Tuesday, July 21, 2009

दुई जन्म र दुई न्वारन

आज श्रावन ६, म निकै खुशी छु । आज मेरो ब्लगको जन्म भयो, आज नै न्वारन पनि गरे यो ईन्टरनेटको संसारमा । मैले ब्लगको सुरुवात गर्ने दिन आज नै उचित ठाने किन कि हाम्रो घरमा आज अर्को न्वारन पनि भैरहेकोछ र परिवारमा खुशीयाली छाईरहेकोछ । कान्छी दिदीको कोखबाट अस्ति आषाढ ३१ गत्तेको (जुलाई 15) दिन भान्जिको जन्म भएको थियो । आज उनैको न्वारन संगै मेरो ब्लगको पनि न्वारनको साइत जुराउन मन लाग्यो, त्यसैले यही दिन कुरेर बसे । नयाँ दुई यात्रीको फरक यात्रा अनबरत अगाडि बदिरहने आशा र कामना गर्दछु । अनि अर्को हर्षको कुरा, म पनि उनिहरु सँग संगै सधैं भरि साथै रहने अपेक्षा लिएकोछु । सुरु भईसकेकोछ हाम्रो अनन्त यात्रा । अब हामी नथाकेर अघि बदिरहनु पर्दछ, निरन्तर-निरन्तर....

3 comments:

  1. बधाई चन्द्रजी भाञ्जीको जन्मको र ब्लगको शुरुवातको!

    भाञ्जीलाई स्वस्थ, सफल र दिर्घायु जीवनको शुभकामना!

    ब्लगमा निरन्तरता र सफलताका लागि शुभकामना!

    ReplyDelete
  2. happy birthday to ur bhanji and blog too.


    narendra yadav,saptari

    ReplyDelete
  3. thank you alot Basanta dai n Narendra.

    ReplyDelete