Tuesday, May 18, 2010

गजल - चुक्यौं हामी

रुदै रुदै भेट्यौं हामी रुदै रुदै छुट्यौं पनि ।
हाँसिखुशी बस्यौं हामी पल पल लुट्यौं पनि ।

धरतीको दुई कुना टाढा टाढा भएर 'नि
दुई मन दुई मुटु एकै ठाउँ जुट्यौं पनि ।

बिचार र भावनाले बेस्सरी नै कस्सेपछी
भित्रभित्रै अकारण निकै जोडले फुट्यौं पनि ।

जीवन् जिउन जीवनकै वाचा कसम् गर्यौं हामी
हराभरा पल्लव् मुना टुप्पोबाटै थुट्यौं पनि ।

यात्रा पुरा गर्न एउटा बिन्दुलाइ ताकेकाथ्यौं
बिसाउने निहु गरी धेरै बेर सुत्यौं पनि ।

अजम्बरी प्रेम जोडी बन्ने लक्ष्य बिर्सिएर
निमोठेर सपनालाई नराम्ररी भुट्यौं पनि ।

केही बेरमै टुहि जाने मायाजाल सफल् पार्न
आँखा चिम्ली निधारमा चुट्नसम्म चुट्यौं पनि ।
17 May,’10

1 comment:

  1. Staring at the MOON so blue
    turning all my THOUGHTS to you
    As you melt this HEART of stone
    you take my HAND to guide me home
    And now....
    I am in LOVE
    Holding your HAND
    I won't fear of tomorrow
    Here where WE stand
    We'll NEVER be alone.

    ReplyDelete