पश्चिमतिर फर्केको मुल दोका, रातो माटोले लिपेको घर । घरभित्र पस्ने सिंदी उक्लेर गएपछी सानो कोठा । त्यही भएको दोकाबाट भित्र पसेपछी मझेरी अनि विचतिर चुल्हो । चुल्होको दक्षिणतिर एउटा झ्याल । त्यही चुल्होमा पकाइएको आलुमा काउली मिसाइएको तरकारी र भात । धेरै जना जंकोटी युवाहरुले एकैसाथ सँगै मझेरीमा बसेर गफिदै खाना खाइरहेको द्रिश्य । घरबाहिर बाटोको छेउमा अग्लो मेवाको वोट अनि त्यसको टुप्पोमा फलेको दुई वटा पाकेको फल ।
हामी सानो छदैदेखी माडिचौरको माघी मेला साह्रै चर्चित थियो । माघे संक्रान्तीको दिनबाट सुरु हुन्थ्यो, क्रमस: २/३ दिनमा मान्छेको ठुलो भिड लाग्थ्यो अनि फेरी पातलिदै गएर ४/५ दिनमा पुरै मेला फाट्थ्यो । त्यतिबेला मेला माडीखोलाको वारी खेतमा र पारी किनाराको मैदानमा लाग्थ्यो तर बदी चाँही पल्लोपट्टि नै भरिएको हुन्थ्यो । हामीहरु बुद्धी, अर्जुन, ज्ञानेहरुसँग जंकोटबाट त्यहाँको चहलपहल र होटेलबाट उडेका धुवाँलाई नियालेर बस्थ्यौ । अली ठुलो हुँदै गएपछी चाँही घरमा ५ रुपैयाँ खर्च मागेर आँफै मेला भर्न जानथाल्यौ । एक रुपैयाँको जेरी खान्थ्यौ अनि माडीखोलाको चिसो पानी तनक्कै हुनेगरी पिएपछी दिनभरिलाई भोक पुरै हराउथ्यो । अर्को एक रुपैयाँको सिट्टी किनेर फुक्दै यताउती कुद्थ्यौ, खोला तर्न डर लाग्थ्यो त्यसैले छेउमा गएर पानीलाई छुन्थ्यौ मात्रै । खोलाले बगाउछ भनेर आमाले अह्राउनु भएको कुरा सम्झेर पनि होला, किनारातिरै खेल्थ्यौ । खोलामा ससाना दुंगा र पातहरु चाँही फाल्थ्यौ र बगाउदै लगेको रमाइलो मान्दै हेर्थ्यौ । तर हाम्रै उमेरका देखिने माडिचौरका केटाहरु भने नदिमा पौडिएको देखेर अनौठो लाग्थ्यो । प्रायजसो दुई दिन मेला हेरेर घर फर्किन्थ्यौ । माघीमेलाका यस्ता थुप्रै सम्झनाहरु स्मृतिमा अझै ताजै छन् । ति कुराहरु प्रसँग आउँदा खोल्दै जानेछु । हुन त हाम्रो उमेर जसरी नै माडी खोलामा धेरै पानी बगिसक्यो । ती कुराहरुको अर्थ पनि छैन । समयसङै उहिलेको माघी मेला पनि अहिले त रोल्पा महोत्सवमा परीणत भईसकेकोछ ।
२०४९/५० सालतिर जस्तो लाग्छ, म पनि माघी मेला भर्न माडिचौर गएको थिएँ । जलजला युवा क्लबले क्लबका लागि केही आर्थिक जोहो गर्नलाई मेलामा साँस्कृतिक कार्यक्रम देखाउने तय गरेको थियो । त्यसका लागि केही समय अघीदेखी नै गाउँमा रिहर्सल पनि गरेको थियो । त्यतिबेला भलिबल, फुटवल र अहिलेको जस्तो अन्य विधाहरुमा प्रतिस्पर्धा गर्ने र पुरुस्कार जित्ने हुँदैनथ्यो । क्लवले साँस्कृतिक कार्यक्रम देखाउने भएकाले होला कलाकारहरुको टोली पनि अलिक ठुलै थियो । क्लबका सम्पूर्ण पदाधिकारी र कलाकारहरुलाई खान र बस्ने खर्च क्लवले व्यहोर्ने गरी सम्पूर्ण ब्यबस्थापन होमलाल भेनाजुले आफ्नै घरमा गर्नुभएको थियो । म पनि त्यही घरमा दिदीसङै बसेको थिएँ । मैले खाने खाना पनि क्लबको भान्सासङै पाक्थ्यो तर मेरो लागि भनेर अलिकती चामल र तरकारी चाँही होमलाल भेनाजुले छुट्टै थपिदिनुहुन्थ्यो । मैले फूल गोपीको तरकारी पहिलो पटक त्यही खाएको हुँ कि जस्तो पनि लाग्छ । मैले माथि सुरुमै उल्लेख गरेको घर होमलाल भेनाको हामी बसेको त्यही घर थियो । अहिले त त्यो घर भत्काएर त्यसको ठाउँँमा दुंगाले छाएको नयाँ घर बनाउनु भएकोछ ।
