स्वप्नदोष हो कि
कल्पदोष मेरो
वा दृष्टिदोष हो
जीवन पाउन कठिन
जिउन झन कठिन ।
एउटा सत्य नि दाइ
म मरेको दिन
दिदीले चुल्होचौको छाड्नुहुनेछ
वहिनीले एकदिन
पानी भर्न धारामा जानुपर्नेछैन
कान्छाले पनि एकदिन
स्कुल विदा पाउनेछन
तर, मलाई भन्नुस त दाइ
मेरो मृत्युपछी
मेरो लागि कुन ठाउँ खाँली छ ?
मेरो लाश राख्नलाई
धरतीको कुन भाग खाँली छ ?
अर्थात
हामीलाई फाल्न, गाड्न वा जलाउन
हाम्रो सुरुक्षित जमिन कहाँनिर छ ?
भन्नुस त मेरो दाइ
पृथ्वी हाम्रो साझा स्थल होइन र ?
मर्नु त छदैछ अबश्य
तर पनि वाँचुन्जेल किन
यि सत्यहरु सत्य हुँदैनन !?
जिउदो छदै चिंहान खोज्नु पर्ने
खोजेर पनि नभेटिने
हाम्रो भुई कसले चोर्यो दाइ ?
हाम्रो भुई खै कहाँ छ दाइ ?
२०७१/०९/२१
घोराही, दाङ
No comments:
Post a Comment