Thursday, April 15, 2010

नयाँ बर्ष तिमी

चैत्रको पालुवा र कोकिलको स्वरसँगै
बिदा माग्दैछ यो साल पनि
बिदाइकै सजावटमा स्वागत थाप्दै
आउँदैछ मुस्कुराउदै नयाँ बर्ष फेरी ।

बुदो बर्षको बदलामा शिशु बर्ष आइरहे
पाहुना र बाह्र महिनाका रुप बनेर
धेरैले बिगारे, थोरैले मात्र सिर्जाइछाडे
कोही हाँस्दै गए तर कसैले झन रुवाएर ।

आयौ नयाँ बर्ष उमङ लिइ तिमी फेरी
दुखी नेपालीको नयाँ आश बनिकन
हसाएर जानु अन्तिममा जादाखेरी
सबैका सारा चाहना मेटाइकन ।

पहिलेका कमजोरीहरु पनि पुरै भर्न
तिमी बदी नविनता ल्याइ आउनुपर्छ
करोडौको मनमा सधैं बाँचिरहन
बर्षैभरी प्रगती र सफलटा बाँडिरहनुपर्छ ।

विश्वाश लिएर आउ ए! आउने बर्ष
अध्यारोमा सहि बाटो पहिल्याइदिनलाई
अधुरो होइन जगाउन आउ नौलो आश
चोखो मनको बधाई र बिदाइ पाउनलाई ।

2058-12-30

घोराही, दाङ
(नेपाली माटोलाइ आबश्यक र सुहाउदो नयाँ दिनको पर्खाइमा ।)
नयाँ बर्षको उपलक्ष्यमा उपहार स्वरुप सम्पूर्ण मित्रहरुमा मेरो पुरानो कबिता साट्दै नयाँ बर्षको शुभकामना बाड्न चाहन्छु । यो मेरो पुरानो डायरीबाट लिएको हुँ ।

No comments:

Post a Comment