Saturday, May 1, 2010

फेरी हुरी आउँदैछ


हावा चल्दैछ
अब हुरी चल्नेछ ।

हावा-हुन्डरि चल्नु
बादल लाग्नु-फाट्नु
पानी दर्किनु-रुक्नु
प्रकृतिको नियम नै हो
सजीवताको प्रमाण पनि ।

तर प्रकृति कैलेकाही
भयन्कर बनेर आउछ 
सजीवताको भिन्न रुप धारण गरेर ।

धेरै पहिले,
एक्कासी बादल खेरिएर
आकाश गजधम्म दाकेपछी
चट्याङ र बर्षाले एकैचोटि
सन्त्रास ल्याएको थियो रे!
रोगको महामारी मात्र नभएर
भोक र शोकले हाहाकार मच्चाएको थियो रे ।

मेरै बाल्यकालमा,
सलहहरुले भुइलाई छोपेर
धर्तिभरी रजाई गर्दा
अचानक दिउसै रात परेको थियो
लगत्तै खडेरीले अनिकाल ल्यायो 
बाँच्नलाई मान्छे र जन्तुहरु
सिस्नोको जरो उधिनिरहेको देख्थें ।

यद्धपी,धेरै पटक भने
बादल मडारिन नपाउदै
सलहहरुले घाम नछेक्दै
लगातार चलेको हुरिले
बादल र सलहलाई उडाएर
आकाश छ्याँग खोलेको थियो ।

अस्ती परेको मौसमी झरिले
पातका धुलोहरु पुछिदिदा
बातावरण निकै खुलेको थियो
बतासले बुदो रुखहरु दालेको थियो
नौरङी इन्द्रेणी प्रकट भएकी थिइन
नयाँ बिरुवाहरु पलाए र सप्रिए पनि ।

यताउती नियाल्दा आज
दुर्घन्धको आभास गरेको थिएँ
आकाशतिर चियाउदा
बादल जम्मा हुँदै गरेको थियो
केही सलहहरु सल्बलाउदै थिएँ
लाग्यो,
कतै प्राकृतिक अनिकाल, महामारी
वा कुनै अनिष्टको पूर्वसंकेत त होइन!?

आशा छ मलाई
यो हावा, यो हुरी
यो चट्याङ, यो झरी
तिनै सलहहरु भगाउनलाई हो
त्यो कालो बादल फटाउनलाई हो
भीषण बर्षा र हुरी पश्चात
वरीपरिका कसिङरलाई हटाएर
फोहोरका डङुरलाई बगाएर
स्वच्छ बातावरण छर्लंङ खुलाउनलाई हो
किन कि,
अहिले हावा चल्दैछ
अव फेरी बेस्सरी उस्तै हुरी चल्नेछ ।

२९ अप्रिल, २०१०

वयफ्याङ, चाइना

1 comment:

  1. http://www.facebook.com/#!/note.php?note_id=386831086443

    ReplyDelete