कांग्रेस सभापति एवम भुपु प्रधानमन्त्री तथा उच्च स्तरिय राजनैतिक संयन्त्रका संयोजक गिरिजा प्रशाद कोइरालाको मृत्युको दिन मैले एउटा श्रद्धान्जली कबिता ‘श्रदान्जली ! गिरिजाबाबु’ लेखेको थिएँ । त्यही दिन फेसबुकको नोटमा पनि राखिदिएँ । बिभिन्न किसिमका थुप्रै प्रतिकृयाहरु आए । बिशेष गरी फेसबुकमा साथी बने पनि दोहोरो कुरा नभएको मित्र श्रीराम आचार्यको टिप्पणी यस्तो थियो ।
“एक ससक्त राजनितिक पुरुषको मृत्युले जनमानसमा अबश्य पनि बितृष्णा छाउँछ नै तर यति धेरै श्रद्धय र उपनामहरु गिरीजाबाबुको काँधले थाम्दैन । ६० बर्षे राजनिती कालमा उनले देशको लागि के गरे ? देशमा १२ बर्षको प्रजातान्त्रिक कालमा धेरै समय देशको लिड गरेका योद्धाले देश बनाउन के गरे ? जनताले १० बर्ष गृह युद्ध भोगे कस्को कारणले ? आज भन्दा ४० बर्ष अगाडी कोरीया र नेपालको रानैतिक र आर्थिक अबस्थामा केही फरक थिएन । तर अहिले कोरिया कहाँ छ र हामी कहाँ छौ ? नेपाली जनताले उनीबाट केही खुसी पाएनन्, न बिकाश, न त शान्ति नै । मेरो भन्नुको मतलब उनको मृत्युमा खुसी ब्यक्त गरेको भन्ने अर्थमा नलिनु होला, मलाइ पनि दुख छ तर कसैको मृत्यु पछि गुणगान गाउने अनि कर्तुतलाइ भुल्ने चलनले हामीलाइ बिगारेको छ । गिरिजा जस्ता योद्धा जति पनि छन् तर गिरीजा बाबुले त्यो स्थानमा अरु कसैलाई जान नदिनु नै उनको महानता हो ।“
यसमा मिना बान्तवा 'म्रिदु' जीको पनि समर्थन थियो । उहाँको आशय राजनीति एक फोहोरी खेल भएकाले आफुलाई कुनै स्वार्थी नेताको मृत्युमा चासो नरहेको बिचार राख्नु भएको थियो । उहाँको भावना बुझ्दा एक सशक्त राजनैतिक प्रतिपक्षी झै लाग्थ्यो ।
उहाँहरुको आपत्ति तिब्बत दर्लामी जीले गिरिजाबाबुको पार्थिब शरीरमा चदाएको श्रद्धान्जलिमा पनि थियो ।
मैले उहाँहरुको भनाइमा प्रतिकृया जनाउ कि नजनाउ भनेर धेरै सोचें र अन्त्यमा आफ्नो बिचार राख्दा उचित हुने सोचेर केही लेखें । त्यही कुरालाई नै यहाँ सारेको मात्र छु ।
श्रीराम जी, गिरिजाबाबुले ६० बर्षे राजनैतिक जीवनमा के के गर्नुभयो अथवा कती राम्रा र कती नराम्रा भन्ने कुरा अबश्य पनि ईतिहासले मुल्याङ्कन गर्ने नै छ । अहिले बिगततिर जान चाहिन तर बर्तमानमा उहाँको जुन आवश्यकता राष्ट्रलाई थियो, त्यो चानचुने नेताले पुर्ती गर्न सक्ने स्थान पक्कै पनि होइन । कांग्रेस पार्टीका सभापति भए पनि सबै दलका साझा अभिभावक, बिदेशीलाई विश्वाशमा लिन सक्ने छबी अहिले उहाँको बराबर अरु कसैको छ जस्तो लाग्दैन । फेरी उहाँ शान्ती प्रकृयाको मुख्य अंश र नेत्रित्व पनि हो । तपाईंले जुन कुरा उठाउनु भएकोछ, त्यसमा म पनि सहमत छु । मृत्यु पछी गुणगान गर्ने सन्स्कारको बिपक्षमै छु । तर आज उहाँको चिता नजल्दै उहाँले गर्नु भएको राम्रो र नराम्रो कार्यको हिसाबकिताव गर्नु उचित ठानिन । तपाईंको सकरात्मक सुझावका लागि आभारी छु ।
