मेरो गाउँ
म सम्झिन्छुँ
म सम्झिन्छुँ
पल्लोपट्टि एकछाङे भिर
भिरमा पहरा
पहरा माझ एक गुफा पनि ।
पहरा र गुफाभरी
लस्करै झुन्डिएका
अनगिन्ती चमेराहरु
हरेक दिन
म चमेरा चियाउछु
हरेक साँझ
म चमेरा चाहार्छु
चमेराहरु झुन्डि नै रहन्छन ।
अचेल मलाई खुब याद आउछ
तिनै पहरा र गुफाहरु,
उधोमुन्टो झुन्डिएका चमेराहरु
अनी तिनले थुपारेका बिस्टाहरु ।
अचेल फेसबुक भित्ताभरी
त्यसरी नै झुन्डिएका देख्छु
महान दार्शनिकहरु
र, तिनले बिसाएका
आदर्शका थुप्रोहरु ।
ति चमेरा र दार्शनिकहरु
एकै प्रजातिका होइनन
तर समानता छ
उभिण्डोमुखी बाँच्छन
बेला कुबेला उड्छन
बेला कुबेला उड्छन
उडिरहन्छन अध्यारोमा
न भुई टेक्ने आँट गर्छन
न त आकाश छुने नै ।
03 September, 2012
पोखरा
(म पोखरा घुम्न गा'को मेसोमा चमेरे गुफा अबलोकन गर्ने अबसर पनि मिल्यो । त्यहा उभिन्दोमुखी झुन्डिएका चमेराहरु देखेर आफ्नो बाल्यकाल सम्झिएँ । बाल्यकालका ताजा सम्झनाहरु सँग बर्तमान अनायास जोडिन पुग्यो । आजभोलि फेसबुकका भित्ताभरी महान दार्शनिकका झै लाग्ने आदर्शवादी उक्तिहरु उसैगरी झुन्डिएको भाण भयो, जो अधिकांश यथार्थ भन्दा धेरै नै मनोगत र एकांकी लाग्छ । मैले धेरै पछी कबिता कोरेको हुँ, यसलाई चमेरे गुफाको चिनो पनि ठानेको छु ।)
No comments:
Post a Comment