Wednesday, November 17, 2010

अन्तिम रात

आमा!
मेरो बिन्ती छ
म, छोरोलाई
बिजयको आशिष दिदै
सफलताको टिका लाइदिनुहुनेछ ।

सन्तानहरु
निर्दयी र कुपुत पनि हुन्छन रे
तर
आमाहरु सधैं आमा नै हुन्छन
यसर्थ
मलाई विश्वाश छ
मेरो बिदाइमा ति आँखाहरुबाट
बिछोडको आसुँ झर्ने छैन
बियोगले छट्पटिनु हुनेछैन ।

राम्ररी थाहा छ
सधैं उज्यालो र सम्पन्न चाहने
आत्मा र पाखुरीका ग्रहणलाई
र, बुदी आमैकी दु:खलाई
नबिराएर सबै हर्नुपर्थ्यो मैले
तर, एक्लै छाडेर जादैंछु
कर्तब्य भुलेको सोचेर
बचन नाघेको ठानेर
हुर्किएर कष्ट बिर्स्यो नभन्नु ।
तड्पिएर सराप लागोस नभन्नु ।

आमाहरुको,
दिनभरीको पसिनाहरु माटोमै सोसिएर गैरहदा
काँडा टेक्ने नाङा पाइतलाहरु सुम्सुम्याउदै
रातभरी जाग्राम यथार्थलाई जाक्तै नियालिरहन्छु
आधा पेट र आधा जिउ बाँचेर भए पनि
सन्ततिलाई दिएको पूर्ण जीवन भोगिरहन्छु
अभाव र अपमानको घाउलाई जबर्जस्ती पुरेर
बिहानै मुसुमुसु हाँसेको देखिरहन्छु
यि देख्दा देख्दै पनि
आमा!
म कर्तब्यबाट पन्छिएको होइन
आमाको सपनालाई तुहाएको पनि छैन
बरु, आमाहरुलाई सताइरहने
तानाशाही नियतिका बिरुद्ध लडेर
जितको खुशी दिलाउन चाहेको हुँ ।
सुखको ओछ्यान बिछ्याउन चाहेको हुँ ।
तसर्थ
आज आमाकै आशिर्वाद चाहेको हुँ ।

आमा!
अमृतरुपी स्तनपान गरिसकें
ताटेटाटे पाइला चाल्न सिकिसकें
तोते बोली बोल्न पनि जानिसकें
अब त मलाई
आगोको लप्का खाने हिम्मत चाहिनेछ
छाङोको बाटो हिंड्ने साहस गर्नुछ
साझा आवाज गर्जिने ताकत देखाउनुछ
र, उप्रान्त
आमा-छोरोको सम्बन्ध पनि तोदिनेछ
म आमाको छोरो रहनेछैन
आमाहरुको छोरो हुनेछु
आमा, धेरैको आमा बन्नु हुनेछ
म गलत भएछु भने
मेरी आमा!
अर्को प्रसब पिडालाई सहिदिनु ।

आमा!
दुनियाँमा उल्तो-सुल्तो छुट्याउन गाह्रो भो
सत्य-असत्य खुट्याउन झन गाह्रो भो
त्यही रितितिथीलाई सुल्ताउन नै
अहिले यो यात्रा थाल्दैछु
मैले झुकेर 'हुन्छ' भनेर मात्र भएन
जोडले 'हुन्न' पनि भन्नुपर्छ
टाटे-टाटे गर्दै अब बेस्सरी कुद्नु पनि पर्छ
बाधाहरु छल्दै अब जुध्नु पनि पर्छ
धैर्यताको शिर मिचिदा, ताकेर प्रहार पनि गर्नुपर्छ
हैन भने त,
बिबेकशील मान्छेहरु पशु बन्दो रैछन
अबिबेकी पशुहरु पो मान्छे चलाऊदोरैछन ।

आमा!
शासक नयाँ आए, शासन उस्तै चल्यो
शोषक अर्कै आयो, सधैं शोषित नै रह्यौ
उत्थानकै शोषनकारीसँग
आशा निकै गर्यौ, अब पहल गर्नैपर्छ
सहनु जती सह्यौ, अब बिद्रोह गर्नैपर्छ
सुख मागी रह्यौ, अब शान्ती पनि लिउनैपर्छ ।

बालाई सामुन्नेमै छप्कायो
आगो लगाइ घरलाई चिता बनायो
हेर्दा हेर्दै पुरै गाउँ नै खरानी पार्यो
जलाउनेलाई चिन्दा चिन्दै
"किन जलायो?" प्रश्न गरिनँ
दाइलाई मार्यो, दिदीको अस्मिता लुट्यो
"किन गर्यो?" मैले सोधिनँ
मेरो किताब च्याट्यो, निधारमा राइफल ताक्यो
धुरुधुरु रोएँ, केही बोलिनँ
आमालाई लछार्दै कपडा खोस्यो
टुलुटुलु हेरेँ, माग्नै सकिनँ
तर अब
नसोधिएका प्रश्न सोध्नलाई
नबुझिने भाषा बुझ्न जाँदैछु
नमागेको चिज माग्नलाई
नखोलिएका पर्दा खोल्न जाँदैछु
निर्दोष चिहानहरुको दोष खोज्ने, र
चेलीहरुको आसुँ असुल्ने अठोट लिएर
मैले यो अन्तिम निर्णय लिदैंछु ।

आज म निर्धक्क घोषणा गर्न सक्छु
युगौ युग रगत चुस्नेहरुको छातीमा
रक्तमुछेल होली खेल्न हिच्किचाउनु
त्यो कोमोलता होइन, मेरो कायरता हो ।
शालीनताको उत्कर्स झै
आक्रोसको चरमता जन्माउनु
त्यो हिंसा होइन, मेरो कर्तब्य हो ।
एक न एक दिन
'म' या 'उ' एक त ध्वस्त हुनैपर्छ
एउटा अस्तित्व अबश्य सखाप हुनैपर्छ
यो नै मेरो अन्तिम उद्देश्य हो ।
आमाको काखमा एकलौटी
यो नै मेरो अन्तिम क्षण हो ।
आमाको अङालोमा छोराको
यो नै अन्तिम रात हो ।
Nov ‘10

गीत - भूल

भुईमा फुल्ने गुलाफलाई, आकाशमा रोप्न खोजेछु ।
घामपानीमा खुल्ने इन्द्रेणी, घुम्तोले छोप्न खोजेछु ।

जीवनभरी अल्झाइदिने, छललाई चिन्न नसक्दा
निस्ठुरीले उल्ताइदिएका, पललाई भुल्न नसक्दा
आफ्नै छाया सम्झिएर, घामले झै माया गरेंछु
साँचेर उन्को आक्रिती, हृदयमा खोप्न खोजेंछु ।

साँचो मन नबुझ्नेले, के बुझ्थिन मेरा चोटहरु
आफु चोखिएर भनिन रे, धेरै'थे मेरा खोटहरु
पठ्थर रैछ घाट पाएँ, फूल सम्झी साथ दिएछु
झिसमिसेको जूनकिरीलाई, आशाको जून सोचेंछु ।

भुईमा फुल्ने गुलाफलाई, आकाशमा रोप्न खोजेछु ।
घामपानीमा खुल्ने इन्द्रेणी, घुम्तोले छोप्न खोजेछु ।
जानी जानी झुठो आक्रिती, हृदयमा खोप्न खोजेंछु ।
04 Nov,’10

Saturday, November 13, 2010

म मृत्‍यु बाँच्दैछु

भाग्य, कर्म, लेखा
जीवन मरणको दोसाँधमा छ ।

हावासङै बहेर
लाएथें शीतल मित
घामसङै लहसिदै
बनेथें शीत थोपा
जूनसङै उठ्थें, सुत्थें
म जिउदो थिएँ
तर
अहँ, अरु केही पट्टै पाइनँ ।

अचेल नचाहेरै
चिसोले कठ्याङ्रिएए
तातोले पोलिएर
अधकल्चो म
अध्यारोमा एक्लै
म मृत्‍यु बाँच्दैछु ।

दिन दुख्छ, रात रुक्छ
साँझ बियोगी जून रुन्छ
यिनै नासोहरुको साक्षी म
अतितको घाऊलाई चिनो सम्झेर
बर्तमानमा टोलाइरहेको छु ।

अब सबथोक छाडेर
धुमिल छायाबाट धेरै टाढा
सधैंभरिलाई ओझेल पर्दैछु ।

उनी भएर सबै पाएँछु
सबै पाएर पो म रहेछु
आज 'उनी' नै नरहे'सि
अब त स्वयम 'म' रहिनँ
सिर्फ आँशुकै संजीवनी घोलेर
मनले घुटुघुटु पिउदै
म त जीवन मर्दैंछु
म मृत्‍यु बाँच्दैछु ।
03 Nov,’10

अक्टोबर ‘१०

- Happy Cct vacation!
01 Oct,’10

मधु जीका हरेक सिर्जनाहरु बैचारिक जगमा उभिएकै हुन्छन । शायद मैले यसो भनेर मात्र मेरो चित्त बुझ्दैन । हो, मुख्य कुरा त उहाँ जुन बिचारको वकालत गर्नुहुन्छ त्यसमा म पूर्णतय सहमत छु । तर एउटा कुरा के भन्न मन लाग्यो भने युद्ध भावनामा बहेर वा उत्तेजनामा आएर मात्र सफल हुँदैन । अबको युद्ध आतंक र रहरका लागि होइन वास्तबिकतामै क्रान्तिकारी हुनुपर्छ । इमान्दार क्रान्तिकारीलाई मेरो साथ र समर्थन त अबश्य रहने नै छ ।
अबको दिन फलामको होइन, स्पाटको हो ।
01 Oct,’10

- A bad person will never do good to anyone, even to him/herself!
02 Oct,’10
(I may not be completely right since there aren’t any universel criteria for good n bad people. So, I think its all abt the way of being famillier n feeling comfortable with each other.
Yes, I agree that everything has two sides. But, here iam not against human weekness which can be imrpoved with experience n time. The thing is iam against those people who has bad attitude n worst intentions. A person who has only good words will never know how to deal with the passion of a heart. It may benefit him/her for short time but it won’t work for longer. S/he will do no goods to him/herself later on. She will never establish a fair ralationship with anyone... S/he will see only the negative parts in postive deeds. Because of this ordinary nature s/he will have to suffer someday, it’s for sure.
I think,
A man should be a real man not only a living beaing!
Thank you all for yours logical comments! )

- He is in hosp n he says its cold.. I am alone!
03 Oct,’10

- Taking a Deep Breath! Thank god!
04 Oct,’10

- So many things are in my mind but dont know what to write n how to write !
05 Oct,’10

- A person who is poor can be a rich but the person who has poor mentality can never be rich with enough property.
एउटा दास'नोकर' ब्यक्तिसँग धनको मालिक बन्ने सामर्थ्य हुन्छ तर दास मानसिकता भएको मालिक सधैं नोकर नै रहिरहनेछ । 06 Oct,’10

- मैले केही समय अगाडि 'आमा'हरुको भावना समेट्ने गरी एउटा गजल लेखेको थिएँ । त्यसमा रहेका कमी कमजोरी नियाल्न र सुझाव बटुल्न यसरी नै नोटमा राखेको थिएँ । तर एकजना बरिष्ठ अग्रजबाट नै गजलको सम्पूर्ण पक्षलाई ठ्याम्मै पाखा लगाएर अत्यन्त पूर्वाग्रिही दंगले राजनैतिक टिप्पणी आएको थियो । जसले मलाई अत्यन्तै निराश तुल्याएको थियो । उहाँको कुरा सहि वा गलत जे भए पनि छलफल अबश्य गर्न सकिन्थ्यो तर आमा जस्तो पवित्र साईनोभित्र त्यहा सन्दर्भहिन थियो । 'आमा' शब्दमा पनि अराजनीतिको गन्ध सुघ्ने हाम्रो दयनीय मानसिकता प्रती निकै घ्रिणा पनि जगाएको थियो । शायद यतिबेला हामी सबैजना यस्तै संकिर्ण बौद्धिकताको कुहिरोमा अल्मलिइ रहेका छौ । थाहा छैन, कहिलेसम्म यस्तै मनस्थितिमा गुज्रिरहने छौ ।

लक्ष्मी जीले यहाँ दशै बहिस्कारबारे लिन्क दिनु भएर एउटा बहसको सुरुवात गर्नुभयो । श्रीराम जीले बिषयको बिपक्षमा आफ्नो प्रतिकृया दिनुभयो । मैले पनि दशैको बेलामा दशै बारे स्वच्छ बहस चलेकै राम्रो मानेको छु । हामी सबैले आ-आफ्ना तर्कहरु राख्न सक्छौ, बुझ्न पनि सक्छौ । नेपालको अन्तरिम संबिधानमा धर्म निरपेक्षताको ब्यबस्था गरिसकिएको छ । अब नेपाल पहिले झै हिन्दू राष्ट्र मात्र पनि रहेन । यसको अर्थ हिन्दू धर्मलाई बहिस्कार नै गर्नु पर्छ भन्ने पनि होइन । आफुलाई राम्रो लागेको धर्म छान्ने र मान्ने स्वतन्त्रता हरेक नागरिकलाई हुन्छ । यो अधिकार मलाई जस्तै अर्कोलाई पनि सुरुक्षित हुन्छ भन्ने बिर्सिनु भएन । आफ्नो स्वतन्त्रताको नाउमा अरु धर्मको बिरोध गर्दा अरुको स्वतन्त्रताको पनि ख्याल गर्नु पर्ने हुन्छ । आफुले मान्ने धर्मको बखान गर्ने तर अरुको धर्मलाई अपमान गर्ने सभ्यता समय सुहाउदो र कसैलाई पनि पाच्य हुन सक्दैन । धर्म निरपेक्षताको अर्थ त सबै धर्महरुको सम्मान गर्नु हो, धार्मिक ब्यक्तिहरु बिच मेलमिलाप र सुमधुर सम्बन्ध स्थापित पार्नु हो, सम्पूर्ण मुलुकवासीहरु एकै भावनात्मक मालामा उनिनु हो, अनेकतामा एकता हुनु हो भन्ने मेरो बुझाई छ । अहिले हाम्रो देश सन्क्रमनकालिन अवस्थामा रहेकाले बिभिन्न कोणबाट फरक फरक धारणाहरु आउनु स्वभाविक नै हो तर यसलाई ब्यबस्थित गर्न सकेनौ भने देश निश्चित रुपमा दुर्घटनामा पर्नेछ, हामी दुर्घटनामा पर्नेछौ । तसर्थ, अहिले नै हाम्रो देशको हितमा सोचौ, अरुको अपमान होइन सम्मान गरौ । हिजोको प्रतिशोधलाई भुलेर भोलिका लागि धेरै धैर्यता र सहिश्नुता अपनाउन निकै जरुरी छ ।
मेरो बिचारमा त अझ धार्मिक ग्रन्थ हरुलाई ‘बेद, बाइबल, कुराण,’ आदीलाई छुट्टा छुट्टै पार्टीको बिधान मान्दा पनि हुन्थ्यो भन्ने लाग्छ ।
यहाँहरुले दिनुभएको समय र हौशलाहरुबाट सधैं उत्प्रेरणा त मिलिरहेकै छ, बहुमुल्य सल्लाह र सुझावहरु मनन गर्ने प्रयत्न पनि रहने नै छ ।
आदरणीय अग्रज एवम मित्रजनहरुको सिर्जनाहरुमा समयभावका कारण चाहेरै पनि आँखा पुर्याउन सकिरहेको छैन, तर कोशीस गरिरहेकोछु । माफ गर्नुहोला ।
सबैलाई बिजया दशमीको हार्दिक मंगलमय शुभकामना ।
(नोटमा आएको धार्मिक टिप्पणीको सन्दर्भमा)
10 Oct,’10

- Busy in Gynaecology department.. Got a rare chance to assist in the sergical theatre !
11 Oct,’10

- नेपालका शासकहरु बलियो भएर मात्र नभएर हामी शासितहरु बदी नै संकिर्ण भएर नै समस्या नसुल्झिएको पो हो कि ! 17 Oct,’10

- दशैलाई कुनै जाती बिशेषको मात्र चाड ठानेर बहिस्कार र निषेध गर्नु भन्दा पनि आफन्तसँग भलाकुसारी, पारिवारिक जमघट र रमाइलो गर्ने अबसरको रुपमा उपयोग गरौं ।
निर्जीव दुंगाको मुर्तिलाई खुशी पार्नका लागि जिवीत प्राणीको बली दिएर पुज्नु भन्दा असत्यका बिरुद्ध सत्यको जितलाई मनन गर्दै सुमार्गको पहिचान र अबलम्बन गरौं ।
दसैंलाई कसैको पर्वका रुपमा नबुझौ, दशै हाम्रो हो, हामी सबैको साझा ।
मलाई नेपाल र नेपालीको बर्तमान र भबिश्यलाई नै असार पार्ने गरी दसैं सङसङै देखिएका-जोडिएका दशाको पूर्व संकेतहरु धार्मिक बिभाजन, बर्ग असन्तुलन र जातिय बिभेद जस्ता कुराहरु कुनै पनि मान्य छैनन् ।
17 Oct,’10

- न्यानो घाम
शीतल जल
मेरी प्रेमीका ।
18 Oct,’10

- म तिम्रो शहर छोडि टाढा-टाढा जाँदैछु!
तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु !!
मनले माया गर्न मात्र जानेर नहुने रहेछ अब त घ्रिणा गर्न पनि सिक्न खोज्दैछु । दुखेर मात्र नहुने रहेछ, दुखाउन पनि जान्नु पर्ने रहेछ । दुनियाँ त्यही भन्थ्यो तर म अबुझ र अज्ञानी मनुवा जिद्धी गरिरहेको रहेछु । अब हुन्छ मात्र नभनेर हुन्न पनि भन्न सिक्छु, सङै हिडौ नभनेर एक्लै छाडि कुड्न सिक्छु । आखिर मन त सबैको मन नै हो नि । 19 Oct,’10

- बाचा बन्धन कसे पनि टोड्नेहरु कती कती
लक्ष्य चुम्छु भने पनि थाक्नेहरु कती कती
सोचेर मात्र हुँदैन, जानेर मात्र पनि हुँदैन । जसले व्यबहारमा उतार्छ त्यो ब्यक्ति नै सक्षम हो, सफल बन्छ । तसर्थ, मैले पनि हरेक कुराहरुको सामना गर्न र जुध्न सिक्न खोज्दैछु । कुनै दिन जितेछु भने खुशी साटौला, चुकेछु भने पनि केही गुनासो रहने छैन । 20 Oct,’10

- महिनौ पछी बोल्दैछु फेरी, किन कि बोल्नु मेरो स्वतन्त्रता हो, कर्तब्य पनि हो ।
हाम्रो राष्ट्रिय सवालमा छिमेकी देशहरु, भारतको बिस्तारवादी र चाइनाको अबसरवादी कुतनिती जती घातक छ त्यती नै घातक घरेलु दलालहरु पनि हुन । तसर्थ, यि सबैका बिरुद्ध एकैचोटि संघर्ष गर्नुको बिकल्प छैन ।
21 Oct,’10

- सपना सानो होस् वा ठुलो, सधैं सर्बोच्च नै हुदोरहेछ ।
Dreams: either big or small, they will always be beautiful n superior!
22 Oct,’10

- कि त मैले जित्छु, कि भने डसोस् आफ्नै सपनाहरुले । आखिर छिनोफानो त हुनैपर्छ ।
25 Oct,’10

Sunday, November 7, 2010

कस्ले अचेल


गाउँ घरमा कसोगरी, अचेल तिहार छिर्छ साथी ।
दौतरीको सम्झनाले, अचेल ह्रिदय पिर्छ साथी ।

तिहारकै कुरा गर्थ्यौ, बाटोभरी स्कुल जादा
रमाइ-रमाइ त्यस्तै कुरा, अचेल कस्ले गर्छ साथी ।

'बुद्धी' पनि घरमै छ रे, 'ज्ञाने' छुट्टी आको छ रे
बाल्यकालका सुबाशहरु, अचेल कस्ले छर्छ साथी ।

खेल्दैछौ रे देउसीभैलो, साथीसङी मिलिकन
मैले लेख्ने तिहार गीत, अचेल कस्ले कोर्छ साथी ।

'श्याम' नै रैछ गाना गाउने, 'कुम' देउसी भट्याउने नै
मैले भिर्ने मादल चाँही, अचेल कस्ले भिर्छ साथी ।

आँगनमा घेरा बनाइ, लहरोमा नाच्थ्यौ गाउँथ्यौ
खाली भाको मेरो ठाउँमा, अचेल कस्ले भर्छ साथी ।

थकान र भोक-प्यासले, लखतरान पर्दाखेरी
सुन्तलाको बोट चढि, अचेल कस्ले झार्छ साथी ।

जंकोट सकाइ माडिचौर, कोर्चावाङ र कोटगाउँ पुग्थ्यौ
हामले जस्तै माडि-हुङ्री, अचेल कस्ले तर्छ साथी ।
07 Nov,’10

Friday, November 5, 2010

तिहार शुभकामना, ०६७


हिन्दूहरुको महान पर्ब तिहार तथा दिपावलीको यस शुभ अबसरमा देशप्रदेशमा छरिएर रहनु हुने सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाइ र दिदीबहिनीहरुमा सुख, स्वास्थ्य, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

नेपाल रहे मात्र नेपाली रहन्छौं, हामी रहे मात्र नेपालको अस्तित्व रहन्छ । हाम्रो देशमा रहेका कला र संस्क्रिती हाम्रो पहिचान हुन, ति सबै हाम्रा साझा हुन । जातीय बिभेद, बर्गीय असमानता, धार्मिक असहिष्नुता, क्षेत्रीय असन्तुलन जस्ता समस्या हाम्रो सामु बिद्यमान छन, जसको समाधान खोजिनु र निराकरण गरिनुपर्छ । हामीले बदनियतपुर्बक त्यसलाई अतिरन्जित गरेर आपसी सद्भाव खल्बलाउने नियत राख्नु भबिश्यका लागि हानिकारक छ । यस प्रकारको मानसिकतालाई त्याग्दै आजैदेखी मानवीय र सामाजिक मुल्यमान्यताको आधारमा आपसी सम्बन्धलाई अझ सुमधुर र प्रगाद बनाउने प्रयत्न गरौं । यसर्थ, नेपालमा मनाइने हरेक धर्महरुका बिभिन्न चाड पर्बहरुलाई आफ्नै ठानेर हर्षोल्लासका साथ भब्य रुपमा मनाउने गरौं ।

देश बिषम स्तिथीमा गुज्रिरहेकोछ । हामी र हाम्रो मुलुकमाथि पराइको कुदृष्‍टि र धारे हात उस्तै गरी चल्मलाइरहेका छन । हाम्रो घरपरिवार र गाउँ तोलमा बिग्रह ल्याउने कोशीस दिनहु बदिरहेकोछ । हामीले स्वाधिन नेपाल बचाइराख्न र स्वाभिमानी नेपाली भएर बाँचिरहनका लागि कुनै एक ब्यक्तिको भर परिरहनु भन्दा स्वयम आँफैले जिम्मेवारीबोध गरेर बदी सचेत, सतर्क र जागरुक हुन अत्यन्त जरुरी भैसकेको छ । देशमा चालु शान्तिप्रकृया लगभग अबरुद्ध छ, संबिधान निर्माण अलपत्र छ । दलका नेताहरु राष्ट्रिय आबश्यकतालाई भुलेर एक अर्कालाई निषेध गर्ने र पद, प्रतिस्ठाका लागि तछाड्मछाड् गरिरहेका छन । मेलमिलाप, सहमति, सहकार्य र एकताको अकाट्य सुत्रलाई अनर्थ लगाइरहेका छन । संबिधानसभामा प्रस्फुटित जनमत र जनविश्वाशलाई बिना हिच्किचाहत अबमुल्यन गरिरहेका छन । उनीहरु भोलिको सम्भावित दुर्घटना र परीणाम प्रती रत्तिभर पनि चिन्तित भएको देखिदैनन । यि र यस्तै खराब ब्यक्ति र प्रब्रितीलाई उप्रान्त सुध्रिन र सुधार्न नयाँ सोच र नयाँ बिचारहरु उदाउन यस पवित्र घडिले अबश्य बल प्रदान गर्नेछ भन्ने आशा छ ।

अन्तमा, देशले चाडै प्रगतिको बाटो पक्रियोस, अग्रगतिमा अगाडि बदोस । नेपालीहरु सधैं सम्पन्न र सुखीखुशी रहौं । नेपालमा छिट्टै शान्ती र समृद्धि छावस । हरेक दिन, हरेक घर-सङ्गारमा दीपावली झिलिमिली बलिरहोस् । दीपावली २०६७ सुखद रहोस्, सबैको जीवनमा चमक ल्यावस, हार्दिक शुभकामना ।
05 Nov,’10

Tuesday, November 2, 2010

उस्तै-उस्तै


र, जिन्दगी ।
जोड-घटाऊ
र, चमत्कार
अचेल उस्तै-उस्तै ।

सिद्धान्तका लामसङै
प्रमाणित लघुसैद्धान्तिक थुप्रो
गणितका सुत्र र सुत्राधारहरु
बैज्ञानीक तथ्य
आविस्कार र आविस्कारकहरु
किन्दै, पढ्दै, घोक्दै
निर्मित एक प्रयोगशाला
अर्को नौलो चमत्कार
सत्य दुरुस्ट उस्तै उस्तै ।

आफ्नै जीवनको अभ्यासमा
नमिलेको हिसावकिताव ।
आफ्नै आविस्कार गर्न चुकेको
एउटा अनुसन्धानकर्ता ।

दिग्गज मगजभरी
अन्जान-अबुझको पगरी
लगन-परिश्रमको भारी
आत्मबिश्वासको खडेरी
फेरी पनि उस्तै-उस्तै ।

जोड्यो, झन घट्छ
घटायो, फेरी जोडिन्छ
बालुवामा पानी खन्याउनु
पानीमा बालुवा पोखाउनु
उल्तो-सुल्टो, सुल्टो-उल्तो
सधैंलाई उस्तै-उस्तै ।


हुनु र नहुनु
शायद
उस्तै उस्तै ।
22 Oct,’10