मलाई पनि लागेको थिएन तर बिभिन्न कारण बस म अली लामो समय नै ब्लगबाट टाढा भएछु । अब दुई महिना भन्दा बदी समय पछी फेरी ब्लग लेखनमा फर्किने प्रयासमा छु । यो लामो बिछोडलाई बिर्सिएर पुनर्मिलनको जमर्को गरिरहेको छु ।
जंकोट-४, रोल्पा, मेरो प्यारो जन्मस्थल । बुवा मैसर घर्ती र आमा मनमाया 'बुढा' घर्ती मगर । उहाँहरु नै हुनुहुन्छ मेरो भगवान, जसले मलाई आफ्नो न्यानो कोखमा जन्म दिनुभयो र यस पुण्य धर्तिमा एउटा जीवन बाँच्ने सौभाग्य दिनुभयो । जेठी दिदी लील कुमारी 'घर्ती' पुन, जेठा दाजु दधिबन्धु घर्ती । माईला दाजु थिर बहादुर घर्ती र कान्छी दिदी उमिरमाला घर्ती 'जमुना' । उहाँहरुकै माया र ममतामयी अँगालोमा लुट्पुतिदै खेल्दै हुर्किएर अहिले २८ बसन्त पार गरिसकेछु ।
प्रा.बि. जंकोटबाट अ,आ सिक्न थालें, त्यहिबाट ५ कक्षासम्म पढें । बाल उदय मा.बि. माडिचौर, रोल्पा हुँदै जीप्स 'GIPSS' दाङबाट एस.एल.सी. सम्मको पढाई सकाएँ । ललितपुर स्थित आइन्स्टाइन एकेडेमीबाट बिज्ञान संकायमा +२ पुरा गर्दै चिकित्सा बिज्ञानको अध्ययन गर्न चाइनाको शान्दोङ प्रान्त पुगें । अहिले नेपालमा आफ्नो पेशा र साहित्यिक अभ्यासलाई सँगसङै अगाडि बदाउने जमर्को गरिरहेको छु ।
No comments:
Post a Comment