Tuesday, November 2, 2010

उस्तै-उस्तै


र, जिन्दगी ।
जोड-घटाऊ
र, चमत्कार
अचेल उस्तै-उस्तै ।

सिद्धान्तका लामसङै
प्रमाणित लघुसैद्धान्तिक थुप्रो
गणितका सुत्र र सुत्राधारहरु
बैज्ञानीक तथ्य
आविस्कार र आविस्कारकहरु
किन्दै, पढ्दै, घोक्दै
निर्मित एक प्रयोगशाला
अर्को नौलो चमत्कार
सत्य दुरुस्ट उस्तै उस्तै ।

आफ्नै जीवनको अभ्यासमा
नमिलेको हिसावकिताव ।
आफ्नै आविस्कार गर्न चुकेको
एउटा अनुसन्धानकर्ता ।

दिग्गज मगजभरी
अन्जान-अबुझको पगरी
लगन-परिश्रमको भारी
आत्मबिश्वासको खडेरी
फेरी पनि उस्तै-उस्तै ।

जोड्यो, झन घट्छ
घटायो, फेरी जोडिन्छ
बालुवामा पानी खन्याउनु
पानीमा बालुवा पोखाउनु
उल्तो-सुल्टो, सुल्टो-उल्तो
सधैंलाई उस्तै-उस्तै ।


हुनु र नहुनु
शायद
उस्तै उस्तै ।
22 Oct,’10

2 comments:

  1. चन्द्र जी ! हुन् त हरेक चिजहरु र घटनाहरु उस्ता उस्तै त हुदैनन तर अहिलेको परिबेसमा त्यस्तो देखिन गएको मात्र हो! मान्छेका नियतहरु खराब हुन् गए'छि !

    ReplyDelete
  2. खोई! बेदनाथ जी, दुनियाँले फिजाएका भ्रम र सत्य खोतल्ने कोशीस मात्र हो । उस्तै उस्तै र दुरुस्तै हुन असम्भव होला तर पनि परिस्थितीले हावी गराएको हुनुपर्छ ।
    प्रतिकृयाका लागि धन्यवाद है ।

    ReplyDelete