# जनतालाई भेडा ठानेर आन्दोलनमा सहभागि गराउने र जबर्जस्ती चन्दा उठाउने प्रचण्ड वा नेत्रित्वहिन र असक्षम माधवको रोदी घर होइन, नेपाल । अब हामीहरु उनिहरुको पछाडि उभिने जनता होइन, अगाडि उभिएर प्रश्न सोध्ने र उत्तर माग्न सक्ने जनता हुनैपर्छ ।
01 May,’10
( बिनय जी, जनता भेडा हुँदै होइनन तर बिडम्बना नै भन्नु पर्छ नेताहरुले भने त्यस्तै मानसिकता पालिरहेका छन । मेरो बिचारमा जनता महान हुन, अजेय र निर्बिकल्प शक्ति हुन अर्थात यसो भनौ सर्बशक्तिमान हुन । त्यसैले आफ्नै मगज प्रयोग गरेर समयको बर्बादी मात्र होइन कि आफ्नै जीवनको बर्बादी नगरौ । नेपाली शान्ती संबिधान र सम्रिद्ध चाहन्छौ तर ति प्राप्तिका लागि बन्द हडतल र अस्तब्यस्तता समाधानको मार्ग नबनाइयोस । हरेक समस्याको समधान हुन्छ तसर्थ फरक दाङअले निकास निकाल्न तिर सोच्नुपर्दछ । संबिधानसभाको ठुलो दल भएका नाताले माओवादीप्रती जनताको असीमित आशाका अलावा सशास्त्र द्वन्दमा सहिद भएकाहरुका तेह्रौ हजार परिवार, घाइते अपाङ्ग, बेपत्ता नागरिकहरुलाई सम्झाउने बुझाउने थप जिम्मेवारी बोकेकोछ । अन्य संसदिय पार्टीकै तरिकाले चल्ने भए त त्यो योगदान र बलिदानको कदर हुँदै भएन । तपाईंले भन्नु भए जस्तै आफनो रगत सचेत तरिकाले चडाउनू के चानचुने चेतना अबश्य होइन । जुन सपना थियो, त्यो अहिल्यै पुरा गर्न असम्भव भए पनि कम्सेकम त्यो मार्ग भेटाउनलाई खोजी त गर्न सकिन्थ्यो होला । त्यसका लागि अली भिन्नै तरिकाले कोशीस गरेको भए जनसागर श्वासफुर्त खबर्दारी गर्न निस्किनेछ, समर्थन र बलिदान दिन तयार हुनेछ । तर सटही रुपमा हेर्दा मुद्धाहरु गम्भिर भएर इमान्दारिपुर्बक उठाएको हो र त्यसैको उपज यो आन्दोलन हो भन्ने विश्वाश गर्न हिच्किचाइरहेको छु । हाललाई मेरो दृष्टिमा प्रचन्ड र माधवको 'मैले यो राम्रो गरें, उसले त्यो नराम्रो गर्यो' को जुहारी मात्र त होइन ? भन्ने आशंका छ । आशा गरौ त्यसो नभैदियोस । एउटा निकास निस्केर चाडै समस्याको समाधान भैदियोस ।
तपाईंको बिचार एउटा भिन्न कोण र धरातलबाट आएकोले मलाई स्विकार्य छ । तर मैले भन्न खोज्नुको अर्थ अनर्थ नलगाइयोस भन्ने चाहेको मात्र हुँ । तपाईंको मार्क्सवादिय दर्शन अनुसार प्रस्त बिचार राख्नु भयो खुशी लाग्यो । तपाईंबाट यस बारेमा मौका मिल्दा यसरी नै सिक्दै जाने आशा गरेकोछु । म सधैं सचेत जनताकै पक्षमा छु, जनता स्वयम सचेत भएको खन्दमा प्रचन्ड र माधव मात्र होइन कोही पनि नेताले जनता माथि खेल्वाद गर्न सक्ने छैनन । स्वत: नेता सभ्य र सक्षम हुनेछन । देशको मालिक ठान्न छाडेर आफुलाई देशको सेवक सोच्नेछन ।
कमेन्ट गर्नु हुने तथा लाइक गर्नु हुने सम्पूर्ण दाजुभाइ दिदिबहिनीहरुमा धन्यवाद !)