हामी कोही पनि मान्छे गुण र दोषरहित हुँदै हुँदैनौ । त्यसैले, उहाँको थुप्रै कमजोरीहरु मध्ये पदिय लोभ पनि एक हो । तर गिरिजा प्रशाद कोइराला कसैको नेत्रित्त्व बिकासमा सडकको पत्थर सरह बनेको बखत अगाडि बद्नेले पत्थर फालेर अघी बद्न नसक्नु बतुवा वा यात्रु स्वयमको पनि कमजोरी हो जस्तो लाग्छ । यस कुरामा शेर बहादुर, सुशिल, रामचन्द्र वा अरु कसैले बिरोध गरेको सुन्ने मौका मिलेन । बरु उनिहरु कसरी हुन्छ गिरिजाको नजिक हुन चाकरी गरेको पो खुब सुन्निन्थ्यो । यस अर्थमा गिरिजाको मात्र कमजोरी भनेर दोष थोपर्नु सहि लागेन ।
मिना जीले बिगतका केही कुराहरु पनि खोतल्नु भएकोथियो जस्तै राजा मरेर गद्धी खाली हुँदैन, बिरेन्द्र मरेर अर्को आयो अर्थात पुष्पलाल, वि. पि. मरेर अरु आएकै छन । ईतिहासका केही अध्यारा पक्षहरु राखिदिनु भयो । आशा छ, अब यसरी नै बर्तमान र भबिश्यका थप अध्यारा- उज्याला कुराहरु पनि शेयर गर्दै जानुहुनेछ । मैले पनि केही नयाँ र सत्यतथ्य कुराहरु बुझ्ने र सिक्ने मौका पाउनेछु । तपाईंले उठाउनु भएको अरु कुनै कुरामा टिप्पणी गर्न चाहिन वा यसो भनौ- मैले सकिन, मेरो बौदिकताले नभ्याएको हुनसक्छ । माफ गर्नुहोला ।
हुन त यसरी भन्न हुन्छ या हुँदैन तर मलाई आफ्नै कबिता बारे केही लेख्न मन लाग्यो । शुक्रवार राती मैले एउटा डरलाग्दो सपना देखेको थिएँ । म लगायत धेरै जना जहाजमा उडिरहेका थियौ तर अरुको अनुहार भने याद गर्न सकिन । जहाज ल्यान्ड गर्ने समय नजिकिदै थियो, तर भुइतिर हेरेको त कालो बादल मडारिरहेको देखें, चट्याङ पनि परिरहेको थियो । तलतिर हेर्दा अध्यारो बादल र चट्याङ मात्र देखिन्थ्यो । हामी त्यस अवस्थामा रहे पनि आत्तिएका भने थिएनौ, बिमान पनि सन्तुलित नै थियो । अब जहाजलाई बैकल्पिक स्थानमा अबतरण गर्न खोज्दै थियौ, तर मेरो मनमा अली अली चिसो भने पसेको थियो । यत्तिकैमा म बिउझिएँ ।
समाचार हेरें, गिरिजाबाबु बेहोस् हुनुहुन्छ भन्ने फ्ल्याशमा देखाइरहेको थियो । आश त मारिनँ तर पनि मन मनै सोचे र साथीहरुलाई पनि भने "अब गिरिजाबाबु बाँच्नु हुन्न" । उहाँको समस्या COPD मात्र नभएर उमेर पनि थियो । दिउसोतिर समाचारमा नआउँदै साथीहरुबाट उहाँको देहान्त भएको दु:खद खबर पाएँ । मेरो सपनाको बिमान र गिरिजाबाबुको मृत्युमा शान्ती र संबिधान निर्माण प्रकृया तुलना गरेर हेरेँ, उस्तै उस्तै लाग्यो । अनी त्यसैलाइ एउटा कबिता बनाइ श्रद्दान्जली दिने सोचेर यो कबिता लेखें ।