त्यतिबेला त्यहाँ पकाइने भात र तरकारी सवै होमलाल भेनाजु र दिदीले आफ्नै खेतमा उत्पादन गर्नुभएको भनेर मैले अलीअली सुनेकोथिए । आफ्नै खेतको चामल, आलु, काउली, टमाटर, प्याज, लसुनलगायत सवै आवश्यक खाद्द्य सामाग्रीहरु केही पनि अन्त किन्नुपरेको थिएन । त्यसबेला आम्दानी त कती नै पो गर्नुभयो होला र तर जुन व्यबसायिकता अपनाउनुभयो त्यो भने तारिफयोग्य छ । म माडिचौर पढ्ने बेलामा पनि स्कुलबाट घर फर्किदै गर्दा कहिले काही दिदीभिनाजुहरुसँग घरमुनिको खेततिरै भेट हुन्थ्यो । उहाँहरुले बेलाबेलामा आलु, बन्दा र टमाटरहरु झोलामा हालेर दिनुहुन्थ्यो । उहाँहरुले त्यसरी दर्शाउनु भएको आत्मियताको प्रभावले नै होला, मलाई उहाँहरु प्रतिको आदरभाव कहिल्यै कमी भएन । त्यती मात्रैले पनि पक्कै नहोला, उहाँहरु दिगो सम्बन्ध राख्न सिपालु, मिजासिलो र मिलनसार हुनुहुन्छ । अशल मान्छे भएकैले बरु उहाँहरु प्रतिको सम्मान झन् झन् बदेर गइरह्यो ।
रोल्पा नगरपालिकाद्वारा संचालित दोस्रो बृहत कृषि तथा औद्योगिक मेला प्रदर्शनीमा सहभागी भएर प्रथम हुनुभएको रहेछ । त्यो खबर सुनेर मनमनै हर्षले गदगद भएकोछु, हृदयदेखी नै हार्दिक बधाई पनि दिन चाहन्छु । यही सँगसङै मेरो मानसपतलमा अनायस मलाई मेरो बाल्यकालको त्यो झझल्को आइरह्यो । उहाँहरुले कहिलेदेखी आफ्नै बारीमा यसरी तरकारी खेती थाल्नुभयो ठ्याक्कै थाहा भएन तर मैले थाहा पाएदेखी नै उहाँहरु निरन्तर आफ्नै बारीमा उसैगरी खटिरहनु भएकोछ । हामीहरुले जागिर दिएनन् भनेर नेताहरुलाई गाली गरेर समय खेर फालिरहेका हुन्छौ, रोजगार छैन भन्दै जाँडरक्सी खाएर गाउँमा हल्लिदै हिडिरहेका हुन्छौ, पढ्नसक्ने अवस्था हुँदाहुँदै पनि पदाइ छाडेर बरालिरहन्छौ, देशमै केही गर्नसक्ने सम्भावनालाई लट्याउदै ब्याजमा ऋण खोजेर बिदेश जान लालयित हुन्छौ तर आफ्नै गाउँठाउँँमा केही गर्न सकिन्छ कि भन्ने तिर चाँही ध्यान नै दिन चाहन्नौ । होमलाल भेना, जो कम्तिमा पनि २५ बर्षदेखी आफ्नै खेतमा अनवरत पसिना बगाइरहनु भएकोछ । शायद उहाँले आफु र आफ्नो परिवारको जीवन धान्न र दैनिक आवश्यकता पुरा गर्न अहिलेसम्म कसैको ज्यालामजदुरी समेत गर्नुभएको छैन । अरुको हप्किदप्की सहनुपरेको छैन र अरुले आफुखुशी तोकिदिएको निश्चित भाऊमा आफ्नो श्रमपसिना बेच्नुपरेको छैन । बुवाले भन्ने गर्नुहुन्थ्यो,"सवैभन्दा ठुलो त दुंगामाटोसँग खेल्नु हो । खेतबारीमा जती पसिना बगाउन सकियो, त्यती आम्दानी दिन्छ । जमिनले हामीलाई कहिल्यै मार्दैन ।" होमलाल भेनालाई देख्दा बुवाले भनेको यही कुरा झलझली सम्झिन्छु ।
हामीले कल्पना गर्ने र भोग्ने यथार्थमा धेरै भिन्नता हुनसक्छ । अरुलाई देखाइने र गरिने चरित्रमा फरक पर्नसक्छ । केही अपवाद व्यक्तिहरु बाहेक हाम्रोसामु रहेको वास्तविकता तितो नै छ । हामीले राजनीतिको आडमा देशलाई लुट्न उद्दत हुन्छौ । समाजसेवाको बहनामा आफ्नो स्वार्थ पुर्ती गर्छौ । धेरै पढेलेखेको भनेर अरुको काँधमा जबर्जस्ती चद्न खोज्छौ । आँफैलाई मात्र धेरै जानेबुझेको ठानेर अरुको अपहेलना गरिरहेका हुन्छौ । हामीले अरुलाई पाठ पदाउन त निकै माहिर भएका छौ तर व्यबहारमा