सवाल थियो
प्रिय जिन्दगीको
।
संक्रमणकालिन
समयको घेराभित्र
बन्दी पारिएको
म
कि पार लाउनु
पर्ने
कि भार ठाम्नु
पर्ने ।
मस्किदै आइन्
अगाडिबाट
पार लाउन गाह्रो
लाग्यो
निसंकोच डुबुल्की
मारे
फनफनी त्यो
भुमरीमा
बेस्सरी सर्किएँ
जानी-जानी
सवाल थियो जिन्दगीको
।
जोशिदै आइन्
पछाडिबाट
भार ठाम्न गाह्रो
लाग्यो
निसंकोच खुट्टालाई
ठेस लाएँ
अनायस ठुलो
ठक्कर खाइ रन्थनिएँ
सवाल थियो जिन्दगीको
।
गुज्रिनु थिएन
खराब जीवनसँग
किन कि
सवाल थियो मेरै
जिन्दगीको ।
दाँया हेर्छु,
बाँया हेर्छु
उनी हुन्छिन
सङ-सङै
माथि हेर्छु,
तल हेर्छु
उनी हुन्छिन
सङ-सङै
आहा! स्वतन्त्रता
आहा! जिन्दगी
न पार लाउनु
पर्ने
न भार ठाम्नु
पर्ने
यो जित दुई
जिन्दगीको
सवाल रै'छ यि दुई जिन्दगीको ।
23 December 2012
No comments:
Post a Comment