Saturday, April 24, 2010

तेरो-मेरो होइन बिन्ती!


बुद्धको सन्तान हामी शान्त जीवन बाँचौ ।
संसारकै अग्लो शिर सधैं उच्च राखौं ।

मधेशमा बस्यौ हामी भयौ मधेशी
पहाडमा जन्म्यौ हामी भयौ पहाडी
पूर्व-पश्चिम हुर्केका छौ कोही हिमाली
कालोगोरो बर्ण हाम्रो सबै नेपाली ।

कुमार्गलाई आजै त्यागी सुमार्गमा लागौ ।
कुबुद्धिलाई आजै छाडि सुबुद्धिले सोचौ ।

एउटा हाँस्दा सबै हाँस्ने हाम्रो चोखो मन
मिलिजुली बस्ने हाम्रो आफ्नै नेपालीपन
फरक भेषभुषा हाम्रो जात नेपाली
वीरहरु गाउछौ शान्ती झण्डा उचाली ।

परिश्रमी पाखुरीलाई सिर्जनामा लगाऔ ।
पसिनाले माटो सिची देशमै कमल फुलाऔ ।

दिदीको आसुँ बग्दा बहिनीले पुछ्नुपर्छ
भाइको चोट दाइलाई पनि बराबर दुख्नुपर्छ
चारै दिशा हिंड्न छाडि एउटै पाइला चालौं
तेरो-मेरो होइन बिन्ती! हाम्रो नेपाल भनौं ।

बुद्धको सन्तान हामी शान्त जीवन बाँचौ ।
संसारकै अग्लो शिर सधैं उच्च राखौं ।
17 April,’10

1 comment: