उसको चुल्हो बालिदिएँ
मेरो आँशुले पोटेर
उसको मझेरी चोखाइदिएँ
मेरो रगतले लिपेर
उसको आवरण रङाइदिएँ
मेरो खुशीको जलप लगाइ
डङुरलाई मन्दिर बनाइदिएँ
मेरो अस्तित्वको खम्बामा,
मेरै बचनको ध्वजा वाँधेर
सुखशान्तिको अक्षेता चदाइदिएँ ।
तर,
उसले त
मेरो विश्वाशको चोखो टपरी थापेर
जबर्जस्ती भेटी मागेछ
मेरो प्रस्तिष्ठाको भरपर्दो डुंगा चदेर
ब्रम्हाण्ड शयर गर्ने सोचेछ ।
काँधमा बोकें, टाउकोमा चड्न खोज्यो
शिरमा बसाएँ, घाटी रेत्न थाल्यो
अशल कर्तव्य ठानेर ति सबै सहिदिएँ
एक नाता राख्नलाई हजार माफि गरिदिएँ
तर,
मुडालाई सिँचेर पो छहारी खोजेंछु
पत्थर पुजेर आत्मालाई रुवाएँछु ।
अब उप्रान्त,
सत्यवोध गरिकन
सँगै हिंड्न चाहिन मैले
आत्मवोध गरिकन
त्यागी बन्न सकिन मैले
किन कि,
बिगत जस्तै भबिश्यलाई
दान चदाउन चाहन्न म
मेरो बाँकी जीवन पनि
निरर्थक पार्न चाहन्न म ।
19 March,’10

http://www.facebook.com/?ref=logo#!/note.php?note_id=377623881443
ReplyDelete