बिरताको चिनो
गौरवपूर्ण गाँठा
लाहुरे दाजुहरु
सिर्जनशिल दाँचा
स्वदेशको
माया गर्ने सच्चा सपुतहरु
सजेको चाहने
नेपालको पखेरु ।
ज्यानको बाजी
थाप्ने सिपाही भए नि
जन्मभुमिको
शान राख्ने छौ स्वाभिमानी
पसिना बगाइकन
कष्टमा दिन कटाएर
ज्योति छर्न
चाहेछौ शैक्षिक किरण फिजाएर ।
जिप्सरुपी
सुर्यको भएकोछ उदय
नफस्टाएको
देशमा शिक्षाको बिजय
समाजको बिकृति
पुरै हटाउनलाई
लाग्दैछ जिप्स
देशको नाम उकास्नलाई ।
सयौ युवाको
पाखुरी लगाइएको छ यहाँ
धेरै उन्नत
बिउ पनि छरिएको छ यहाँ
भावी सन्तान
यसैका सक्षम होलान कि
लाहुरेका
सन्देश बुझी प्रगती गर्लान कि ।
चोखो र निश्छल
भाव यसैमा समेटिएकोछ
अनुशासनको
सिमा कोरी ज्ञानपुन्ज बनाइएकोछ
मिलिजुली
पढि लेखी योग्यता लिदैछन
प्रकाश छावस
गाउँ शहर जिप्सलाई हेर्दैछन ।
उद्देश्य
बिना हतारिने शैक्षिक भिडमा
गन्तव्य लिइ
बदेकोछ नयाँ शैलिमा
कामना छ जिप्सलाई
आफ्नो लक्ष्य चुम्नु
लर्बराए नि
कैले काही अगाडि नै बद्नु ।
२८ पौष, २०५९
रब्बे, घोराही
दाङ