# प्रचण्डले कार्यकर्तालाई झनै अनिशितकालिन हडताल गर्न लगाएर जनजीवन अस्तब्यस्त पार्ने होइन, माधवले सुरक्षा अंगलाई प्रतिकारको नाममा बोली रोक्न गोली हान्न आदेश दिने होइन । हरेक समस्या समाधानरहित हुँदै हुँदैन, जुहारी खेल्न छाडेर निकास निकाल्नतिर सोच । समय छदै र स्तिथी नबिग्रदै सहमति गर, अब त मिल ।
02 May,’10
# आशा छ, कामना गरौं, अबको आमहडताल संयमित र शान्तिपूर्ण तरिकाले लोकतान्त्रिक अभ्यासका रुपमै अघी बद्नेछ, बदोस । 'समय' नियन्त्रण भित्र रहदै छिटो भन्दा छिटो सहमतिको बिन्दुमा पुगोस । एकजना जर्नेलले भने जस्तो 'म्यान पावर होइन फाएर पावर'को स्थिती नआवासोस । एउटा पार्टीको सामान्य सदस्य के पि ओलीले दिल्लीको षड्यन्त्रकारी शपथपछी मन्त्री क्वार्टरमा बसेर दमनको आदेश गर्ने दिन नदोहोरियोस ।
02 May,’10
# ने. क. पा. एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टीभित्रको अनुशासन उल्लङन गरेकाले उनलाई अबश्य कारबाही हुनुपर्छ तर जनताको आकांक्षा बिरुद्ध बोल्दै हिंड्ने र आफ्नो मर्यादा नाघ्ने दिल्ली दरबारका अघोषित दूत एमालेकै केन्द्रिय सदस्य के. पि. ओलीलाई पहिले कारबाही गरिनुपर्छ ।
03 May,’10
(म विद्यार्थी हुँ, मेरो क्षेत्र राजनीति पनि होइन, समाज र जनसेवा हो । तर राजनैतिक अस्थिरताले गर्दा सबै कुरा लथालिङ भैदिदा मैले आफ्नो चासोको कुरा गर्नै पाएको छैन । यतिखेर मैले कुनै पार्टी बिशेषलाई अर्थात नेतालाई समर्थन गर्न चाहन्न । मेरो आफ्नै बुझाई अनुसार कसले सहि र कसले गलत गर्दैछ भन्ने कुरामा मेरो नैतीक सहयोग हुने नहुने त्यो छुट्टै होला । तर यतिबेला नेपालमा राजनैतिक जुन घटनाक्रम देखिदैछ त्यसले अबश्य पनि मुठभेद निम्तिनेछ र हामी अगाडि होइन पछाडि फर्किनेछौ । शान्तिप्रकृया निश्कर्षमा नपुगुन्जेल र संबिधान जारी नहुन्जेल मैले चाहेको सुन्दर सम्रिद्ध शान्त नेपाल र सुखिखुशी नेपाली हो । दलहरु बिचको असहमतीले दश बर्षिय जनयुद्ध र जन आन्दोलनको उपलब्धीहरु पनि गुम्ने खतरा रहन्छ । तर कहिले काहि लाग्छ, कतै नभएका नेताहरु नेपालमै जन्मिएका रहेछन, संसारमा कहि नहुने राजनीति पनि नेपालमै हुदोरहेछ । देश र जनताको स्वार्थ भन्दा आफ्नो ब्यक्तिगत चाहनामा शासन सत्ता चल्दोरहेछ । जनयुद्धलाई मैले नजिकबाट देखेको भोगेकोछु त्यसैले मलाई फेरी गृहयुद्धको डर छ । हामी नेपाली मिलौ भन्ने मेरो चाहना मात्र हो ।)
