Tuesday, December 22, 2009

भुल्दै नभुल्नु

आशुँ देखी हतारमा बिश्वास नगर्नु
नाता भनी आफ्नोको भर नपर्नु
एकदिन जिती सधैलाई बचन नहार्नु
देउता ठानी जीवनको कसम नखानु ।

सङत भन्दै बैगुणीको साथ नलाग्नु
सज्जन पार्न पापीलाई मन नदिनु
शरण दिदै उसैको हरण नपर्नु
दया गर्न अन्जानको ब्यथा नसोध्नु ।

हारें भनी कहिल्यै हरेश नखानु
जितें भनी कसैलाई ठेस नलाउनु
बर पाउन दुङामा दान नगर्नु
नामी बन्न कसैको पाउ नमोल्नु ।

प्यास मेत्न धमिलो पानी नपिउनु
रगत देखी बिना घाउ कठै ! नभन्नु
बिचरा ! भन्दै सर्पको दाह्रा नछुनु
हरियो भन्दै बनमारा झार नरोप्नु ।

शान्ति पाउन अर्कैको सुख नछिन्नु
पशु सम्झि आत्मालाई घृणा नगर्नु
चिनजान गर्न माग्नेको समय नलिनु
झिलीमिली छिमेकीको आखाँ नहेर्नु ।

थोरै मागे धेरै दिन कन्जुस नगर्नु
चाप्लुसीले भजन गाए जालमा नफस्नु
रुप मिल्ने साथी सम्झि जम्मै मुटु नदिनु
स्वार्थीको सहारामा एकै पाईला नहिड्नु ।

ज्ञानी बन्न अज्ञानताको चाल नचाल्नु
आकाश ठाम्ने हुतित्याउको भ्रम नपाल्नु
सराप छल्न लक्ष्मणरेखा नाघ्दै ननाघ्नु
आफु हिड्ने सत्य बाटो भुल्दै नभुल्नु ।
02 Dec, 09

No comments:

Post a Comment