Friday, September 7, 2012

जनवरी '१२


- यो मेरो सपना हो कि बिपना, अझै खुट्याउन सकेको छैन ।
03 January 2012

- Keeping a space!
04 January 2012

- Moving on the earth to reach the moon..
धर्तीमा जून खोज्ने म मान्छे ।
05 January 2012

- I know, I can win n win you but I fear a day when I’ve to be a loser and the only person who can defy me.
07 January 2012

- मैले धेरै माया गर्छु भनेर देखाउनलाई मैले अरु केही गर्न जानेकै छैन सिर्फ माया मात्र गर्न जानेको छु ।
09 January 2012

- भुकम्प सङै आएको सुनामीले घर डुब्दै र भत्किदै गैरहेको थियो । केही मान्छे आनन्दले पौडी खेल्दै रमाइरहेका थिए, केही त्रसित देखिन्थे भने म चाँही टुलुटुलु हेरिरहेको थिएँ ।
10 January 2012

- Iam impressed but not attracted to u!
11 January 2012

- Sometimes impression lacks and sometimes attraction. But, I must learn to fulfill both.
12 January 2012

- कुनै एउटा निश्चित ब्यक्ति, जाती, निती र धर्म प्रतिको अधिकतम विश्वाशले मान्छेलाई सिर्जनात्मक, अनुशासित र इमान्दार त अबश्य बनाउछ तर सँगसङै उसलाई संकुचित र अन्धभक्त बनाउने सम्भावना पनि उत्तिकै रहन्छ ।
13 January 2012

- पूर्बीय संस्कारले सुशोभित आधुनिक युवती मेरो सुहाग रातमा आउछिन ।
14 January 2012

- कमरेड!
हिजो युद्धका कथिन मोर्चाहरुमा सदैव सँगसङै लड्यौ र त, रुदा-रुदै हाँसेका थियौ, हाँस्दा-हाँस्दै रोएका पनि थियौ । तर, आज एउटा रुदा अर्को हाँस्ने र अर्को रुदा एउटा हाँस्ने गरेर लोक लज्जित भैरहदा मेरो पवित्र भुईमा उभिएर फेरी बकम्फुसे गफ र हाँसिमजाक गरेछौ ।
तिम्रो आगमनले मेरो रोल्पा न उत्साहित छ न त निराश नै, सिर्फ मौन छ । त्यो मौनता गतिहिनता होईन, बरु गतिशीलताको खोजी हो ।
January 15, 2012

- प्रेम बिनाको युद्ध क्रुर हुन्छ भने प्रेमले गरिएको युद्ध सुन्दर ।
16 January 2012

अती गरे पनि अत्याचार कहिल्यै नगर्नु ।
18 January 2012

- कोही बुवाले आफ्नै नावालक छोराछोरीलाई मध्यरातमा फकाउदै लगेर नदिमा फाल्छन्, कोही शिक्षक आफ्नै विद्यार्थीलाई सिकाउने बहना बनाई कोठामा बोलाएर बलात्कार गरी हत्या गर्छन्, कोही प्रेमी आफ्नै प्रेमिकालाई 'डेटिङ'मा षड्यन्त्रपुर्बक गोली हान्छन्, कोही पती आफ्नै श्रीमतीलाई टुक्रा-टुक्रा पारी लाश समेट गायव पार्ने दुस्साहस गर्छन् ।
धन्य!
म, न चाहे जस्तो आदर्श महापुरुष बन्न सकें, न त त्यस्तो निर्दयी र क्रुर नै ।
म पुरुष भएको नाताले मौनधारण गरिरहेछु, यतिबेला ।
20 January 2012

- Gentle and Bold.. not all the time, not everywhere!
25 January 2012

No comments:

Post a Comment