# माधव नेपालको बिकल्प प्रचण्ड नै हुन नसक्लान तर उनले प्रधानमन्त्रीको कुर्सी छाड्नैपर्छ । उनी राष्ट्रिय सहमति कायम गर्न अयोग्य, असक्षम र असफल भैसकेको अवस्थामा कम्सेकम पनि अलिकती नैतीकताको आधार बचाइराख्नु नै भाबी राजनीतिका लागि बुद्धिमानी ठहरिनेछ । यो नै उनको राजनैतिक जीवनका लागि बाँकी गोरेटो या अन्धकार यात्रा हुनसक्नेछ ।
04 May 5, 2010
# प्रचण्डले प्रतिकुल अवस्थाका वावजुद जनयुद्ध थाल्ने आँट गरे र सशस्त्र युद्धलाई शान्तिपूर्ण आन्दोलन मार्फत अबतरण गराउन सफल नेत्रित्व गरे । हिजोको ऐतिहासिक जनसागरलाई पनि सरकारको अनुमान बिपरित ब्यबस्थित र शान्तिपूर्ण रुपमा सम्पन्न गराए । हिजो उनले गरेको सुझबुझपूर्ण भाषन सुनेर झन बदी खुशी तुल्यायो । आशा छ, कामना गरौं, अबको आमहडताल पनि संयमित र शान्तिपूर्ण तरिकाले लोकतान्त्रिक अभ्यासका रुपमै अघी बद्नेछ, बदोस । 'समय' नियन्त्रण भित्र रहदै छिटो भन्दा छिटो सहमतिको बिन्दुमा पुगोस । एकजना जर्नेलले भने जस्तो 'म्यान पावर होइन फाएर पावर'को स्थिती नआवासोस । एउटा पार्टीको सामान्य सदस्य के.पि. ओलीले दिल्लीको षड्यन्त्रकारी शपथपछी मन्त्री क्वार्टरमा बसेर दमनको आदेश गर्ने दिन नदोहोरियोस ।
आन्दोलनमा सहभागि सम्पूर्ण दाजुभाइहरु धन्यवादको पात्र हुनुहुन्छ ।
05 May,’10
# राज्यको चौथो अंग, नाम नागरिक तर काम अनागरिक ।
एकजना पत्रकारको मनोदशा सुनेर दया र दु:ख दुबै लागेर आयो, उनैको नाममा समर्पित..
'भोज'मा 'राज' गर्ने तँ 'भाटे' पत्रकार
सुँगुरले आकाश हेर्ने, खाटे पत्रकार ।
08 May,’10
# लाखौं जनता सडकमा कुनै आधार बिना पटक्कै आएका हुँदै होइनन । उनिहरुले शान्ती खोज्न, संबिधान लिन र सुशासन माग्न आएका थिए । गाउँबाट शहर छिरेका ति नागरिकहरु यि तीन कुराको सुनिश्चितता नहुन्जेल राजाधानीबाट फर्केर जानु हुँदैन । राजनीतिलाई ब्यबसाय ठान्ने भ्रष्टचारी, देशलाई अस्थिर पार्ने षड्यन्त्रकारी र गरीबको छाकमा भतेर गर्ने सामन्तिहरुका बिरुद्ध एउटा आन्दोलन अपरिहार्य छ ।
09 May,’10
( आज नेटमा बस्ने मौका मिलेको थिएन । अहिले आएर हेर्दा आदरणीय अग्रजहरु र मित्रहरुको छलफल पढ्न पाउदा बौद्धिक खुराकले त्रिप्त भएको अनुभव गरिरहेकोछु । मलाई अहिले यस्तो लागिरहेकोछ, यती गम्भिर बिचारहरु देश उत्थानका लागि आएकाछन तर पनि हामी किन सधैं अरुको खेलौना मात्र बनिरहेका हुन्छौ ? हामी सबैको ब्यक्तिगत धारणा र दृष्टिकोण फरक फरक अबश्य छन तर राष्ट्रिय हितको लागि बर्तमान परिस्थिती हितकर देखिदैन । देश यही अवस्थामा रह्यो भने केही समयभित्रै नेपालीहरु बिच एक-आपसमै द्वन्द्ध हुने निस्चित छ । "रात रहे अग्राख पलाउछ", त्यसैले अहिले 'मेरो गोरुको