Monday, January 18, 2010

के हो त प्रेम ?

कोही भन्छन प्रेम, दुई मुटुको मेल हो ।
कोही भन्छन प्रेम, दुई मुटुको जेल हो ।।

कोही भन्छन प्रेम, चोखो मन हो ।
कोही भन्छन प्रेम, स्वार्थी पन हो ।।

कोही भन्छन प्रेम, एकै जात हो ।
कोही भन्छन प्रेम, घाटै घाट हो ।।

कोही भन्छन प्रेम, पुर्णेको जून हो ।
कोही भन्छन प्रेम, रङिन चुन हो ।।

कोही भन्छन प्रेम, भबिश्यको आश हो ।
कोही भन्छन प्रेम, बैँशको प्यास हो ।।

कोही भन्छन प्रेम, सङ्लो मुल हो ।
कोही भन्छन प्रेम, बल्झिराख्ने शुल हो ।।

कोही भन्छन प्रेम, सुगन्धित फूल हो ।
कोही भन्छन प्रेम, जीवनको भुल हो ।।

कोही भन्छन प्रेम, सुन्दर रुप हो ।
कोही भन्छन प्रेम, सुन्दर कुरुप हो ।।
18 Jan,'10

4 comments:

  1. वा गजब! प्रेम त सुन्दर हुन्छ तर मान्छेको भोगाइ अनुसार शायद माथिका सबै रुप पर्छन होला किनभने सबैले प्रेम मा सफलता प्राप्त गर्न सक्दैनन् :)

    ReplyDelete
  2. प्रत्येक ब्यक्ति प्रेम बिना बाँच्न सम्भव छैन । प्रेम सम्भवत: संसारमा सबैभन्दा बदी लेखिने शब्द पनि होला । तर आ-आफ्नो भोगाइ र बुझाई अनुसार प्रेमको परीभाषा फरक फरक हुने गर्दछ । मैले पनि त्यही उतार्ने प्रयास गरेको हुँ । आज पहिलो चोटि आफ्नो ब्लगमा प्रेम बारे लेखिएको कबिता पोस्ट गरे । शुरुमा नै तपाईंको 'गजवको कमेन्ट' पाएर मेरो प्रेम कबिता फुरुङ छ दिदी । धेरै धेरै धन्यवाद ।

    ReplyDelete
  3. प्रेम शायद सबैथोक हो। धेरै स्वरुपमा प्रकट हुनसक्छ यो, तर प्रेम यो संसारको एउटै सौन्दर्य हो। प्रेमविना यो संसार अझ कुरुप हुनेथियो।

    ReplyDelete
  4. बसन्त दाई,
    हो, शायद प्रेम सबैथोक भएर नै एउटै परीभाषा नभएको होला । सबैको आफ्नै किसिमको अर्थ छ प्रेमप्रति । अन्धाले हात्ती छामे जस्तो हैन दाई ? मुरी मुरी धन्यवाद कमेन्टको लागि ।

    ReplyDelete