एक अग्रज हाम्रो घरमै आएर दाजुलाई आँफै बधाई दिन आउनुभयो । प्रत्यक्ष्य रुपमा भेट नभए पनि सुशिल गौतम, अमर गिरी, पुरुसोतम खनाल, के.एल. पीडितलगायतलाई चिन्ने र गोस्ठीमा सहभागि बन्ने मौका मिल्यो ।
यि र यस्ता सामान्य लाग्ने घटनाले नै मलाई कुनै दिन राम्रो साहित्यकार बन्छु भन्ने भावना म भित्र जाग्रित गरायो साथै बलियो आत्मबिश्वास पनि जगायो । नेपाली साहित्यमा केही गर्छु भन्ने भावना त मनमा आयो तर साधना गर्दै उदाउदै जानुको बिपरित म त ओझेल पो पर्दै गएछु । धेरै पछी टिकाराम सर अन्लाईन भेटिनु भयो । एकछिन कुरा गर्यौ । उहाँको प्रश्नले अली गम्भिर बनायो । उहाँले सोध्नु भयो, " चन्द्र, अहिले त तिमीले लेख्न छाड्यौ होला है !" यो प्रश्न सँग झल्यास्स नबिन बिभास दाइलाई सम्झे । उहाँले पनि जहिले लेख्न नछाड्न र डायरी नतुताइ लेख्न भन्नु हुन्थ्यो । अब औपचारिकता निभाउन नै भए पनि उत्तर दिए, "सर, पहिलेको जस्तो चाँही लेख्दिन र सक्दिन पनि । यसो कहिले काही अली अली प्रयास गर्छु ।" उहाँले चिनिया साहित्यको अध्ययन गर्न पनि सुझाउनु भयो । उहाँ हाम्रो क्लासमा पहिलो पटक पसेको याद आयो । आफ्नो सामान्य परिचय पछी साहित्यमा क-कसलाई रुची छ र कस्लाई कथा-कबिता लेख्न आउछ भनेर सोध्नु भएको थियो । सबैले मेरो नाम लिए पछी मैले प्रतिवाद गरे । तर सरले भर्खर अर्को क्लासमा पनि यही प्रश्न गर्नु भएको रहेछ । त्यहाँ पनि मेरै नाम लिएका रहेछन । त्यसपछी टाउको निहुराएर बसेको थिए । फेसबुकमा पनि धेरै अपरिचित मित्रहरु सँग च्याट गरे, धेरैले सोध्नुहुन्छ, मैले कुन बिधामा कलम चलाउछु रे ।? उहाँहरुले फेसबुकको 'स्त्याटस' पढेर अनुमान गर्नु हुदोरैछ । बिडम्बनाको कुरा त, न म मेरा आदरनीय गुरुहरुको असली अनुयायी नै बन्न सके न त मेरो दाइले देख्न चाहेको चर्चित साहित्यकार नै । म त सामान्य लेखक पनि हुन सकिन । मेरो लेखनको लागि जती चिन्ता अरुलाई छ, म स्वयमलाई त्यती छैन । उहाँहरुले मलाई सोच्नु भएको 'हुने बिरुवाको चिल्लो पात' आज खस्रो भएको सुन्दा कती नरमाइलो लाग्दो हो !? कती ठुलो आश गर्नु भएको थियो मबाट तर आफ्नै अघी फोस्रो रुप हिडिरहेको देख्दा कती निराश हुनुहुदो हो !?
त्यसैले मैले सक्दिन नभनी अन्तिम क्ष्यन सम्म सम्भव भए जती लेख्ने प्रयास जारी राख्न ब्लग लेख्ने चुनौती मोले । ब्लग संसारमा धेरै अन्जान कुराहरु पक्कै पनि छन र होलान । र पनि, सिक्दै-जुद्धै भए पनि यो थालनी जारी राख्ने विश्वाश लिएकोछु । जसरी एउटा बच्चा जन्मदा लगभग अचेत नै जन्मिन्छ । बिस्तारै आँखाले वरीपरी चियाउन थाल्छ, जन्म दिने आमा चिन्न थाल्छ, तोते बोली बोल्दै र ताते-ताते गर्दै पाइला चाल्न सिक्छ । त्यसरी नै मैले मेरो ब्लग यात्रालाई लिएको छु । कती निरन्तर हुन्छु, हुँदैन तर यो सुरुवात भने कदापी नरोक्ने वाचा गर्न चाहन्छु भलै मैले महत्वपूर्ण र उपयोगी केही लेख्न नसुकुला ! त्यो भिन्नै कुरो । मैले आफ्नो बाल्यकाल लेखुला, गाउँ र साथीको याद गरुला, थोरै नै भए पनि देखेका-भोगेका कुनै सामाजिक टिकाटिप्पनी गर्ने प्रयत्न गरुला अर्थात सुनौलो भबिश्यको कल्पना सजाउला.. यसलाई अन्यथा पक्कै पनि लिउनु हुन्न किन कि म स्वतन्त्र छु सिक्नलाई । स्वतन्त्रतामै जीवन बदी स्रिजिनशिल हुन्छ भन्ने मान्यता राख्छु मैले । तसर्थ, रचनात्मक आलोचना सुन्ने धैर्यता कहिल्यै गुमाउने छैन । यही गल्ती गर्छु, यही सिक्छु, यही सुध्रिन्छु, बन्न सक्ने जती राम्रो यही नै बन्छु । मलाई लेखेर ठुलो साहित्यकार बन्नु छैन, बरु मैले केही लेख्दैमा खुशी मान्नु हुने सम्पूर्ण महानुभावहरुको मुहारमा खुशी छाएको हेर्न चाहन्छु । हो, मेरो ठुलो स्वार्थ भनेकै त्यती हो, खुशी उहाँहरुकै । जरुर सोध्नु हुनेछ फेरी फेरी । अनि मैले उत्तर फर्काउनेछु, "कृपया, नमिलेका र नराम्रा शब्द र वाक्य नै भए पनि मेरो ब्लग हेर्ने कष्ट गर्नु होला, किन कि तपाईंले हेर्दिनै पर्छ । तपाईंकै प्रोत्साहनको प्रतिफल हो यो ।"

Tuesday, July 21, 2009
दुई जन्म र दुई न्वारन
आज श्रावन ६, म निकै खुशी छु । आज मेरो ब्लगको जन्म भयो, आज नै न्वारन पनि गरे यो ईन्टरनेटको संसारमा । मैले ब्लगको सुरुवात गर्ने दिन आज नै उचित ठाने किन कि हाम्रो घरमा आज अर्को न्वारन पनि भैरहेकोछ र परिवारमा खुशीयाली छाईरहेकोछ । कान्छी दिदीको कोखबाट अस्ति आषाढ ३१ गत्तेको (जुलाई 15) दिन भान्जिको जन्म भएको थियो । आज उनैको न्वारन संगै मेरो ब्लगको पनि न्वारनको साइत जुराउन मन लाग्यो, त्यसैले यही दिन कुरेर बसे । नयाँ दुई यात्रीको फरक यात्रा अनबरत अगाडि बदिरहने आशा र कामना गर्दछु । अनि अर्को हर्षको कुरा, म पनि उनिहरु सँग संगै सधैं भरि साथै रहने अपेक्षा लिएकोछु । सुरु भईसकेकोछ हाम्रो अनन्त यात्रा । अब हामी नथाकेर अघि बदिरहनु पर्दछ, निरन्तर-निरन्तर....
Subscribe to:
Posts (Atom)