बाह्रै टक्का' गरिरहनु भन्दा समस्याको मुल जरो पत्ता लगाउनतिर केन्द्रित हुनै पर्ने बेला आएकोछ । आज नै होश र बिबेक गुमायौ भने, सह-अस्तित्व स्विकार्न तयार भएनौ भने, कसैको पनि अस्तित्व बाँकी रहने छैन । पछुताउने र सुध्रिने समय पनि गुज्रिसक्नेछ तसर्थ नेताहरु त देश चलाऊन भन्दा पनि देशमा अस्थिरता निम्त्याउन तल्लिन छन । उनिहरु समस्या समाधानमा गर्न चिन्तन मन्तन गर्नतिर नलागेर झन समस्या बदाएर त्यसैको बुइ चदेर आफ्नो स्वार्थ पुरा गर्न उद्यत छन । यतिखेर, हामी उनिहरुको पछी लाग्न छाडेर, उनिहरुको बोलिमा लोली मिलाउन छाडेर समस्यामा मात्र अल्झिरहनु भन्दा समाधान निकाल्नतिर सोच्नु बेस हुनेछ । हाम्रो साझा निश्कर्ष नै साचो जनआवाज हो । हामी नै देशप्रती जिम्मेवार नागरिक हौं र यही नै हाम्रो कर्तव्य हो ।)
# पहिले माओवादीले माधव नेपालको राजिनामा आउनुपर्ने अडान राखेको बेला गथबन्धन दलहरुले पहिले आन्दोलन फिर्ता हुनुपर्ने अडान राखे । नागरिक समाजले सहमतिका लागि ति दुबै सँगसँगै आउनु पर्ने सुझाव दिएका थिए । अहिले माओवादीले आमहडताल फिर्ता लिएकोमा कसैलाई खुशी लागेछ तर कसैलाई भने चित्त बुझेनछ । हिजो अस्तीबाट हडताल फिर्ता गरे माधव नेपालले राजिनामा दिन्छ भन्नेहरु अब फेरी कुरा बदल्न थालेछन् । हिजो रातिको मेरो सपना पनि अली निको थिएन । देश सहमतिको मार्गतिर नगएर कतै मुठभेडतिर पो गैरहेको छैन !?
08 May,’10
# ६ दिनको शान्तिपूर्ण आन्दोलनका कारणले देशको जनजीवन अती नै अस्तब्यस्त भयो भन्ने देशवासीहरुले, १० बर्षसम्म निर्दोष रोल्पालीहरु आतंककारी र सुराकीको दोहोरो चपेटामा छट्पटिदै मरिरहदा चाँही सिङो नेपाल र सम्पूर्ण नेपालीले शान्त जीवन बाँचिरहेका थिए भन्ने सोचेछन् क्या रे !?
अचेल, रोल्पामा शान्ति छाईरहदा चाँही काठमाडौंमा भने हिंसा भयो रे !?
09 May,’10
# मुसोहरु जहाँ सुकै लुकेको भए पनि सर्पहरु खोजिमा लागिरहनेछन । सर्पहरु जुन दुलोमा पसे पनि गरुडहरुले पिछा गरिरहने छन ।
10 May,’10
# नेताले सक्षम र योग्य राजनेता बन्ने बिचार बोक्नुपर्यो, न्यायलयले निस्पक्ष बहस गर्ने न्यायधिस जन्माउनुपर्यो, पत्रकारले सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्यो, प्राध्यापकहरुले शिक्षित युवाहरु तयार गर्नुपर्यो, जनताले बिकासका लागि पाखुरी बजार्नुपर्यो,..। आफु मात्र सधैं ठीक भन्ने चिन्तन त्यागेर अरुलाई धारे हात लगाउनु भन्दा, हामी सबैजना सुध्रिन आबश्यक छ । समस्या हामी आँफैभित्र छ, समाधान पनि खोजौं । .. सम्रिद्ध देशको लागि !