गिरिजाबाबु राणा, पञ्च र राजतन्त्र बिरुद्ध लड्ने एक योद्धा अबश्य हुनुहुन्छ । उहाँले ६ दशक राजनीतिमा जीवन बिताउनुभयो, ५ पटक प्रधानमन्त्री पनि बन्नुभयो । उहाँको जीवनकालमा बिभिन्न उतारचदावहरु पक्कै आएकै हुन, हामी सबैले उहाँको शासन धेरथोर भोगेकै पनि हो । उहाँले के के र कती राम्रा/नराम्रा कामहरु गर्नुभयो त्यो एउटा बहसको पाटो हुने नै छ र ईतिहासले मुल्याङ्कन गर्ने नै छ । तर मेरो बिचारमा शान्तिप्रकृयामा उहाँले जुन भूमिका खेल्नुभयो, त्यो अबश्य पनि हामीले बिर्सनु हुँदैन । हुन त घटनाहरु परिस्थितीमा भर पर्छ तर पनि ब्यक्तिले पनि प्रभाव पार्ने गर्दछ भन्ने मेरो बुझाई छ । यस अर्थमा, उहाँको सम्मान गर्न म कन्जुस गरेको थिएनँ र गर्ने छैन पनि । शान्तिप्रकृयाको एक धरोहरको मृत्युले कतिपय कुरा गोप्य रहे र गोप्य नै रहने भए । उहाँको नेत्रित्वमा सुरु गरिएको शान्तिप्रकृया उहाँकै पालामा एउटा बिन्दुमा पुग्न सकेको भए सजिलो हुनेथियो । ब्यक्ति त उहाँको ठाउँमा अर्को आउँला, अझै सकारात्मक मार्ग भेटिन सक्ने सम्भावना पनि रहन्छ तर उहाँको योगदान पछी पछीसम्म पनि सम्झिनु पर्ने हो जस्तो लाग्छ । मैले शान्ती प्रकृया र संबिधान निर्माण असफल होला, देश बिषम गृहयुद्धमा फस्ला र नेपालीको भबिश्य अन्योल होला भन्ने नागरिक चिन्ता मात्र गरेको हुँ । म कुनै पनि 'वाद' र 'ब्यक्ति'को दास बन्ने कल्पना पनि गर्न सक्दैन । कुनै सिद्धान्तको सीमित घेराभित्र रहनुपर्छ भन्ने पनि लाग्दैन, ति एक कालखण्डमा ठीक थिए तर समय अनुसार परिमार्जन गरिनु पर्ने हुन्छ । कसैको दु:ख र मृत्युमा भावनात्मक कुरा पनि स्वत: आउछ नै । यस अर्थमा तिब्बत जीले गिरिजाबाबुको पार्थिव शरीरमा श्रद्दान्जली स्वरुप एक थुङा फूल अर्पण गर्नु भएकोमा खुशी लाग्यो, भलै मलाई त्यो मौका मिलेन ।
बाजे पुष्टाका गिरिजाबाबुको राजनैतिक जीवनमा कलम चलाऊने वा उहाँको राम्रो र नराम्रो पक्ष केलाएर बिश्लेषन गर्न सक्ने क्षमता मसँग छैन । उहाँले अन्तिम क्षणमा जुन भूमिका खेलिरहनु भएको थियो, मेरो लागि त्यो महत्वपूर्ण थियो । मलाई लाग्छ, हामी नेपालीलाई शान्ती चाहिएको छ, त्यो पनि मुर्दा शान्ती होइन । संबिधान चाहिएको छ, त्यो पनि जनताले परिवर्तनको प्रत्यक्ष्य अनुभुती गर्न पाउने खालको । यसमा मेरो मस्तिष्क र दृष्टिले गिरिजाबाबुको आवश्यकता देखेको थिएँ, त्यो पुरा भएन । मेरो सपनाको जहाज र गिरिजाबाबुको मृत्युमा शान्ती प्रकृया तुलना गरेर श्रद्धान्जली दिन खोजेको मात्र हुँ । उहाँको मृत्युपछी अन्ध समर्थन गर्दै भक्ति गाण गरेको होइन ।
कबिता सँग सँगै श्रद्धान्जली अर्पण गर्न हुने अग्रज र मित्रहरुमा हार्दिक आभार प्रकट गर्दछु । फेरी पनि शोक सन्तप्त परिवारजन प्रती हार्दिक समबेदना र गिरिजावाबुको चिरशान्तिको कामना ।
22 March,'10
Tuesday, March 30, 2010