भने असाध्यै तुच्छ हुँदैगएका छौ । यी र यस्तै कारणले नै हाम्रो समाज सामाजिक आदर्शबाट च्युत हुँदै गैरहेकोछ र समतामुलक भावना र आत्मियता हराउदै गैरहेकोछ । खासमा दिनहुँ हामीभित्रको गुणलाई मारेर बैगुणलाई बदावा दिदै गैरहेका छौ र प्रतिदिन खोक्रो समाज र खोक्रो आदर्श बाँच्न वाध्य हुँदैछौ । हामीले हाम्रो लागि जुन महत्वहीन कुरा हो, त्यसमा बदी नै समय र महत्व दिइरहेका हुन्छौ तर जुन हाम्रो लागि असाध्यै महत्वपूर्ण छ त्यसलाई वास्ता नै गरेका हुदैनौ । एक निन्द्रामै रकेट चदेर चन्द्रमा पुग्ने, क्षणभरमै देशलाई कायापलत गरिदिने हावा गफ लाउन र सुनेर ताली बजाउन बानी परेकाछौ तर आफ्नै जीवनस्तर कसरी उकास्ने र सचेत समाज कसरी निर्माण गर्ने बारे चाँही जाँगर नै चलाऊन्नौ । हाम्रो आचरणलाई पवित्र देखाउन अनावश्यक अनेक स्वाङ र भ्रम पारिरहेका हुन्छौं । मेरो बिचारमा त हामीले जीवनमा खास बुझ्नुपर्ने धेरै कुराहरु छन् जस्तो लाग्दैन । हाम्रो दास मानसिकता र आफुलाई अरुकै ज्यामी ठान्ने बिचार बदल्न मात्र जरुरी छ । अरुको मुख ताक्ने प्रब्रितीलाई त्यागेर हामीले आफ्नो लागि आँफैले गर्नुपर्छ र त्यो गर्न आँफै सक्षम छौ भन्ने सोच र संस्कार बिकास गर्यौ भने त्यो सबै सम्भव पनि छ । जवसम्म आफ्नै खुट्टामा उभिन सक्दैनौ, आफ्नै पेट भर्न र जिउ दाक्न सक्दैनौ तवसम्म दुनियाँको जम्मै आविस्कार र चमत्कार सवै मिठ्या नै हुन् । अव 'भोटमा सुन छ, कान मेरो बुच्चै'को उखान दोहरिनु अगावै सचेत र सजगतापुर्बक आत्मनिर्भर हुने बाटो अवलम्बन गरिनुपर्छ । हामीहरु कसैको घोडा र लौरो बन्नुलाई नै वास्तविक परिवर्तन र प्रगती ठान्नु व्यर्थ छ । कुनै पनि परिवर्तन अरुले भन्दिदैमा आउने होइन, त्यो आफ्नै जीवनको हरेक बिहानसाँझ महशुस गरिनुपर्छ । अझै पनि आफ्नै पिशाबको न्यानोपनमा धेरैबेर भुलिरह्यौ भने एकछिनपछी पछुताउनु बाहेक अरु केही गर्नसकिदैन । हामीहरु अहिलेसम्म त चुकिसक्यौ तर अब त्यो गल्तीलाई सच्याउनैपर्छ । होमलाल भेनाले जस्तै आँफै मालिक र आँफै कामदार वनेर स्वरोजगार हुने बाटो अवलम्बन गर्नतिरै सोचौ, आफ्नै घरआँगनमा कुनै उपाय खोज्न थालौ र आँफैमा लागु गरौ । आफ्नै घरमा परिवारसँग साँझबिहान दु:खसुख बाड्दै, सँगै बसेर मिठोमसिनो खाँदै, आपतविपतमा छिमेकीसँग हातेमालो गर्दै जीवन ब्यथित गर्नु जस्तो सन्तुष्टि र आनन्द अरु के नै होला र! होमलाल भेनाजु आँफैमा एक अशल व्यक्तित्व, समझदार र सफल कृषकको उदाहरण हुनुहुन्छ । उहाँ जस्तै कसरी वन्न सकिन्छ, आफ्नै खेतवारीमा काम गरेर पनि सुखिखुशी जीवनयापन कसरी गर्न सकिन्छ, हामीले सो सिक्नैपर्छ । उहाँको स्वाभिमान, पौरख, परिश्रम र लगाव हामीले अनुसरण गर्नैपर्छ । हाम्रो समाजलाई अहिले होमलाल भेना जस्तै थुप्रै पौरखी र मेहनती व्यक्तिहरुको खाँचो छ र त्यो उत्प्रेरणा हामीभित्र पनि पैदा हुनैपर्छ । उहाँ जस्तै सोंच भएका व्यक्तिहरुले मात्रै आफ्नो जीवन, परिवार र सिङो समाजको अनुहार बदल्नसक्ने शक्ति र सामर्थ्य राख्नुहुन्छ । दिदीभेनाजुहरुको जीवनशैली, बिचार र निरन्तर श्रम गर्ने कलालाई हार्दिक सम्मान प्रकट गर्दै भबिश्यका लागि अझै प्रगतिको शुभकामना ।
२० माघ २०७५