Saturday, March 20, 2010

श्रद्धाञ्जली ! युगपुरुष

केही दिन अघी बि.बि.सी. को स्रोता प्रतिकृया मार्फत पूर्व प्रधानमन्त्री एवम कांग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाको स्वाथ्य स्थिती बिग्रिएको खबर सुन्दा शान्तिप्रकृयालाई तुङोमा पुर्याउन उनको सुस्वास्थ्यको कामना गरेको थिएँ । उनको सहमति, सहकार्य र एकताको सिद्धान्त अनुरुप नयाँ संबिधान जारी गर्न उनको आबश्यकता बाँकी रहेको छ भनेको थिएँ तर मेरो यो सुभेक्षा र चाहना अधुरो नै रह्यो । नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको दु:खद मृत्‍युले आज निकै मर्माहत छु । नेपालको शान्ती प्रकृयाले अब कुन गति र मोड पकड्ने हो, उनको अभावमा देखिने रिक्तता अब कसले पुरा गर्ने हो, उनको जीवनलाई ईतिहासले कसरी मुल्याङ्कन गर्ला ? अहिले मलाई यस्तै प्रश्नहरुले जबर्जस्ती घेरिरहेछन !
सिङो नेपाल र नेपाली शोकमग्न रहेको यस् दु:खद घडीमा भगवानले हामीलाई धैर्यधारणा गर्ने बल प्रदान गरुन् । गिरिजाबाबुको आत्माले स्वर्गमा वाँस पावस् ।
श्रद्धाञ्जली युगपुरुष !
20 March,’10

3 comments:

  1. हार्दिक समबेदना गिरिजा प्रसाद कोइरालालाई ।

    ReplyDelete
  2. हार्दिक समबेदना गिरिजा प्रसाद कोइरालालाई ।

    ReplyDelete
  3. हार्दिक समबेदना गिरिजा प्रसाद कोइरालालाई ।

    ReplyDelete