यसैलाई भन्दा हुन
चखेवाका जोडा-जोडी ।
टुसाहरु सङै
मन पलायो होला
कोपिला हुँदै
प्रेम फुल्यो होला
र त यो सुघन्ध फैलियो ।
सन्तान मोह
पुष्टाको आश
बंशको निरन्तरता
चरम सुख हो कि!
असह्य पिडा भोग्नुछ
तर प्रसव रहर छ
जन्म दोधार छ
तर विश्वाश छ ।
उ जन्म्यो
खुशी भएँ
उ रोएन
छट्पटिएँ
जोडले रोयो
सबै हाँस्न थाल्यौं
बिपरित
तर कस्तो यो
पर्याय सम्बन्ध!
जनम - भय
मृत्यु - भय
अनौठो जीवन - मान्छेको
यही रैछ खुशीको चाङ ।
०३ मे, २०१२
धापसी, काठमाडौं
No comments:
Post a Comment