tag:blogger.com,1999:blog-5196964667733695913.post496886886359862477..comments2023-08-29T14:09:10.615+05:45Comments on चिन्तन चौतारी: अबैधानिक‘रेड लाईट एरिया’बाटChandra Magarhttp://www.blogger.com/profile/15646809377942944293noreply@blogger.comBlogger3125tag:blogger.com,1999:blog-5196964667733695913.post-6220685107419032332011-01-10T09:53:10.684+05:452011-01-10T09:53:10.684+05:45हामी पुष्टौ देखी यही नियती भोगिरहेछौ । अब एउटा पुष...हामी पुष्टौ देखी यही नियती भोगिरहेछौ । अब एउटा पुष्टाले इमान्दारिपुर्बक त्याग नगरे सम्म यसबाट सजिलै छुटकारा पाउने पनि छैनौ । हामीसँग मात्र दुइटा बिकल्प छन, कि आफ्नै मात्र उज्ज्वल भबिश्य कि मुलुकको भाबी उज्यालो भबिश्य ।
राजु दाइको टिप्पणी नै हाम्रो वास्तबिक यथार्थ हो । कुलानन्द सरले भन्नु भए झै अब उन्मुक्ति पाउने तर्फ सोच्नै पर्छ । जसले समस्या भोगेको हुन्छ उसैले समाधान पनि देखेको हुन्छ । यहाँ टिप्पणी गर्नु हुन्ने आदरनीय अग्रज र मित्रहरुले यो राम्ररी देख्नु, बुझ्नुभा'छ । अधिकांश त देशको सेवा गर्ने चाहना हुँदा हुँदै पनि बाध्यताले देश बाहिर हुनुहुन्छ । तसर्थ उपायहरुको दिर्घकालिन खोजी गर्न छलफल गर्न सकिन्छ ।
श्रीराम जीको टिप्पणीले मन बेस्सरी पोल्यो । प्रदेशमै एक सच्चा नेपालीको धर्म निभाउनुभएछ । म्रित आत्माको चिर शान्तिको कामना !

यो कबिता केही बिबादस्पाद होला जस्तो पनि लागेको थियो तर त्यो भएन । शायद देशको बर्तमान परिस्थिती सँग हामी कोही पनि खुशी नभएर होला । देशको कमजोरी अबश्य होइन, माटोको गल्ती केही होइन, सबै दोष हाम्रै हो । जसले गर्दा यो दु:खद दिनहरु आइपरे पनि बाझो चोक्टोहरुमा बिरुवा बनी उम्रिने कोशीस गर्यौ भने बिस्तारै हाम्रो मुलुक पक्कै हराभरा हुनेछ । अनी दिलो-चाडो सम्रिद्ध नेपालका सम्रिद्ध नेपाली बन्ने छौ ।

डा. कबिताराम सरको 'अस्विक्रित आन्दोलन' बारे पहिल्यै केही जानकार रहे पनि त्यती ज्ञान चाँही मसँग छैन । तर यो सत्य हो कि हाम्रो नियती कैदीको छोरो भन्दा अलिकती पनि भिन्न छैन ।
म पनि,
मलाई बाँध्ने मर्यादाको बिरुद्धमा छु । अर्को पोइ वरण गर्न नसक्ने आमाको बिरुद्धमा छु । मर्यादाको दुहाई दिने नपुङ्सक बाबुको बिरुद्धमा छु ।
किन कि,
"यहाँ नयाँ मान्छे त जन्मनै पर्छ ।"

मैले यती भन्न हिच्किचाएन, यदी यती समय सान्दर्भिक र चोटिलो साहित्य पहिल्यै पढेको भए मेरो यो कबिता जन्मिने पनि थिएन ।
मेरा आदरणीय अग्रज र मित्रहरु, जो इच्छुक हुनुहुन्छ, आ-आफ्नो बिचार राख्न कन्जुस्याइ नगरिदिनुहोला ।

