Thursday, April 15, 2010

तितो सत्य

तितो सत्य भन्न म बिबश छु है मेरी छोरी ।
आँखाभरी आसुँ तिमी नबगाउ है प्यारी छोरी ।

तिमी खेल्ने काख आज अचानक अलप हुँदा
तिमीलाई चुम्ने ओठ एकाएक बिलाई जाँदा
विश्वाश गर्न गाह्रो होला कसरी यो हुन्छ भनी
तितो सत्य भन्न म बिबश छु है मेरी छोरी ।

लुकाएर लुक्ने थिएन साँचो कुरा धेरै दिन
जसलाई धेरै चाहन्थ्यौ उही छाडि जाने किन
धेरैबेर रोइरह्यौ रे दु:खद खबर सुनेपछी
आँखाभरी आसुँ तिमी नबगाउ है प्यारी छोरी ।

बालक मन रुदा मुटु छिया छिया हुन्छ छोरी
आँखाभरी आसुँ तिमी नबगाउ है प्यारी छोरी
तितो सत्य भन्न म बिबश छु है मेरी छोरी ।
08 April,’10

No comments:

Post a Comment