Thursday, September 30, 2010

घोषणा-पत्र

अकारण
तन्त्रलाई तन्त्रकै प्रहार
गमनका बिरुद्ध चर्को वमन
हतारमै सुरु हुन्छ,
नयाँ तन्त्रको मन्त्र
अर्को नौलो आगमन ।

वादका बिरुद्ध वादहरु
पथका बिरुद्ध पथहरु
छताछुल्ल बहस पोखिन्छ
फेरी प्रतिबादन हुन्छन
अनेक पथ र वादहरु !?

कहिले तान्त्रिक मान्छेको
चमत्कारी भाषणमा लठ्ठिदै
बेस्सरी ताली पड्काएँ
कहिले वादहरुमा लोभिएर
झूठा आश्वासनमा मौलाउदै
बर्षौ-बर्ष काँध थापि रहें ।

मुक्ति बिद्रोह आतंक भयो
समाधान उल्तै समस्या भयो
आज बल्ल आफ्नै चेतना पलाउदैछ ।

अब मैले भन्नै पर्छ
ल्याउनु छैन फेरी कुनै तन्त्रहरु ।
बुझ्नु छैन नौलो वाद र पन्थहरु ।

मैले निर्णय गर्नै पर्छ
सुन! बिचारका सिलपटहरु
सुन! व्यबहारका मुकुन्डेहरु
मलाई खुइलिने भेषमा मोह छैन
ति फोक्टे नारामा विश्वाश छैन
क्रान्तिका स्वप्न-बिगुलहरु
प्रतिक्रान्तीका भ्रमित हुँकारहरु
सबै सबै अस्विकार्य छन
सुन! फेरी घोषणा गर्दैछु
त्यो कलंकित रुप र खोक्रो अस्तित्व
सधैं झै बाद र पथका बुट्टेदार सजावट
ति सबै सबै अमान्य छन
अर्थात,
तिमी पूर्ण बहिस्क्रित छौ ।
05 Sep,’10

3 comments:

  1. चन्द्र जी तपाइँ निकै जुर्मुराएर ,शशक्त शब्द लिएर उठ्नु भएको रहेछ !
    यो पूर्ण सचेतना सबै मा बेलैमा भैदियोस ! शुभ हुने थियो !

    ReplyDelete
  2. धन्यवाद बेदनाथ जी । हाम्रो देशलाई खै कसरी के गर्नु पर्ने हो भन्नै गाह्रो छ । एक दुई जना उफ्रिएर चिच्याएर मात्र हुने होइन क्या रे! न आँफै गर्छन् न अरुलाई नै गर्न दिन्छन । सतिले सरापेको देश भनेको साँच्चीकै हो जस्तो छ ।

    ReplyDelete
  3. http://www.facebook.com/note.php?note_id=437322211443

    ReplyDelete