दिपक खड्का सरले यहाँ राख्नु भएको बिचार हचुवामा आएको अबश्य होइन । उहाँले आफ्नै आँखाले देखे-भोगेको, भित्रैबाट लागेको र बिगतमा सँगालेका अनुभवको सुक्ष्म निचोड पनि हो भन्ने लाग्छ । आज 'राजनागरिक' को जन्म र आबश्यकता झन झन बदेर गैरहेको छ । मलाई विश्वाश छ, राजनागरिकले नै अशल राजनेता जन्माउनेछ । नेतादेखी जनता र जनतादेखी नेतासम्म सबैले गम्भिरतापूर्बक आत्मसमिक्षा र आत्मबोध गर्न सक्यौ भने हाम्रो आकाशमाथि मडारिएको कालो बादल पक्कै पनि हटेर जान बेर लाग्ने छैन । मैले माथि पनि भनेकोछु, हामीले हाम्रो इच्छा शक्ती र खुबी 'will power and ability' को अधिकतम प्रयोग जती राम्ररी गर्न सक्छौ, हाम्रो प्रगती, सुख, शान्ती र सम्रिद्धी लगायत सम्पूर्ण चिज यसैमा भर पर्नेछ ।
कबिताराम सरको अस्विक्रित सिर्जनाहरु पढेर आफुलाई स्पष्ट पार्दै जाने आशा गरेकोछु । यहाँहरुको प्रतिकृयाले म खुशी त छु नै, बैचारिक खालका धारणाहरुले गर्दा आफुलाई अझ परिस्क्रित हुन मद्धत पुग्नेछ ।

मैले सबैलाई भाग लाउन असमर्थ रहे पनि आँफैले खोज्दै आएर Like गर्नु हुने र कमेन्ट छाड्नु हुने मेरा आदरणीय अग्रजहरु, हितैषी मित्रहरु सबै प्रती क्रितज्ञ छु । मलाई बडो पिडा हुन्छ, अहिले मैले बैधानिक एरियाबाट यो घोषणा गरेको छैन तर म चाहन्छु, मैले बैधानिक एरियाबाट नै यो उद्घोष गर्नु परोस । मेरो यो बिनम्र आग्रह हो । शायद सुन्नुपर्नेहरु द्वारा कहिल्यै नसुनिएको आवाज पनि हो भन्ने लाग्छ । हाम्रो यो चाहना ढिलोचाडो अबश्य पुरा हुन्छ भन्ने आशा बचाई राखौ । हामीले आफ्नो इच्छा शक्ति र खुबीको प्रयोग गरौ अनी चाडै बन्नेछ सम्रिद्ध नेपाल, बन्नेछौ सम्रिद्ध नेपाली ।
यहाँहरुले कबितामा दिनुभएको समयका लागि हृदयदेखी नै आभारी छु । यहाँहरुको सकारात्मक प्रतिकृयाले मलाई केही लेखिरहन सदा मार्ग दर्शन गरिरहनेछन । यहाँहरुले दिनुभएको असीम माया नै मेरो लागि उत्साह र प्रेरणाका स्रोत हुन । आउने दिनहरुमा पनि निरन्तर यस्तै माया र प्रेरणाको अपेक्षा राख्दै हार्दिक आभार प्रकट गर्न चाहन्छु ।Chandra Magarhttps://www.blogger.com/profile/15646809377942944293noreply@blogger.comtag:blogger.com,1999:blog-5196964667733695913.post-64552003257402295392010-12-25T04:10:47.903+05:452010-12-25T04:10:47.903+05:45thanks, ramro lagyothanks, ramro lagyoNepali Songs Downloadhttp://www.entertainmentnepal.co.cc/2010/05/nepali-songs-collection.htmlnoreply@blogger.comtag:blogger.com,1999:blog-5196964667733695913.post-28781895258157132262010-12-23T12:33:02.297+05:452010-12-23T12:33:02.297+05:45http://www.facebook.com/profile.php?id=628643762#!...http://www.facebook.com/profile.php?id=628643762#!/notes/chandra-gharti-magar/abaidhanika-reda-laita-eriyabata/475143186443Chandra Magarhttps://www.blogger.com/profile/15646809377942944293noreply@blogger.com