Wednesday, February 10, 2010

प्रश्नलाई प्रश्न

मायालु मन पनि, फेरी दुख्छ किन ?
पत्थर झै साह्रो मुटु, पग्लिन्छ किन ?

हिडिरहने पाइलाहरु, पनि थाक्छन किन ?
सुन्दर आँखाबाट, आसुँ बग्छन किन ?

बाहिर शान्त मन, टाढा उड्छ किन ?
खाली नै जानुछ, लोभ लाग्छ किन ?

चिताएकै पुर्याउने, सपना हुन्छ किन ?
बिचमै झस्केर, अधुरै रहन्छ किन ?

नदेखिने पिडाले, निकै पोल्छ किन ?
नजोडिने साइनोले, यती गाँस्छ किन ?

सधैं जित्नेले'नि, आखिर झुक्छ किन ?
नजिकको सुन्यतामा, निकै रुवाउछ किन ?

बाँच्दा-बाँच्दै जीवन, एकदिन दल्छ किन ?
जिउनलाई जन्मेर, मान्छे मर्छ किन ?
08 Feb,’10

4 comments:

  1. यसको भाव लाइ चाही मैले - माने ! निकै गहन ! यथार्थ रहेको छ ! प्रश्न लाइ प्रश्न मिठो र चोटिलो छ !
    अनि प्रश्न - प्रश्न कै लागि भएको छ ! धन्यबाद !

    ReplyDelete
  2. chandra jee ko rachanaa harumaa sachai rus bhijna thaeko chha. sarhai mitho sahitya paskanu hudo raichha dhanyabad chha yaha aai

    ReplyDelete
  3. बेद जी र मनु जी, दुबैजनाको टिप्पणीका लागि निकै आभारी छु । तपाईंहरु जस्ता साथीहरुको संगतले केही लेख्न सिक्ने कोशीसमा छु, भएका कमजोरिहरुलाई औल्याएर सुधार्ने र सिक्ने मौका दिनु हुनेछ भन्ने सोचेकोछु । धेरै धेरै धन्यवाद ।

    ReplyDelete
  4. http://www.facebook.com/note.php?note_id=297003521443

    ReplyDelete