15 May,’10
# गाउँ र शहरमा एक रुपता हुनुपर्छ अर्थात गाउले र शहरीयाको जीवन शैली एउटै हुनुपर्छ अर्थात गाउँ पनि शहर बन्नुपर्छ, कुनै गाउँलाई नमुना गाउँ नै पनि राख्नुपर्छ । जसले गर्दा त्यसले हाम्रो बिगत सम्झाउनेछ, त्रिश्ना मेटिदिनेछ । गाउँ र शहर भन्ने छुट्याउनका लागि गाउँमा झुत्रे झाम्रे मात्र बस्नुपर्ने र शहरमा सुकिलामुकिला मात्र बस्ने पनि हुनुहुन्न । मेरो परिकल्पनामा गाउँलाई लुछेर मोटो भएको शहरले गाउँलाई नहेपोस । गाउँले पाउनुपर्ने बराबरी अधिकार शहरले नखोसोस । हरेक गाउँले शहरको सुबिधा माग्दा निर्धा नसम्झियोस । गाउँको धैर्यता र इमान्दारितालाई शहरले कमजोरी नठानोस् ।
देश शहर मात्र होइन, शहर मात्र पनि देश होइन । अर्थात सुकिलामुकिला र झुत्रझाम्रे सबै एकै देशका नागरिक हुन । त्यसैले झुत्रे झाम्रेले सुकिलो हुन खोज्दा सुकिलाहरुले हेय भावना राखेर औलो उठाउने अधिकार छैन । खबरदार ! यदी त्यसो गर्ने भुल गर्यो भने प्रत्युत्बादक हुने पक्का छ । बरु स्वबिबेक र स्वनिर्णय गरेर गाउँलाई शहर बन्न साथ दिनुपर्छ । अन्यथा बाउको सम्पत्तीलाई बराबर अंशबन्डा नगरिए गाउँ फेरी शहर पस्नेछ, खोसिएको आफ्नो अधिकार खोज्न, ठगिएको अंश माग्न । गाउँले शहरको अधिकार खोस्ने होइन, सुबिधा भोग्ने होइन, स्वतन्त्रता लुट्ने होइन । गाउँले उसको आफ्नै अधिकार, स्वतन्त्रता र सुबिधा माग्दा शहरको टाउको दुख्नु पर्ने र पिडा हुनुपर्ने कुनै कारण देखिदैन । गाउँले उसको भाग खोज्नु न्यायसङत नै छ किन कि यो उसको अधिकार पनि हो, कर्तब्य पनि हो । यसर्थ, गाउँ जाग्नैपर्छ, अंश माग्नैपर्छ, नभए खोस्नु पनि पर्छ ।
20 May,’10
(प्रचन्डले आमहडताल स्थगित गरेपछी टुडिखेलमा गरेको भाषनमा सुकिलामुकिलाको प्रसँग उठाएको समय सन्दर्भमा ।)
# मैले साथीहरु सँग प्राय एउटा कुरा दोहोर्याउने गर्छु, आज बिहान मात्र पनि भलाकुसारीमा दोहोर्याएँ । देश हाक्ने भनेका नेताहरु हुन, देशको निती तय गर्ने नेताहरु हुन, नेताहरु नै शासक हुने हुन् । तर नेताहरुमा राजनेता बन्ने हिम्मत कसैको देखिएन, फराकिलो बिचार कसैले बोक्न सकेनन । देश र जनताको कुरा भाषणमा जती नै अलापे पनि व्यबहारमा ब्यग्तिगत जीवन त्याग गर्न सकेनन् । उनिहरुले आफ्नो भित्री स्वार्थ र सानो घेरालाई मात्र च्यापिरहेका छ्न । समय समयमा राज्यको लाखौं खर्च गरेर बिदेश भ्रमण जान्छन, बिभिन्न बिकास देख्छन तै पनि उनिहरुको मनमा नेपाललाई त्यस्तै बनाउने रहर कहिल्यै पलाएन । हाम्रो देश प्राकृतिक सुन्दरताले भरिपूर्ण छ, मनग्य परिश्रमी जनशक्ति छ, पुग्दो शिप पनि छ । कतिपय सिपालु नेपालीहरु बिदेशमा छन, अनुकुल बातावरण बनेमा उनिहरु मध्ये अधिकांश मातृभूमीको सेवा गर्न फर्किनेछन भन्ने विश्वाश छ । हाम्रो नेपाल सानो भए पनि हिमाल पहाड र तराइको बनोटले झन सुन्दर बनेकोछ । यदी इमान्दारिपुर्बक देश निर्माण गर्न थालियो भने बिकास गर्न धेरै समय लाग्छ जस्तो लाग्दैन । आबश्यकता छ त, प्रष्ट भिजन भएको राजनेता र प्रतिबद्ध जनताको ।
