२००९ सालको यो साँझमा यस बर्षका लागि सम्भवत: अन्तिम शब्दहरु लेख्दैछु । हरेक एक एक बर्षमा यसै गरी पुरानो बर्षलाई बिदा गर्छौ र नयाँ बर्षलाई स्वागत गर्ने गर्छौ । अर्को बर्ष यतिबेला, अहिलेको यो हाम्रो नयाँ बर्ष पुरानो अर्थात बुदो बर्ष बनेर बिदा भैरहेको हुनेछ भने हामी फेरी अर्को नयाँ बर्षलाई स्वागत गर्न निकै उत्साहका साथ यसै गरी कुरिरहेका हुँनेछौ । एउटा नयाँ बर्ष आउछ, एक बर्ष पछी पुरानो भएर जान्छ । फेरी अर्को आउछ, त्यसै गरी बित्छ, जान्छ । हामीलाई कहिले काही १२ महिना कताउन निकै हम्मे हम्मे पर्ने गर्दछ त, कहिले ३६५ दिन बितेको पत्ता नै पाउदैनौ । कसैलाई लामो कसैलाई छोटो लाग्नु स्वाभिविक पनि हो तर हामीले बुझ्नु पनि पर्छ कि त्यो हाम्रो भ्रम मात्र हो । हाम्रो भोगाईको प्रतिबिम्ब हो । समय न चाडो घुम्छ, न सुस्त सुस्त नै । समयलाई न कुनै नियमले बाधेको हुन्छ, न त कुनै बाध्यताले नै । समय आफ्नै चालमा हिडिरहन्छ, त्यसको चाल र अवधी बुझेर हामीले चल्न सक्नु नै समयको सहि उपयोग हो । यसको अर्थ नै जीवन बुझ्नु हो । समय र जीवन दुबैको महत्व बुझ्नु हो । हाम्रो एक बर्षको लेखाजोख पनि त्यसैले निर्धारण गर्ने हो ।
मलाई एक बर्षको सम्पूर्ण घटना फर्केर हेर्न मन लागेको थियो । आत्ममुल्याङ्कन गरेर प्रत्येक घटना र परिघटनालाई समिक्षा गर्ने चाहना थियो तर मेरो परीक्षा नजिकै आइसकेकाले चाहेर पनि सकिन । कुनै दिन साईत जुराएर अबश्य गर्ने नै छु । केही कुरामा आँफैलाई बदल्नु पर्ने र सुधार्नु पर्ने महशुस गरेकोछु, ति सब यही बर्षसँगै प्रयत्न गर्नेछु । केही उपलब्धी पनि छन, जसबाट प्रोत्साहन त लिने नै छु साथै निरन्तरता पनि दिने नै छु । धेरै घटनाहरु अबिस्मरनीय पनि छन, तिनिहरुलाई मैले चाहेर पनि भुल्न सक्दैन र भुल्नु पनि हुँदैन । ति चाहे दुख्ने हुन, चाहे शुभ्ने नै । तिता र मिठा क्षणहरुले नै एउता पूर्ण जीवन बनाउछन् । तिनैले नै हामीलाई नौलो र फरक दँगले बाँच्न सिकाउछन् । लर्बराएका पाइलाहरुमा द्रिद रहन आत्मबल प्रदान गर्छन् । जीवन अनुभव हो, अनुभुती हो । जीवन समय पनि हो । हामीसँग छोटो जीवन र थोरै समय मात्र हुन्छ । तसर्थ, यही थोरै समयमा धेरै गर्नका लागि समयमाथि आफुले चाहे अनुसार अधिकार जमाउनु सक्नु पर्दछ । शायद, त्यो नै प्रगती हो, साँचो खुशी हो । वास्तविक सफलता हो, अशली सुख हो ।
नयाँ बर्ष आउँदैमा कुनै असम्भवलाई सम्भव बनाउने जादु पक्कै पनि हुँदैन । नराम्रोलाई राम्रो र राम्रोलाई झनै राम्रो बनाउछ भन्ने पनि होइन । कुनै नयाँ पाइला चाल्न नयाँ बर्षको साइत कुर्नु किमार्थ सहि होइन । अशल र लगनशीललाई नयाँ शुरुवात गर्न जतिखेर पनि शुभ साइत नै हो । बरु जादुगर बन्न, आफ्नो भाग्यको पूजारी बन्न, सकरात्मक सोचको बिकास गर्न र नयाँ योजना बुन्न केही उर्जा भने अबश्य पनि पाउन सक्छौ । नयाँ बर्षको जोशले फरक उमङ ल्याइदिन्छ, फरक उत्साह थपिदिन्छ, फरक बातावरणको माहोल सिर्जना गरिदिन्छ । यसर्थ, हामी आत्मविश्वाश लिएर अगाडि बद्न आत्मबल निश्चित रुपमा पाउछौ नै । यही उपयुक्त अवसरमा सम्पूर्ण मित्रहरुको बर्ष निकै फलदायी बनोस् भन्ने मेरो हृदयदेखिको चाहना छ । स्वास्थ्यले साथ कहिल्यै नछोडोस । बिग्रिएको पाङ्रा फेरी गूड्न थालोस । गतिहिन बन्न लागेको यात्राले द्रुतगति लिवस् । नयाँ नयाँ योजना जन्मिरहुन । सधैं आशा, उमङ र खुशीले छाईरहोस् । जित, प्रगती र सफलताले अँगालिरहोस् । सोचेका सारा सपना साकार बनुन् । नयाँ बर्षको दिन मात्र नभएर पल पलमा नयाँ शुरुवातको थालनी हवस् । हाम्रो देशमा छित्तै शान्ती छावस् । चाडै सुन्दर शान्त सम्रिद्द नेपाल देख्न पाइयोस् । हाम्रो भविश्य फलोस फुलोस । नयाँ बर्ष २०१०AD को अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई मेरो यही शुभकामना छ ।
बिदा २००९ ! स्वागत २०१० !
Happy New Year 2010 !!!
Thursday, December 31, 2009
Subscribe to:
Post Comments (Atom)
timilai ni new year ko suvakamana
ReplyDeleteThank you! Wish you and all the readers of this blog a very Happy New Year 2010!
ReplyDeleteThank u Narendra n Basanta dai for ur wishes..
ReplyDeleteonce again Happy New Year !!!
Eyes r filled with pond of tear
ReplyDeleteMind is filled with unknown fear
Heart is paining hard 2 bear
In this condition
How can say u
HAPPY NEW YEAR
Yatri g, we ought to make the things simpler than complication.. we need to have faith on ourself.. hope, smiles n happiness are really important to share in spite of our sorrows inside .
ReplyDeleteHappy New Year !!!
Chandra Zee लगायत यहाको परिवारमा तथा यस ब्लग भिजिट गर्नु हुनेहरु सबैमा नव बर्ष २०१० को उपलक्ष्यमा सु-स्वास्थ्य , दिर्घायु तथा उतार उतार प्रगतिको कामना गर्दछु | धन्यबाद !!
ReplyDeleteधन्यवाद बेद जी ।
ReplyDeleteतपाईंको पनि सोही कामना गर्न चाहन्छु ।
Happy New Year ! Cheers !!!
Chandra bhai i liked y'r blog though hvn't completed reading all the articles, ghajals, daily notes.....due to the time factor, but where ever i completed, heart touching, reality of life, live story...best...keep up this y'r effort.Good luck.
ReplyDeletePurna sir,
ReplyDeletethank u for visiting my blog n going through some of my articles.. expecting same in the forthcoming days too .. hoping to get ur more comments to improve n inspire myself..u know it really works !!!
Some writers depend on fiction, but your blog is decorated with real experience & experiments of life. I think here comes the truth that next side of life is struggle.
ReplyDeleteChandra juwai, however I completed your blog as I can. Really, it's wonderful and mind blowing.I respect your memory power and creation. In coming days, I will try to catch online.
ReplyDeleteI will be pun.bimal@yahoo.com
Punra sir, writer is too heavy word to owe though i ll love it.. wat iam trying to do in my blog is just like a 'Chautari gafff'
ReplyDeletesir.. as u said, life is an experience on itself.. so i want to experiment sth diff in my life.. at least for myself. i think its very simple that everyone can think but.. also its very hard that only few can do... making a life meaningful is really a big thing.
Namaskar hai Bimal jethan.. nice to see u here.. i will add you in messenger so that we can talk there..
ReplyDeleten thanx alot for ur compliments !!!
maile pani timro yo blog ko kehi lekh ani kabita haru padhne mauka paye. jaha samma mero lato dimag le payo, hridaya sparsi ani yethartha adharit nai payo...khusi lagyo ki timile lekhnu chhodeko rahenachhau ani garba pani ki ma timro colege ko sathi ho vanera...la ta, ajhai ramro ramro lekhdai jau hai ta chandra...sarai dhilai vaye pani barsa 2010 AD ko subhakamana....
ReplyDeleteमिलन, तिम्रो कमेन्ट पढ्न पाएर निकै खुशी लाग्यो । हामी साथी हुनुमा गर्व त गर्नैपर्छ । त्यो त, म भन्दा तिमीले बदी गर्व गरौला वा मैले तिमी भन्दा बदी गर्व गरौला । साथी साईनो आँफैमा साह्रै गहिरो अर्थ बोकेको हुन्छ । हामी कलेजमा साथी थियौ, सधैं साथी नै रहनेछौ । हाम्रो सम्बन्ध कहाँ सजिलै भुल्न सकिन्छ र ! त्यो भन्नु त हामीले कलेजको हाम्रा अती नै सुन्दर दिनहरु बिर्सिनु पो हो त । हामी जतिसुकै टाढा रहे पनि आत्मियता नजिक नै रहनेछ । तिमी जे छौ र जसरी छौ, तिम्रो प्रगती र सफलताको सधैं कामना गरिरहेको हुनेछु । कमेन्टका लागि धेरै धेरै धन्यवाद है ।
ReplyDelete