Tuesday, February 9, 2010

मेरो बुवा

समय छिटो हिड्यो कि, बुवा!
म नै ढिलो भएँ!?
सुई चाडो कुद्यो कि, बुवा!
पाईलाहरु सुस्त चालें!?

दु:ख गरी सुख दियौ
सन्तानलाई, बुवा ।
गरीबबाट धनी पार्यौ
परिवारलाई, बुवा ।
जिउभरी छोपिदियौ
नाङे-भाङ्रेलाई, बुवा ।
झुप्रोमा जन्म्यौ-हुर्क्यौ
हामी महलमा, बुवा ।
जन्मस्थललाई माया गर्यौ
देखायौ संसार, बुवा ।
काँडाहरु आँफै कुल्च्यौ
हामीले फूलमा, बुवा ।
तर आज बिधुवा पार्यौ
हाम्री आमालाई, बुवा ।
सहाराहिन बनाइ छाड्यौ
लालाबालालाई, बुवा ।
रुवावासी बनाइ गयौ
छिमेकीलाई, बुवा ।
अध्यारो र सुनसान पायौ
हाम्रै घरलाई, बुवा ।

सुखी परिवार दुखी भयौ
अचानकमै, बुवा ।
टुहुराको सन्तान टुहुरै बन्यौ
मान्छेको चोला, बुवा ।
बिपन्नबाट सम्पन्न भयौ
फेरी दरिद्र, बुवा ।
सबै-सबै चदाउन चाह्यौ
नमिल्ने रहेछ, बुवा ।
घरको धुरी-मुली गुमायौ
नफिर्ने गरी, बुवा ।
हेर्दा हेर्दै खरानी पायौ
आँखा सामु, बुवा ।
जताततै आशाले खोज्यौ
नभेटिने रैछ, बुवा ।
बुवा-बुवा चिच्याउदै भन्यौ
नपाईने साईनो, बुवा ।

साथमा हुन पाइँन म
प्रदेशी छोरो, बुवा ।
चाहेरै पनि योग्य भईनँ
बचाउनलाई, बुवा ।
आसुँ पुछ्न'नि भ्याएनँ
चाहदा चाहदै, बुवा ।
अन्तिम उपदेश'नि छुताए
आउँदा आउँदै, बुवा ।
अन्तिम बोली'नि सुनिनँ
अधुरै भो इच्छा, बुवा ।
मेरै हातले खुवाउन पाइँन
पानी माग्दा, बुवा ।
छेउमा सहारा हुन सकिनँ
अन्तिम क्षणमा, बुवा ।
सेवा गर्न लेखिनछु
सराप नदिनु, बुवा ।

कुनै कर्तब्य पुरा गरिनँ
सम्झेकैछु, बुवा ।
गुमाए पनि आदर्शलाई
आत्मा साक्षी, बुवा ।
सधैं मेरो भगवानलाई
पुजिराछु, बुवा ।
सेवा गर्न अर्को जुनी
कुरिराछु, बुवा ।
गह्रौ सबै बिडो पनि
ठामिराछु, बुवा ।
मुटु साह्रै पोले पनि
सहिराछु, बुवा ।
भित्र भित्रै दले पनि
सम्हालिराछु, बुवा ।
खुट्टाहरु लर्बराए पनि
हिडिराछु, बुवा ।

सपना साकार पार्नेछु
भुल्ने छैन, बुवा ।
मरेकालाई ब्युताउने आशिष
चुकाउने छैन, बुवा ।
रोएकालाई हसाउने अर्ती
बिर्सिने छैन, बुवा ।
जूनकिरी बनी अध्यारो चिर्छु
अल्मलिने छैन, बुवा ।
दियो बनी उज्यालो दिन्छु
निभ्ने छैन, बुवा ।

अप्ठ्यारोमा आत्मबल
थपिदिनु, बुवा ।
निराशालाई मनबाट
पन्छाइदिनु, बुवा ।
बिपत्तिमा काध सधै
थापिदिनु, बुवा ।
दोबाटोमा बाटोहरु
चिनाइदिनु, बुवा ।
दोधारमा अल्मलिदा
सम्झाइदिनु, बुवा ।
अद्रिश्यमै हामीलाई
हेरिरहनु, बुवा ।
प्रेरणा र आशिर्वाद
छरिरहनु, बुवा ।
सफलतामा स्वर्गैबाट
हाँसिदिनु, बुवा ।
शान्ती मिलिरहोस, बुवा ।
07 Feb,’10
(सबै परिवारलाई जुटाएर मात्र मेरो जन्मदिन मनाउने योजना बनाएको थिएँ । तर, बिडम्बना! मेरो चाहना पुरा नहुँदै बुवाले सधै सधैंका लागि आकस्मिक रुपमा हामीलाई छाडेर जानुभयो । बुवाको बाँच्ने इच्छा हुँदा हुँदै पनि नियतिले जबर्जस्ती उठाएर लग्यो । यस जन्ममा आफ्नो कर्तब्य केही निभाउनै पाइँन । बाहिर नदेखिने यो बेदनाले भित्र भित्रै निकै पोलिरहेको छ । तसर्थ, अर्को जुनीमा म मेरो बुवाको 'बुवा' को रुपमा जन्मिन पाउ र यस जन्मको भार थोरै भए पनि उतार्न सकू भन्ने मेरो जन्मदिनमा भगवानसँग एउटै कामना गरेकोछु ।)

5 comments:

  1. Really incredible indeed!
    Good Luck!

    ReplyDelete
  2. http://www.facebook.com/note.php?note_id=294954916443

    ReplyDelete
  3. धेरै धेरै रोए आज बेदनाको छाल देखी
    आधा संसार अध्यारो भो कालो पोहर साल देखि
    हामी मात्र होइनौ कान्छा सारा संसार टुहुरो छन
    एउटा कुरा भुल्नु हुन्न बुवाको सपना अधुरो छन


    मनभरिका पोकोहरु नफुकाएर जानुभयो
    जिबनभरी चिसो आँखा नसुकाएर लानुभयो
    हाम्रो माथि अड्रिस्स्य् भै सधैं सधैं छाउनुहुन्छ
    साच्चै अर्को जुनी भए हाम्रै कुलमा आउनुहुन्छ

    ReplyDelete
  4. Thank u Meena, for ur nice comments n gud wishes !

    ReplyDelete
  5. http://www.satakosahitya.blogspot.com/

    ReplyDelete