तपाईंको अन्तर्मनमा मैले खोजिरहेको त्यस्तै प्रतिबद्ध एक नेपाली भेटेँ । नेपालीको मर्म प्रदेशमा लहराउनु परेकोमा अली दु:ख लागे पनि बदी त खुशी नै लाग्यो किन कि यो सिङो नेपालको सुखद सपना हो । यस्तै सोचाइ सम्पूर्ण नेपालीमा आउन सके केही समय भित्रमै हामी सुन्दर, शान्त र सम्रिद्ध नेपाल देशका नेपाली हुने छौ ।
This is a comment I just wrote in the poem of one of the senior artist few minuts back.
Here, I've repeated the same words for our BB sir too. Yes, there isnt any doubt that Bist sir is doing great job in foreign land but it’s not only for himself. If we think on that way, it wouldnt be fair. I am sure that he will certainly be back to his motherland when there is a favourable sitution, may be after sometime or one day for sure. I can feel his high respect to his nation. I can see his views so clear n near. I can hear the beats of his heart to do something for Nepal n Nepalese people. So, I dont think he is going to spent his knowledge only for his personnel life in abroad.
BB sir, u dont only have a good professional personelity, u r a true human with true heart.
We hope something from you. Our Country needs some more contribution from u sir.
Proude of u BB Sir!
20 May,’10
(बि. बि. बिष्ट सरको 'माइ मेमोरिज विथ माइ लाईफ' लेख बारे ।)
# देशको चिन्तामा म एक्लै कति छट्पटिनु ? नेपालको पिडामा म सधैं किन तड्पिरहनु ? अरुको आसुँमा म मात्र कहिलेसम्म बगिरहनु ? मेरो आफ्नै भबिश्य छ, आफ्नै क्षेत्र छ, आफ्नै उद्देश्य छ । मेरो छुट्टै परिवार छ, मेरो भिन्नै कर्तव्य छ, मेरै दु:ख छ । अब टाढा टाढा हेर्न छाडेर नजिकबाट आँफैलाई नियाल्न एकछिन बिसाउने पो हो कि !?
23 May,’10
# तत्कालिन सात दल र बिद्रोही माओवादीको सम्झौता पश्चात गरिएको ऐतिहासिक सफल जनआन्दोलनले देशमा गणतन्त्र स्थापना, धर्मनिरपेक्षता, संघियता र संबिधानसभाको महत्वपूर्ण घोषणाहरु गरेको थियो । ति सबै उपलब्धिहरुलाई संस्थागत गर्ने एउटै थलो संबिधानसभा मार्फत नयाँ संबिधान जारी गर्नु हो । तर संबिधानसभाको म्याद सकिन केही दिन मात्र बाँकी रहदा, प्रमुख दल एकिक्रित माओवादीले म्याद थप्न पूर्वसर्त तेर्स्याउनु, बर्तमान सरकार प्रमुख माधव नेपालले मैले त "संबिधानसभा चाहेकै थिएनँ" भन्नु र अर्को दोस्रो दल कांग्रेसले संबिधानसभा आफ्नो पार्टीको एजेण्डा नै नभएकाले संबिधानसभा भङ हुँदा केही आपत्ति नहुने भनाइ सार्वजनिक गर्नु जनम्यान्डेत प्राप्त संबिधानसभाको घोर अपमान हो । चुनाव अगाडि संबिधानसभा आआफ्नो एजेण्डा भएको बताउने दलहरुलाई यतिबेला जनभावना बिपरित बोल्ने र गर्ने अधिकार कहाबाट कसरी प्राप्त भयो ?
