सर्पलाई
जती नै दया गर
चोखो दुध पिलाउ
तर
एकदिन जरुर
आफ्नो दन्ते-बिष
फ्याकेरै छाड्छ
डस्छ, डसेरै जान्छ ।
माकुरा
आँफै जालो बुन्छ
संसार देखेर दंग हुन्छ
बिचरा !
त्रिप्त समागम नै अभिशाप बन्छ
मातृ दायित्वकै कारण
मातृत्वकै चाहनाले
सर्वस्व ठानेको सन्तानबाट
जीवन सजाय भोग्न वाध्य हुन्छ ।
मान्छेलाई
गर्नु विश्वाश गर
उसको चिसो भगाईदिन
आफ्नै हात खुट्टा जोरेर
अगेनाको न्यानोले सेकाउ
तर
भर्खरको भर्खरै
अधिकांश मनुवाहरु
तातोले सेक्दा सेक्दै
तिम्रै मुटु-पसिना खोसेर
भोक-प्यास मेट्न खोज्छन्
केही मनुवाहरु
भोली सबेरैदेखी
मुखमा राम राम
बगलीमा छुरी हुन्छन्
ति निर्लज्जहरु, ति बैगुणीहरु
ति मान्छे भनिने अमान्छेहरु ।
मैले, कहिले काही
अमिलो अमिलो मन लिएर
धमिलो धमिलो आत्माहरु भित्र
मान्छेले मान्छे भएर खोज्दा
आँफैले आँफैलाई भेट्दिनँ
वा, 'म मान्छे हुँ' भन्ने नै बिर्सन्छु !?
र, यो घोषणा गर्न पुग्छु
म बिषालु सर्प होईन
म अबिबेकी माकुरा पनि होईन
म ठोकुवा नै गर्न सक्छु
म कदापी हुँदै होईन
तर
यो ठोकुवा कहिल्यै गर्न सकिनँ
गुण, धर्म र दायित्व बिर्सिने
बिचलित आचरन बोकेको
सुन्दर आबरण ओडेको
म बिबेकशील जन्तु हुँ ।
म सर्वश्रेष्ठ मान्छे हुँ ।
20 Aug,'10
Saturday, August 21, 2010
Subscribe to:
Post Comments (Atom)
यो कस्तो विचलन हो कुन्नि ? आफै भित्रको तरंगलाइ हल्लाई दिने !
ReplyDeleteतपाइँ झुट हुनु हुन्छ भन्ने दोष थुपारिन !
उदाहारर्णथ प्रस्तुत गरिएका कुराहरु कति अकाट्य छ .... अनि प्रस्तुती नि उच्च लाग्यो !
धन्यबाद Chandra जी !!
Bednath jee,
ReplyDeleteThank you for your appreciation n support. I think these are the negative parts in our life which are happening around us, and i call them Bitter Reality !
http://www.facebook.com/note.php?note_id=422203201443
ReplyDelete