सयौको माझमा
पनि बिरानोमा एक्लो छु म
हाँसी रहे
झै गरे पनि आसुँ लुकाइ रुदैछु आज
हर्षित पार्न
मनलाई भौतारिदैछु उनकै लागि
पर्खि पर्खि
बसेकोछु फर्क मेरी शान्ती!
कोइ जादुगरले
लायो कि मोहनी तिमीलाई
निष्ठुरी
बनिकन छाडेर हिड्यौ मलाई
नदेखाउन अरुलाइ
चाहेको जस्तो नानाभाँटी
रातदिन बिलापमा
छु फर्की आउ है शान्ती ।
पश्चिम पुगें
लुम्बिनी भेटेन कोइ पनि
मध्य भ्याएँ
स्वयम्भु र पशुपती घुमी
जहाँ धाएँ
मनमा तिम्रै अभाव कान्ती
पूर्व लागें
तिमीलाई पाउने आशमा शान्ती ।
धेरै थिए
साट्नु पर्ने कुराहरु जीवनका
सत्य थिए
वाचाहरु झुटा होइनन यौवनका
सोध्न गएँ
भ्रिकुटीलाई भेटिइन जानकी नि
सवै भन्छन
मेरो लागि तिमी नै हौ रे शान्ती ।
बोलाए नि
अरुले तिम्रो नाम चिच्याइ चिच्याइ
अङाल्न आतुर
छु पिरतीको मान्द्रो बिछ्याइ
मौनतामा भित्र
भित्रै तिम्रै याद झलझली
फूलमाला उन्न
थाल्छु आउ है मेरी शान्ती ।
चाडै आउ है
मेरो आँखाको ज्योति बनी
हुने छ संसार
हराभरा नत्र खरानी
टद्पिदैछु
एक्लै एक्लै तिम्रै नाम जपी
चौतारीमा
कुर्दै हुन्छु आउ है प्यारी शान्ती
मेरी मनकी
प्यारी शान्ती ।
११ भाद्र
२०६१
थसिखेल, ललितपुर