Sunday, May 9, 2010

गजल - आमाहरु

हुरीबतास चलिरा'छ, झ्याल ह्वाङै होला ।
चिसो बदिरा'छ कठै ! जिउ नाङै होला ।

जुरेलीले चारो टिप्दा, कटक्क मन खायो
खाइसक्यो, खाँदैछ कि, पेट भोकै होला !?

भर्भराउदै बल्न छाड्यो, निभ्यो घरको आगो
चुल्हो सम्झी बिरानोमा, आशु झार्दै होला ।

सपनीमा शिरानीमै, फुलिराथ्यो फूल
बा-आमाको आशिर्वाद, साकार पार्दै होला ।

क्षण-क्षण निमेषमा, उसैको छ याद
मनमुटु सम्हालेर, खाममा सार्दै होला ।
04 May,’10
ति महान आमाहरुलाई, जो आफु निरक्षर भएर पनि सन्तानलाई साक्षर-सफल बनाउन चाहन्छन ।
ति महान बुवाहरुलाई, जसले आँफै दु:ख सहेर पनि सन्तानलाई सम्पन्न र सुखिखुशी देख्न चाहन्छन ।
ति आमाहरुको नाममा, जसले मुटुको टुक्रो आफ्नो सन्तानहरु भन्दा धेरै टाढा रहेर रातदिन आसुँ बहाइरहेका छन् ।

4 comments:

  1. http://www.facebook.com/profile.php?id=628643762&ref=profile#!/note.php?note_id=389959521443

    ReplyDelete
  2. चन्द्र जी ! तपाइको भाव लाइ सदा सलाम !
    छोरो होस् त यस्तो !!

    ReplyDelete
  3. धन्यवाद बेद जी । आमाको बारे केही बोल्ने र लेख्ने सामर्थ्य नहुँदा नहुँदै पनि कोशीस गरें, मन पराइदिनुभयो । आमा साईनो र शब्द आँफैमा पूर्ण छ, कुनै व्याख्या बर्णन गर्न आबश्यक छैन । आदर्श र महान मात्र होइन, सबै सबै हुन हाम्रा आमाहरु ।
    प्रतिकृयाका लागि आभारी छु ।

    ReplyDelete
  4. आमाको मुख हेर्ने दिनको अबसरमा लेखेको थिएँ, भावनालाई बिधागत नियमभित्र वाधेर गजल बनाउन नसक्नुमा माफि चाहन्छु । यो अबश्य पनि साहित्यप्रतिको अन्याय हो । तर पनि यसलाई गजलकारहरुले आफ्नो अपमान नठानिदिनुहोला । बरु एक साहित्य अनुरागिले गरेको सानो कोशीस र सम्मान सम्झेर सल्लाह सुझाव दिन कजुस्याइ नगरिदिनु होला ।
    हो, 'आमा' शिर्षकमा गजल लेख्न सक्ने मेरो हैसियत छैन । आमाको बारे बोल्ने मेरो सामर्थ्य नहुँदा नहुँदै पनि कोशीस गरें, मन पराइदिनुभयो ।
    'आमा' शब्द आँफैमा पूर्ण छ, 'आमा' साईनो आँफैमा पवित्र छ, पर्याप्त छ । कुनै व्याख्या बर्णन गर्न आबश्यक छैन अर्थात जती नै व्याख्या गरे पनि कम नै हुनेछ । आमाहरु आदर्श र महान मात्र होइनन, हाम्रा लागि सबै सबै हुन हाम्रा आमाहरु ।
    मिठो प्रतिकृयाका लागि सबै अग्रज र मित्रजनमा आभारी छु ।

    ReplyDelete