Monday, January 10, 2011

गजल-आउँदैछुँ म

आशा राख्नु घरको जग, खार्न आउँदैछुँ म ।
बाझो खेतमा हल गोरु, नार्न आउँदैछुँ म ।

छिमेकीको साँधपारि, देखें हरियाली
प्रगतिको बीज अब, छर्न आउँदैछुँ म ।

उम्रिदैथे टुसाहरु, शीत लागेछ कि!
बिकासको बेर्ना अब, सार्न आउँदैछुँ म ।

बचेँका ति मुना भन्दा, झार झाङिदैछन
गोड्मेल र जल अब, चार्न आउँदैछुँ म ।

उब्जाउ जती सखाप पार्छन्, सधैं बाँदरले
स्वाभिमानको बार अब, बार्न आउँदैछुँ म ।
01 Jan,’11
फुयान्शा, चाइना

5 comments:

  1. http://www.facebook.com/notes/chandra-gharti-magar/gajala-aumdaichum-ma/486438956443

    ReplyDelete
  2. लौ चन्द्र जी । राम्ररी आउनुहोला हैऽऽ स्वागत छ रोल्पामा ।

    ReplyDelete
  3. chandra ji, gajal ramro lagyo. tapai ko ma pani hamro ma jastai badar le kheti sakhap parda rayechan.

    arkko chuttai prasanga चौथो अन्तराष्ट्रिय नेपाली ब्लगर भेला माघ २२,२०६७-१० बजे शनिबार बिहान(Feb 5,10AM NST) हुंदैछ भेलाको समय दौंतरी ब्लगमा www.dautari.org पाल्नूहोला.

    ReplyDelete
  4. Radio Rolpa, Thank you for ur war welcome. I will be blessed by the love of Rolpa.

    Nepalean g, Thank you for the information. I will try to attend the Blogger Bhela.

    ReplyDelete