गाउँ भन्नु गाउँ हो
शहर भन्नु शहर नै
यही नै त छ भिन्नता ।
शहरको जननी हो - गाउँ
शहरीयाको पुर्ख्यौली हो -
गाउँ
गाउँ सुसम्पन्न हो
शहर सुसज्जित हो
ए! मेरो साथी, आउ
हामी सँग-सँगै एउटा ठाउँ जाउँ
।
गाउँको त्रिष्णा मेट्नलाई
मैले कसरी शहर रोज्नुँ?
यहाँ गाउँमा जस्तै
कहाँ हुनु - स्वच्छता
कहाँ देख्नु - सुन्दरता
कहाँ पाउनु - आत्मियता
धेरै नै भो गाउँ नगा’को पनि
ए मेरो साथी
म त अचेल पाखे भाछु ।
ए शहरीया साथी!
गाउँ सजाउनलाई
जाउँ मसङै हिड उतैतिर ।
२८ मार्च, २०१२
धापासी, काठमाडौं
No comments:
Post a Comment