Thursday, December 3, 2009

गाउँ बदल्छु भन्ने ऊ
आज शहर पस्यो
न्याय गर्छु भन्ने ऊ
नबोलिकन बस्यो ।

मुक्ति कि मृत्‍यु भन्ने ऊ
कायरसँग झुक्यो
सबैको लागि बोल्ने ऊ
भुस्याहा कुकुर झै भुक्यो ।

एकै बर्ग भन्ने ऊ
धनी बन्ने सोच्यो
समाज फेर्छु भन्ने ऊ
आफ्नै जीवन रोज्यो ।

अरुको लागि रुने ऊ
आज आँफैले घोच्यो
सधैं साथै भन्ने ऊ
अहिले भित्रै लुक्यो ।

स्वतन्त्रता माग्ने ऊ
छिनमै मन फेर्यो
संसार जित्छु भन्ने ऊ
आज आँफैसँग हार्यो ।

जन आस्था मान्ने ऊ
सजिलै कुर्चिमा दोग्यो
अधिकार दिन्छु भन्ने ऊ
उसैले पो खोस्यो ।
29 Nov,09

No comments:

Post a Comment