Sunday, March 21, 2010
श्रद्धाञ्जली ! गिरिजाबाबु
जहाज,
शान्ति बोकेर
बिशाल आकाशमा
उडिरहेको निरन्तर निरन्तर ।
बेहुली,
शान्ति पनि
हिउ र खोंचहरुमा
बादलुको नाच हेर्दै
लगनसँग लहसिदै
सुहागको घुम्तो ओडेर
साइतमा बेस्सरी सजिरहिन् ।
समुन्द्र नाप्दै
मरुभुमी छिचोल्दै
हिमाल-पहाड नाघेर
अबतरनको पुग-नपुग
अनिस्चित झै बन्यो
लक्षित एक गन्तब्य ।
कतै कोलाहल छ
कतै त्रसित मौनता छ
अचानक सन्नाटा छाएकोछ ।
बादल मडारिएको छ
चट्याङ धम्काइरहेछ
बिमानमार्ग छोपिएर
अध्यारोले चुनौती दिइरहेछ ।
भुइमाथि कालो मुस्लो
मुस्लोमाथि जहाज
जहाज भित्र शान्ती
शान्ती निर्धक्क थिइन्
जहाज सन्तुलित थियो ।
झसँग बिउझिएँ
लपक्क बिझेछु पसिनाले
आँखा खोलें
चारैतिर सुन्यता छ
कान ठाडो पारेर
कानेखुशी सुनें मैले ।
हे ! प्रधान चालक
बिमानलाई, शान्तिलाई
दुर्घटनाबाट बचाउदा बचाउदै
आँफै पो दुर्घटनामा परेछौ
सहपाठीको जिम्मामा जहाज सुम्पेर
कहिल्यै पनि नथाकेका अधर बिसाएछौ ।
जहाजलाई सबैले मिलिजुली
सकुशल 'ल्यान्ड' गर्ने अभिभारा दिएर
शान्तिलाई धुमधाम भित्र्याउन भन्दै
अबिचलित पाइलाहरु रोकेछौ
सहमति, सहकार्य र एकताको सुत्रमा
नयाँ पुष्टालाई विश्वाश गरिकन
सधैं सधैंका लागि बिश्राम लिएछौ ।
टादैबाट भए पनि तिमीलाई
मेरो यि शब्द गुच्छाको
हार्दिक श्रद्दा सुमन !
हे! ईतिहास पुरुष
हे! शिखर पुरुष
हे! युग पुरुष
21 March,’10
Saturday, March 20, 2010
श्रद्धाञ्जली ! युगपुरुष
केही दिन अघी बि.बि.सी. को स्रोता प्रतिकृया मार्फत पूर्व प्रधानमन्त्री एवम कांग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाको स्वाथ्य स्थिती बिग्रिएको खबर सुन्दा शान्तिप्रकृयालाई तुङोमा पुर्याउन उनको सुस्वास्थ्यको कामना गरेको थिएँ । उनको सहमति, सहकार्य र एकताको सिद्धान्त अनुरुप नयाँ संबिधान जारी गर्न उनको आबश्यकता बाँकी रहेको छ भनेको थिएँ तर मेरो यो सुभेक्षा र चाहना अधुरो नै रह्यो । नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको दु:खद मृत्युले आज निकै मर्माहत छु । नेपालको शान्ती प्रकृयाले अब कुन गति र मोड पकड्ने हो, उनको अभावमा देखिने रिक्तता अब कसले पुरा गर्ने हो, उनको जीवनलाई ईतिहासले कसरी मुल्याङ्कन गर्ला ? अहिले मलाई यस्तै प्रश्नहरुले जबर्जस्ती घेरिरहेछन !
सिङो नेपाल र नेपाली शोकमग्न रहेको यस् दु:खद घडीमा भगवानले हामीलाई धैर्यधारणा गर्ने बल प्रदान गरुन् । गिरिजाबाबुको आत्माले स्वर्गमा वाँस पावस् ।
श्रद्धाञ्जली युगपुरुष !
20 March,’10
सिङो नेपाल र नेपाली शोकमग्न रहेको यस् दु:खद घडीमा भगवानले हामीलाई धैर्यधारणा गर्ने बल प्रदान गरुन् । गिरिजाबाबुको आत्माले स्वर्गमा वाँस पावस् ।
श्रद्धाञ्जली युगपुरुष !
20 March,’10
असमर्थ म
मेरो हाड नशा जोरेर
उसको चुल्हो बालिदिएँ
मेरो आँशुले पोटेर
उसको मझेरी चोखाइदिएँ
मेरो रगतले लिपेर
उसको आवरण रङाइदिएँ
मेरो खुशीको जलप लगाइ
डङुरलाई मन्दिर बनाइदिएँ
मेरो अस्तित्वको खम्बामा,
मेरै बचनको ध्वजा वाँधेर
सुखशान्तिको अक्षेता चदाइदिएँ ।
तर,
उसले त
मेरो विश्वाशको चोखो टपरी थापेर
जबर्जस्ती भेटी मागेछ
मेरो प्रस्तिष्ठाको भरपर्दो डुंगा चदेर
ब्रम्हाण्ड शयर गर्ने सोचेछ ।
काँधमा बोकें, टाउकोमा चड्न खोज्यो
शिरमा बसाएँ, घाटी रेत्न थाल्यो
अशल कर्तव्य ठानेर ति सबै सहिदिएँ
एक नाता राख्नलाई हजार माफि गरिदिएँ
तर,
मुडालाई सिँचेर पो छहारी खोजेंछु
पत्थर पुजेर आत्मालाई रुवाएँछु ।
अब उप्रान्त,
सत्यवोध गरिकन
सँगै हिंड्न चाहिन मैले
आत्मवोध गरिकन
त्यागी बन्न सकिन मैले
किन कि,
बिगत जस्तै भबिश्यलाई
दान चदाउन चाहन्न म
मेरो बाँकी जीवन पनि
निरर्थक पार्न चाहन्न म ।
19 March,’10
उसको चुल्हो बालिदिएँ
मेरो आँशुले पोटेर
उसको मझेरी चोखाइदिएँ
मेरो रगतले लिपेर
उसको आवरण रङाइदिएँ
मेरो खुशीको जलप लगाइ
डङुरलाई मन्दिर बनाइदिएँ
मेरो अस्तित्वको खम्बामा,
मेरै बचनको ध्वजा वाँधेर
सुखशान्तिको अक्षेता चदाइदिएँ ।
तर,
उसले त
मेरो विश्वाशको चोखो टपरी थापेर
जबर्जस्ती भेटी मागेछ
मेरो प्रस्तिष्ठाको भरपर्दो डुंगा चदेर
ब्रम्हाण्ड शयर गर्ने सोचेछ ।
काँधमा बोकें, टाउकोमा चड्न खोज्यो
शिरमा बसाएँ, घाटी रेत्न थाल्यो
अशल कर्तव्य ठानेर ति सबै सहिदिएँ
एक नाता राख्नलाई हजार माफि गरिदिएँ
तर,
मुडालाई सिँचेर पो छहारी खोजेंछु
पत्थर पुजेर आत्मालाई रुवाएँछु ।
अब उप्रान्त,
सत्यवोध गरिकन
सँगै हिंड्न चाहिन मैले
आत्मवोध गरिकन
त्यागी बन्न सकिन मैले
किन कि,
बिगत जस्तै भबिश्यलाई
दान चदाउन चाहन्न म
मेरो बाँकी जीवन पनि
निरर्थक पार्न चाहन्न म ।
19 March,’10
Friday, March 12, 2010
हार्दिक आभार
मेरो जाडो बिदा सुरु हुनु अगावै मैले बिदालाई सकेजती सदुपयोग गर्नुपर्छ भन्ने सोंच बनाएँ । तर, कसरी र के गर्ने भन्ने प्रश्नको चित्त बुझ्दो उत्तर भेट्न सकेको थिएन । एकदिन मनमा यो गर्ने र त्यो गर्ने सोचिरहेको बेला बुवाको सम्झनामा संस्मरण लेखेर बिताउने सोचें । तर मलाई त्यो काम गर्न त्यती सजिलो छैन भन्ने राम्ररी थाहा थियो । हरेक दिन शोकमा डुबेर भावनासँग खेल्नु पक्कै चानचुने आँटले हुने थिएन । भित्र भित्रै जबर्जस्ती डबाएर राखेको पिडालाई कोट्याउनु आँफैलाई दुख्नु थियो । मैले भर्खरै पिडा कति दुख्छ, कति पोल्छ भन्ने अनुभव गरिसकेको थिएँ । फलत: मैले केही समय केही पनि नलेखेर बस्ने निधो गरेको थिएँ । मनमा लेख्नुपर्छ भन्ने भए पनि मानसिक रुपमा भने अझै लेख्न सक्ने भैसकेको थिएन । त्यसैले, बरु अरु नै काममा समय खर्चिनु बदी उपयुक्त हुने सोचें ।
मैले जुलाईदेखी ब्लग लेख्न पनि थालेको थिएँ । निरन्तर रुपमा लेख्ने नगरेको भए पनि बेला बेला मनमा आउने भावनाहरु सँग खेल्दा रमाइलो र हल्का हुने गरेकाले ब्लगलाई एउटा डायरी सोचेर लेख्न थालेको थिएँ । स्कुलको सानो कक्षामा हुँदा कथा, कबिता र गीत लेख्न खोज्थें । रोल्पामा हुँदा र पछी दाङमा पढ्ने बेलामा पनि नेपाली शिक्षिकहरुको आशिर्वाद रहिरह्यो । तर, जती कक्षा चड्दै गएँ, त्यसको बिपरित लेख्ने काम भने घट्दै गयो । एस.एल.सी. सम्म आइपुग्दा त झन लगभग बानी हटिसकेको थियो । कारण एउटै थियो, पढाईमा बदी नै समय दिनुपर्ने बाध्यता । काठमाडौंमा कलेज भर्ना भएको केही दिनपछी निबन्ध प्रतियोगिता भयो । लेख्न छाडेको धेरै समय भैसकेको भए पनि साहित्यप्रतिको रुची भने जीबित नै थियो । शिर्षक पनि मलाई मन पर्ने थियो,” समाज परिवर्तनमा विद्यार्थी बर्गको भूमिका “। मैले स्कुल र जिल्लामा हुने सबै प्रतियोगिता भाग लिने र जित्ने गरेको आत्मबिश्वास जगाएर प्रतियोगितामा भाग लिएँ । केही दिन पछी नतिजा आयो, मैले लामो अन्तरालपछी प्रथम पुरुस्कार जितें । त्यो निबन्ध नेपाली शिक्षिका मार्फत कलेज डाइरेक्टर र प्रिन्सिपलसम्म पुगेछ । अनी उहाँहरुबाट सुरु हुँदै सबै विद्यार्थीबाट मेरो राम्रै तारिफ हुनथाल्यो । एकपटक साहित्यप्रतिको मेरो रुची सानोमा झै पुनर्जीवित भयो । तर पढाई र सिर्जनालाई सँगसङै बदाउन नसकेर फेरी पनि निरन्तरता दिन सकेन ।
साहित्यसँग मेरो मिलाप हुन नसकेको भए पनि मभित्र साहित्यलाई माया गर्ने एउटा मन जहिल्यै बाँचिरह्यो । त्यसैले होला, मैले लगातार लेख्ने नगरे पनि जहाँ गए पनि एउटा डायरी र कलम भने सधैं मसँग नै हुने गर्दथ्यो । एकान्तमा कहिले काही जे जसरी आउछ त्यसलाई त्यसरी नै कोर्ने कोशीस गर्दथें । आक्कलझुक्कल डायरी लेखन बाहेक मैले लगभग साहित्यका बिधाहरु बिर्सिसकेको थिएँ । चाइना आइसके पछी साहित्यिक कृतिहरु पढ्ने मौका पनि जुरेन । कहिलेकाही अन्लाईन कथा, कबिताहरु भने पढ्ने गर्दथें । स्कुलका सिर्जनशील दिनहरु सम्झिएर चुक्चुकाउथेँ, लेख्न खोज्दा भने हात चल्दैनथियो । साहित्यिक पारखीहरुसँग त्यती संगत पनि हुनसकेन । यस अवस्थामा मैले साहित्य सिर्जना गर्न करीब करीब माया मारिसकेको थिएँ ।
केही समय अघी फेसबुक मार्फत केही स्रस्ताहरुसँग भेट भएको थियो । तर हाम्रो युनिभर्सिटी नयाँ ठाउँमा सरेपछी नेटको ब्यबस्था थिएन । ५ महिना कोठामा नेट नभएकाले सम्बन्ध त्यही रुपमा बद्न पाएन । त्यसैले, यसपालिको बिदामा नेटको ब्यबस्था पनि भएकाले संस्मरणको अलावा फेसबुक मार्फत साहित्यिक हस्तिहरुसँग चिनजान गर्ने र केही समय पढ्ने, लेख्ने र सिक्ने योजना बनाएँ । लगातारको पढाई र परीक्षाको थकानलाई केही दिन बिसाइसके पछी जनवरीको तेस्रो साताबाट फेसबुकमा केही समय दिन थालेँ । सुरुका दिनमा सहि मान्छे चिन्न र भेटाउन नै केही अप्ठ्यारो भयो । स्थापित र चलेका नामहरु खोजी गर्न थालें तर सबैलाई भेट्न गाह्रो भयो । यसै बखत मित्र अशेष यात्रुसँग सुरुमै भएको आत्मिय कुराकानीले निकै सजिलो भयो । उहाँको रचनामा टिप्पणी गर्नुहुने अग्रज र मित्रहरुलाई फेसबुक मित्रका लागि रिक्वेस्ट गर्दै, उहाँहरुको रचना पढेर जानी नजानी कमेण्ट गर्न थालेँ । आँफैले पनि केही लेखेर ट्याग गर्न थालेँ । हाम्रो प्रत्यक्ष भेट नभए पनि सबैसँग आफुलाई परिचित झै लाग्न थाल्यो । अनी रचना बाँड्ने, पढ्ने, प्रतिकृया लिने-दिने प्रकृया सुरु भएर लगभग मैले डेड महिनाको बिदा बितेको पत्तै पाइन । अरु साथीहरुलाई झन्झत लाग्यो होला तर, मलाई भने यसपालिको बिदा निकै छोटो लाग्यो ।
अहिले सोचिरहेकोछु, हिजो म कहाँ थिएँ आज कुन अवस्थामा छु । मेरो लिस्टमा थोरै परिचित नामहरु मात्र थिए, आज धेरै नामहरु चिनेकोछु । हिजो खाली थिएँ, आज केही भरिएकोछु । धेरै नामबाट म प्रभावित भएँ, केही नामहरु मेरो नामबाट पनि । कसैसँग म आँफैले सम्बन्ध बदाएको थिएँ भने कतिले मसँग । कतिलाई मैले आफ्नो नजिक ठानें त कतिले मलाई । अपरिचित मित्रहरुबाट प्रशंसा र सुझावको म्यासेजहरु निकै पाएँ । मबाट ठुलो आशा गरेर उपयुक्त परामर्शका लागि सम्बन्धको हात बदाउने थुप्रै मित्रहरु पाएँ । मैले जती गर्न सोचेको थिएँ, त्यती गर्न सकिन यद्धपी थोरैबाट धेरै नै पाएको महसुस गरिरहेकोछु । मलाई आजकाल फेसबुक मेरै गाउँको चौतारी जस्तो लागिरहेको हुन्छ, जहाँ म लाँखुरीको शीतलमा बसेर साथीहरुसँग रमाइलो कुरा गर्थें । मेरै समाजमा डुलिरहे जस्तो लाग्छ, जहाँ आफन्तसँग सन्चोबिसन्चो सोद्धै तलमाथि गर्दथें । मेरो चाहनाको एउटा बस्ती भेटेको छु, जहाँ म अशली शान्ती महसुस गर्छु र दुक्क भएर छिमेकीसँग भलाकुसारी गरिरहेको हुन्छु । मैले कल्पना गरेको एक सुन्दर र शालीन बातावरण पाउँछु । फेसबुकमा रहनुभएका बिभिन्न ब्यग्तिहरुको फरक धारणा र बिभिन्न कोणबाट निस्किएका बिचारहरु नियाल्दा नियाल्दै कुनै बैचारिक बहसमा पो छु कि जस्तो भाण हुने गर्दछ । अग्रज स्रस्ता र मित्रहरुका मन छुने भावनाहरुसँग डुबुल्की मार्दा मार्दै म कुनै साहित्यिक जमघटमा पो बसेको छु कि भन्ने आभास पनि गर्छु । म निर्धक्क भएर यि बिचार र भावनामा डुलिरहेको हुन्छु र आफुलाई पनि सामेल गराउने प्रयास गरिरहेको हुन्छु । यथार्थमा, म कुनै न कुनै हिसावले मलाई सिकाइरहेको सोचेर म सिक्न प्रयत्नरत हुन्छु र कुनै न कुनै रुपमा त्यही कतै आँफैलाई पनि खोजिरहेको हुन्छु । यसरी नै आफुलाई सिकाउदा सिकाउदै र खोज्दा खोज्दै बितेका हुन् मेरा यि डेड महिनाका हरेक दिनहरु ।
अब भने पढाई सुरु भैसकेको छ । अन्तिम सेम्स्टेर भएकाले झनै बदी समय दिनुपर्ने हुन्छ । हुन त समयको ब्यबस्थापन गर्न सकिएको खण्डमा अपुग भन्ने हुँदैन जस्तो पनि लाग्ने गर्दछ । तसर्थ, मैले थोरै भए पनि समय भने अबश्य छुट्याउने नै छु । फरक, मैले चाहेरै पनि बिदामा जसरी समय निकाल्न सजिलो हुनेछैन । मैले यस अबधिमा हासिल गरेको मुख्य चिज भनेको श्रदेय अग्रजहरुको मार्गदर्शन, सुझाव र हौशला नै हो । मैले भेटेको कुरा भनेकै स्रस्ता मित्रहरुको प्रोत्साहन, माया र सहयोगी हातहरु नै हुन् । मेरो लागि बहुमुल्य मोती यही साईनो नै हो । मेरो सबैसँग भेट होला नहोला तर पनि म यस स्वच्छ नातालाई कुनै पनि हालतमा तोड्नु वा बिर्सनु उचित ठान्न सक्दैन । तपाईंहरुको प्रेरणाले मलाई पनि भित्रैदेखी केही गर्ने आशा जागेर आएकोछ । कम्तिमा पनि आफ्नो मनका भावनाहरु शब्दमा अभिब्यक्त गर्ने प्रयास जारी राखिरहनु नै मेरो लागि ठुलो उपलब्धी हो । निस्वार्थ सम्बन्ध स्वरुप चिनोको रुपमा पाएको यो उत्साह कहिल्यै गुमाउन चाहन्न । अग्रजहरु बिक्रम सुव्वा, कृष्ण वस्ती, दिपक खड्का, रामकुमार श्रेष्ठ, रमा गौतम, डा. रबिन्द्र समिर, मनु लोहोरुङ, चुम लिम्बु, दीप्स शाह, बसन्त गौतम, दिपक कथित, के.बि. चाम्लिङ, शशी थापा सुब्बा, हेमन्त परदेशी, बिमल गिरी, आशांक उपाध्याय, बासु ढकाल, महेश क्षेत्री, …
मित्रहरु असेष यात्रु, अशोक पार्थिव तामाङ्, तिब्बत दर्लामी, बेदनाथ पुलामी, बि.जे. वान्तवा, चिन्तन शर्मा, निश्प्रभ सजी, बिनय शाह, कोशराज श्रेष्ठ, मधु श्री, किरण टि लिम्बु, तुफान शान्त, मदन डुम्रे, समदर्शी काइँला, बलदेव भट्ट, मनु ठाडा, मिना वान्तवा, राज श्रेष्ठ, अनुकुल प्रकाश, आले माहिला, कृष्ण पाण्डे, सान्निध्य, सौरभ ओली, सानु हजुर, निता पाठक, मोहन पुलामी, बिष्णु प्याकुरेल, सबिता गुरुङ, प्रकाश गौतम, बि.बि. लामा छिरिङ, प्रेम गौतम, केदार श्रेष्ठ, नील बहादुर खड्का, कुल मगर, मनोज मगर, योगेन्द्र थापा, दिपक परीयार, मिना थापा, गिर रोदन, अमिता लामा, ट्रेसा ट्रेसा, नर बहादुर बुढा, दिशरा थापा, खेमराज गाउँले, राजन पाण्डे, बिनय पुन, हिमा पुन, जीवन थापा, धिरेन तुलाधर, लेखनाथ सजग, नरेन्द्र शाह, साहस घर्ती, सोनिया भण्डारी, …
आदरणीय पूर्ण पुन, राजेन्द्र 'राजु' थापा, दामोदर प्रशाद आचार्य, प्रकाश सुनुवार, एली शेर्पा, जे.बि. राई लगायत नाम उल्लेख गर्न नसकेका सम्पूर्ण अग्रज, मित्रजन र शुभेच्छुकहरुमा हृदयदेखी आभार प्रकट गर्न चाहन्छु । म सधैं तपाईंहरुको उत्तरोत्तर प्रगतीको कामना गर्न चाहन्छु । रचनाहरुमा पहिले झै कमेण्ट गर्न नसके पनि सम्भवजति पढ्ने आशा राखेकै छु । यहाँहरुले मेरो फुच्चे बिचारमा दिनुभएको समर्थन, भावनामा दिनुभएको साथ, गल्तिमा दिनुभएको सुझाव, प्रयासमा दिनुभएको हौशला र माया तिरेर तिर्न सक्ने गुण कदापी हुँदै होइन । म सधैं यस्तै साथ र हातहरुको अपेक्षा गरिरहनेछु । आफ्नो शब्द टुङ्याउनु अघी मभित्रको कलिलो बैचारिक मुनालाई सिचाई गरिदिनु हुने र साहित्यनुराग पुनर्जीवित गरिदिनु हुने सबैप्रती कृतज्ञ छु ।
धन्यवाद ।
12 March,’10

Subscribe to:
Posts (Atom)