Monday, May 17, 2010

गजल - मेरो जीत ठानें

तिमीसँग चोखो नाता, गाँस्नु मेरो जीत ठानें ।
तिमी सँगै सधैं बाँच्नु, हाँस्नु मेरो जीत ठानें ।

समीपमा भेटें जब सुकोमल निष्छल् भाव
मन्का सारा अबिश्वास, नास्नु मेरो जीत ठानें ।

पिरतिमा समर्पणको हृदय साक्षी पाएँ पछि
तिखो तिखो काँडाहरु, मास्नु मेरो जीत ठानें ।

अन्धकारलाई हटाएर उज्यालोको पर्खाइमा
बिहानीमा भालेसँगै, बास्नु मेरो जीत ठानें ।

अनगिन्ती दुनियाँको असंख्य यो भिड्मा पनि
नयनमा तिम्रै रुप, टाँस्नु मेरो जीत ठानें ।
16 May,’10

3 comments:

  1. दामी रहेको छ ! चन्द्र जी !

    ReplyDelete
  2. बेद जी, प्रतिकृया दिनु भएकोमा धन्यवाद । शिकारु हुँ, कृपया, सल्लाह सुझाव दिन नभुल्नुहोला है ।

    ReplyDelete
  3. http://www.facebook.com/note.php?note_id=394085431443

    ReplyDelete