Tuesday, January 26, 2010

गजल

बदलिन्छन मान्छेहरु, मौसम झै क्षणमै साथी
फरक मन फरक मुटु, सबैको किन साथी ?

बिहानीमा नौलो उषा, ल्याउने भन्थे डाँडामाथि
आज फेरी सुर्य ग्रहण, आँफै किन लाउछन साथी ।

हिजोका तिनै स्यालहरु, आज पनि अघी पछी
आफ्नै लाग्ने मान्छेहरु, खुट्टा किन तान्छन साथी ।

आश देखाइ दरिद्रलाई, बनिदिन्छन निकै जाती
आफु अग्लो हुनलाई, बुई किन चद्छन साथी ।

बिन्ती गर्छन् देखाउदै, रक्तमुछेल घायल छाती
एकैछिनलाई जादुगरको, चटक किन चोर्छन साथी ।

ज्ञानीले नै रेतिदिन्छन, चेतनाको नरम घाँटी
राम्रो मान्छे बन्छु भन्दै, छल किन गर्छन साथी ।

अध्यारोलाई चिर्न लाग्दा, निभाइदिन्छन सानो तुकी
उज्यालोको डरले हो कि, रातमै किन खेल्छन साथी ।

सज्जनहरु तल तल, दुर्जनहरु झन माथि
जताततै छक्कापन्जा, दाउ किन चाल्छन साथी ।

एकाध मान्छे भ्रम हुन कि, चलन यस्तो स्वार्थी
आफु खुशी छेपारा झै, रङ किन फेर्छन साथी ।

सन्चो पार्न आलो घाउमा, नुनचुक छर्केपछि
निर्दयीले फेरि पनि, भक्कानिएर किन रुन्छन साथी ।
03 June,'09

2 comments:

  1. आकाशमा पुगेपछि धरती बिर्सिइने हुन्छन् साथी
    अघि बढि सकेपछि फर्की हेर्ने कुन छन् साथी ?

    ReplyDelete
  2. यो संस्कार तोद्नलाई, बदौ हामी छाती खोली
    कही हुन्न भन्ने सोची, बस्नु हुन्न चुप्प साथी ।

    Ashesh g, thank u so much for ur wonderful lines !!!

    ReplyDelete