23 May,’10
# माओवादीले निसर्त संबिधानसभा म्याद थप गर ।
कांग्रेसले पुरानो चिन्तन त्यागेर परिवर्तनलाई आत्मसात गर ।
एमालेले धमिलो रुप फेरेर सङ्लो भूमिका निर्बाह गर ।
मधेसवादीहरुले अबसरवादी मानसिकता त्याग गर ।
माधव नेपालले पदबाट निसर्त राजीनामा देउ । बरु म तिमीसङै सती जान तयार छु तर देश र जनताको भबिश्यलाई छाङोमा नपुर्याइदेउ ।
28 May,’10
# आखिर आजको दिन 'जेष्ठ १४' नेपाली राजनीतिको एक बिशिष्ट कालो दिन बन्ने त निश्चित भैसकेको छ तर पनि, आज अहिले भरखरै सहि/गलत केही भन्न सक्दैनौ, ईतिहासले अबश्य त्यो मुल्याङ्कन गर्ने कुरामा म दुक्क छु ।
28 May,’10
# राजनैतिक दलहरु अन्तिम समयमा संबिधान सभाको म्याद थप्ने सहमतिमा आउने नै छन भन्ने कुरामा म अत्यन्त आशावादी थिएँ र छु । यदी त्यसो हुन नसके संबिधान सभासङै शान्तिप्रकृया भङ भएर नजावस भन्ने कामना गरेकोछु । जे निर्णय हुन्छ, देशलाई गतिशिल राख्न र जनताकै पक्षमा हुनेछ भन्ने विश्वाश लिएकोछु । फोहोरी राजनीतिको दुर्घन्धित पोखरी जमेको हेरिरहनु भन्दा एक पटक उथुलपुथुल पछिको स्वच्छ निकास अनिबार्य भैसकेको पो हो कि !।?
28 May,’10
# आज हाम्रो देशमा संबिधानसभाको म्याद सकिदैछ, अर्थात हत्या गरिदैछ । जनताको निस्वार्थ त्याग र बलिदानबाट प्राप्त संबिधानसभालाई दलहरुले सधैं आफ्नै पेवा मात्र ठानिरहे र अहिले अन्तिम क्षणमा पनि उनिहरुले आफ्नो गल्ती महशुश गर्न सकिरहेका छैनन, आत्माआलोचना गर्न तयार छैनन । दलहरुलाई मुलुकमा शान्ति ल्याउन र संबिधान बनाउन सहमति र सहकार्यका लागि धेरै पटक आग्रह गरेकोछु । नयाँ सुन्दर नेपालको कल्पना र सुखिखुशी नेपालीको मुहार देख्ने चाहनामा धेरै पटक संयमित हुँदै बिन्ती गरेकोछु । तर आज मभित्र आक्रोस बदिरहेकोछ, बिद्रोह सल्बलाइरहेकोछ । यतिखेर मैले 'शालिन बिद्रोह' पढिरहदा म पनि जुझारु यात्रु बनेर यही बिद्रोहमा सामेल हुन आतुर छु । म पनि अब आफु हारेर अर्को जित्ने, अर्कोले मिच्दा मैले सहिरहने आफ्नो स्वभाव बदलेर बिद्रोहको बोली बोल्ने उध्घोष गर्दैछु । हो, शालीन बिद्रोहको समर्थनमा मैले पनि अब मुख खोल्ने निर्णय गर्दैछु ।
28 May,’10
Wednesday, June 2, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment