Friday, November 13, 2009

शब्द धुन

संगीतको धुन
सुरिलो भजन
कलाको दुरुपयोग ।

क्रान्तिकारी नारा
अस्पष्त भिजन
अराजक प्रब्रिती ।

मिठो कबिता
चाप्लुसी गुणगान
शब्दको अनादर ।

न्यायको फैसला
कुतर्क बहस
कानूनी नौटन्की ।

नेताको जय
जनता पराजित
चेतनाको नापतौलो ।

भँगेरा बोली
कछुवा गती
बिकासको रुप ।

जल धनी
प्यासले मृत्‍यु
काकाकुलको हर्ष ।

प्राणको मुल्य
पैसाले राहत
गोहिको आसुँ ।

पशुको जन्तु
हिन्स्रक बानी
राक्षस मान्छे ।

अपुग बजेट
सम्पन्न अगुवा
भ्रश्त राजनेता ।

भिखारीलाई दया
गर्भवती भत्ता
ब्यापारी सांसद् ।

जनताको मुक्ति
मुसालाई दुलो
स्यालको दाउ ।

एक्लो मानवसागर
एकताको सन्देश
भ्रमको खेती ।

हातमा छुरी
रगतको होली
विश्वासिलो शान्ती दुत ।

रसिलो फूल
माहुरीलाई अमन
नेपालीको खुशी ।

मृत्‍युको खबर
अभावको जीवन
कर्णप्रिय गीत ।
09 Nov,09

7 comments:

  1. चन्द्र जी, तपाईका यी हाइकुहरु सार्है सरल र घतपूर्ण लाग्यो । ब्लग निकै राम्रो लाग्यो यसअघि छिरेको थिएँ । छिमेकमा तपाईका ब्लग ढोकामा आएँ भित्र बोलाउनुहुन्छ होला हैन् ?

    www.onlinekhaskhas.blogspot.com

    ReplyDelete
  2. धन्यवाद, राजेश जी ।
    पहिलो प्रयास हो, खै कुन्नी के कस्तो भयो ।
    अनी अबश्य स्वागत छ तपाईंलाई मेरो ब्लग संसारमा ।

    ReplyDelete
  3. ...mild in mimesis with sharp feelings.
    ...lucid in style and vivid in meaning.
    Two thumbs up!!

    ReplyDelete
  4. Thank you so much for loving my Dhoon.. now you are anonymous so i dont know you but hope to know you personnely in future.
    Thank you once again!

    ReplyDelete