Monday, July 27, 2009

आजको मेरो दिन

आज दिन नै त्यती उत्साहजनक रहेन । खाना खाएर रामायणको केही भाग हेरे । साँझ ५:३० तिर सन्तोषको जबर्जस्तीले मात्र भलिवल खेल्न गए । भलिवल खेलेर रनिङ पनि गइन । एक्कासी टाउको दुख्न थाल्यो । कोठामा आएर नुहाउन बाथरुम पसे तर जाडोले काम्न पो थाले । मन तातो पानीले निकै बेर नुहाए । यसपाली धेरै पछी दुखेको हो, नत्र त प्राय दुख्ने गर्दथ्यो । सोचेथे, नेपाल सरकारले भारतबाट लिउने भनेको हतियार प्रकरण, सर्बोच्च अदालतले उपराष्त्रपति परमानन्द झालाई हिन्दी भाषामा खाएको शपथ अबैधानिक ठहर गरेको, क. अनन्तसँग पहिलो चोटि भएको च्याट, नेपालमा बादिपहिरोले गर्दा घर परिवार गुमाएका पिडा, रामायणमा मलाई प्रभाबित पार्ने घटना र पात्रको बारे सामान्य चर्चा गरुला तर आँफै अली अस्वस्थ भएकोले केही लेखिन । टाउको दुख्न अली कम हवस र सुतुला भन्दा भन्दै २ बजिसक्यो तर कम हुनु त कता हो कता झन झन पो बद्ढै गैरहेको छ । यती नराम्ररी त पहिले कहिल्यै दुख्ने गरेको थिएन । फेरी घरि घरि छाती पनि अली दुखिरहेको छ । अब त जसो तसो आराम गर्नु पर्ला ।

2 comments: